काठमाडौं । घरेलु टोली श्रीलंका र पाकिस्तानबीचको तेस्रोे ट्वान्टी २० शृंखला आज हुँदैछ । खेल नेपाली समयअनुसार राति सवाँ ७ बजे श्रीलंकाको धनबुल्लामा हुनेछ ।
खेलअघि वर्षाको पनि डर छ । यसअघि दोस्रो खेल वर्षाकै कारण हुन सकेन । त्यसअघि भएको पहिलो खल पाकिस्तानले ६ विकेटले जितेको थियो । अन्तिम खेल पनि नभएको अवस्थामा पाकिस्तान शृंखला १–० ले जित्नेछ ।
त्यसैले पनि घरेलु टोली आजको खेल जित्नै पर्ने दबाबमा छ । घरेलु टोलीलाई मौसमको पनि उस्तै डर छ । धनबुल्लाको मौसम अझै प्रतिकूल नरहेको बताइएको छ ।
यता, पहिलो खेलमा ब्याटिङ नचल्दा श्रीलंका दबाबमा आएको थियो । सुरुमा ब्याटिङ गरेको श्रीलंका १९.२ ओभरमा अल आउट हुँदा मात्र १२८ रन बनाएको थियो । प्रत्युत्तरमा पाकिस्तानले मात्र ४ विकेट गुमाएर जित निकालेको थियो ।
भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
