फाल्गुन १०, २०८२ आइतबार | ११:१२:०७
दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा

दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं । भारत र श्रीलंकामा भइरहेको ट्वान्टी २० विश्वकपमा आज (आईतबार) उपाधीको दावेदार रहेका दुई टोली दक्षिण अफ्रिकाले घरेलु टोली भारतसँग खेल्दैछ । सुपर एटको खेलमा भारत र दक्षिण अफ्रिकाबीचको खेल अहमदावादमा रहेको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार आईतबार बेलुका ७ः१५ मा हुदैछ ।

यि दुई टोलीबीच गत संस्करणको फाइनलमा भेट भएको थियो । भारतले फाइनल खेलमा दक्षिण अफ्रिकामाथि रोमाञ्चक जितका साथ उपाधी जितेको थियो । त्यस हारको बदला भारतसँग उसको घरेलु मैदानमा लिन दक्षिण अफ्रिका तयार रहेको छ ।

भारत समूह ए को तथा दक्षिण अफ्रिका समूह डी को अपराजित रहँदै विजेताका रुपमा सुपर एटमा पुगेका थिए ।

भारत र दक्षिण अफ्रिका विश्वकपमा ७ पटक आमनेसामने भएका छन् । जसमा भारत ५ पटक तथा दक्षिण अफ्रिका २ पटक विजयी भएका छन् ।

आइतबार नै सुपर एटमा अर्को खेल पनि हुदैछ । जसमा श्रीलंकाले इङ्ल्याण्डको सामना गर्दैछ । आइतबारको पहिलो खेलमा श्रीलंका र इङ्ल्याण्डबीचको खेल कोलम्बोमा नेपाली समय अनुसार दिउँसो ३ः१५ मा हुदैछ ।

घरेलु टोली श्रीलंका समूहको बी को तथा इङ्ल्याण्ड समूह सी को उपविजेता बन्दै सुपर एटमा पुगेका हुन् ।

यि दुई टोलीबीच विश्वकपमा हालसम्म ११ भेट भएको छ । भेट भएका सबै खेलमा इङ्ल्याण्डले शत प्रतिशत जित हासिल गरेको छ । यस खेलमा पनि इङ्ल्याण्ड इतिहास कायमै राख्न चाहन्छ भने श्रीलंका घरेलु मैदानमा जितका साथ नयाँ सुरुवात गर्न चाहन्छ ।

शनिबारबाट सुरु भएको विश्वकपको सुपर एटको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । वर्षाका कारण रद्द भएका कारण पाकिस्तान र न्युजिल्याण्डले अंक बाडेका थिए ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||