काठमाडौं । ट्वान्टी २० विश्वकपमा शनिबारबाट सुपर एटका खेलहरु सुरु हुदैछन् । सुपर एटमा छानिएका ८ टोलीलाई दुई फरक फरक समूहमा विभाजन गरिएको छ ।
सुपर एटसम्मको यात्रालाई हेर्दा समूह वानमा रहेका भारत, जिम्बाब्वे, वेस्ट इण्डिजलाई उपाधीको दाबेदार मान्न सकिन्छ । तर समूह चरणका केही खेल हेर्दा समूह बी मा रहेका न्युजिल्याण्ड, पाकिस्तान तथा श्रीलंकालाई पनि उपाधीको बलियो दाबेदार मान्न सकिन्छ ।
यस संस्करणको विश्वकप उसकै भुमिमा भइरहेका कारण पनि भारतलाई बलियो दाबेदार मान्न सकिन्छ ।
यस्ता छन् सुपर एटमा पुगेका देशहरु समुह वान भारत विश्वकपको प्रमुख उपाधी दाबेदारको रुपमा भारत रहेको छ । भारतले पहिलो चरणका ४ मध्ये सबै खेलमा सहज जित हात पारेको थियो । भारतले क्रिकेटका लागि आवश्यक सबै पक्षमा बलियो प्रस्तुती देखाएकाले भारतलाई उपाधीको प्रमुख दाबेदार मानिएको हो । यस संस्करणको विश्वकप उसकै भुमिमा भइरहेका कारण पनि भारतलाई बलियो दाबेदार मान्न सकिन्छ । भारत सन् २००७ मा भएको पहिलो संस्करणको विश्वकप तथा सन् २०२४ मा भएको नवौं संस्करणको च्याम्पियन टोलीको हो ।
जिम्बाब्वे
विश्वकपमा सबैलाई आश्चर्यमा पार्दै जिम्बाब्वे सुपर एट सम्म पुगेको हो । समूह चरणमा अस्ट्रेलियालाई सहज रुपमा हराएको जिम्बाब्वेले श्रीलंकाकालाई समेत उसकै घरमा हराएको थियो । समूह चरणमा ल्याएको नसोचिएका नतिजाका कारण जिम्बाब्वेलाई दाबेदारको रुपमा हेरिएको छ । जिम्बाब्वेको यस संस्करणमा सुपर एटमा पुग्नु नै सबैभन्दा राम््रो नतिजा हो ।
वेस्ट इण्डिज ट्वान्टी २० विधाको सुरुवात हुदाँ यो क्रिकेट वेस्ट इण्डिजका लागि बनेको हो भनेर भनिथ्यो । पछिल्लो समय उसको खास प्रदर्शन नरहँदा यो भनाई कमजोर बन्दै गईरहेको थियो । तर यस संस्करणमा भने वेस्ट इण्डिजलाई त्यही पुरानै लयमा देखिएको छ । सन् २०१४ र सन् २०१६ मा भएको विश्वकप च्याम्पियन वेस्ट इण्डिजले यसपटक तेस्रो पटक ट्रफी चुम्नेमा आशावादी रहन सकिन्छ ।
समूह चरणको खेलमा उत्कृष्ट प्रदर्शन गरेको न्युजिल्याण्डलाई यस संस्करणको उपाधी दाबेदारको रुपमा हेरिएको छ ।
दक्षिण अफ्रिका आइसिसिका प्रतियोगितामा सर्वाधिक अभागी टिमको रुपमा दक्षिण अफ्रिकालाई हेर्ने गरिन्छ । अघिल्लो संस्करणमा उपबिजेता बनेको दक्षिण अफ्रिकालाई यस पटक दाबेदारको रुपमा हेरिएको छ ।
समूह टू पाकिस्तान सन् २००९ को विश्वकपमा च्याम्पियन बनेको पाकिस्तानको टोली समूह चरणमा भारतसँग पराजित भएपनि सुपर एट पुगेको हो । पछिल्लो समय पाकिस्तानको क्रिकेट प्रदर्शन निरन्तर खस्किएर गइरहेकोमा सुपर एटमा प्रदर्शन कस्तो रहला भन्ने सबैको प्रतिक्षाको विषय रहेको छ ।
श्रीलंका दुई देशमा आयोजना भइरहेको विश्वकपको एक आयोजक हो श्रीलंका । सन् २०१४ मा च्याम्पियन भएको श्रीलंकाका यो विश्वकपको प्रमुख दाबेदार हो ।
इङ्ल्याण्ड क्रिकेटको जननी मानिने इङ्ल्याण्डको प्रदर्शन यस विश्वकपमा खास राम्रो रहेको छैन । सन् २०२२ को विश्वकपको च्याम्पियन भएको इङ्ल्याण्डको यस पटकको प्रदर्शन उपाधी जित्न लायकको देखिदैन ।
न्युजिल्याण्ड समूह चरणको खेलमा उत्कृष्ट प्रदर्शन गरेको न्युजिल्याण्डलाई यस संस्करणको उपाधी दाबेदारको रुपमा हेरिएको छ । आइसिसी प्रतियोगितामा न्युजिल्याण्डको प्रदर्शन सधै उत्कृष्ट रहदै आएको छ । सन् २०२१ को विश्वकपमा उपविजेता बन्नु न्युजिल्याण्डको हालसम्मको उत्कृष्ट प्रदर्शन हो ।