फाल्गुन १७, २०८२ आइतबार | ०८:३७:३३
यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल
शनिबारको दिन

भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ?

काठमाडौं । क्रिकेट जगतमा पछिल्लो डेढ दशकयता सुन्दै आएको विषय थियो, भारत–पाकिस्तानको विवाद । गत वर्ष भारतको काश्मिरस्थित पहलगाममा आतंकवादी हमला हुँदा २६ जनाले ज्यान गुमाएपछि यी दुई देशबिचको भूराजनीतिक टकरावले क्रिकेटमा सबैभन्दा उच्च विन्दु लिएको थियो ।

यही घटनालाई मुख्य कारण देखाउँदै भारत सरकारले आफ्नो राष्ट्रिय क्रिकेट टिमलाई पाकिस्तानमा हुने आईसीसी च्याम्पियन्स ट्रफीमा सहभागी नहुन निर्देशन दियो । फलस्वरुपः पाकिस्तानमा हुने तय भएको च्याम्पियन्स ट्रफीअन्तर्गत भारतको सबै खेल युनाइटेड अरब इमिरेट्समा भए । 

त्यसयता पाकिस्तानले पनि भारतमा हुने कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी नहुने निर्ण गरेको छ । सिधा अर्थमा हेर्दा यी दुई देशको राजनीतिक खिचातानी क्रिकेटमा हुँदा मैदानभित्र खेलाडीबीचको सम्बन्ध पनि ‘पानी बराबर’ को स्थितीमा छ ।

अहिले विश्व क्रिकेटले यस्तै समस्या अरु दुई देशबिच पनि देखिरहेको छन् । त्यसमध्ये एक देश भारत नै हो भने अर्को बंगलादेश ।

किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्धगएको शनिबार भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आग्रहमा इन्डियन प्रिमियर लिग (आईपीएल) को टिम कोलकाता नाइट राइडर्सले बंगलादेशी क्रिकेटर मुस्ताफिजुर रहमानलाई रिलिज गर्यो । आफ्नो टिमको खेलाडी रिलिज गर्दा कोलकाताले कुनै पनि कारण भने देखाउन सकेन । यही घटनापछि यी दुई क्रिकेट संघबीचको मतभेद सतहमा छताछुल्ल भयो ।

कोलकाताले बंगलादेशका तीव्र गतिका बलिर मुस्ताफिजुर रहमानलाई नौ करोड २० भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । डिसेम्बरमा भएको मिनी अक्सनबाट रहमानलाई भित्र्याउँदादेखि नै कोलकाताले देशव्यापी विरोधको सामना गरेको थियो । भारतका केही अतिवादी समूहले रहमानलाई नहटाए आईपीएलका खेलमा अवरोध पूर्याउने धम्कीसमेत दिएका थिए ।

राजनीतिक खिचातानी र देशभित्रका क्रिकेट समर्थकबाट विरोध हुँदा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले कोलकातामाथि रहमानलाई रिलिज गर्न दबाब थपेको थियो । बीसीसीआईको दबाबपछि कोलकाताले शनिबार रिलिज गरेको गर्यो ।

भारतकै सञ्चारमाध्यमले सार्वजनिक गरेका अरु रिर्पोटहरुमा आईसीसीका अध्यक्ष जय साहले बंगलादेशले भारतमा नखेले अंक गुमाउने उल्लेख गरेको खुलाएका छन् ।

बंगलादेशको पनि उस्तै जवाफ

रहमानलाई कोलकाताले रिलिज गरेपछि एक खेलाडीको जिम्मेवारी लिन नसक्ने देशले सम्पूर्ण क्रिकेट टिमको सुरक्षा जिम्मेवारी लिन सक्दैन भन्ने ठहर बंगलादेशले गरेको छ । भारतको निर्णयमा ‘काउन्टर’ दिन बंगलादेश सरकारका खेलकुद निर्देशक आसिफ नज्रुलले यो विषय विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीसम्म पूर्याउन र टी–२० विश्वकपको भेन्यु भारतबाट सार्ने कदममा अघि बढ्न बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई अनुरोध गरे । नज्रुलले आईपीएलका खेलहरुको प्रत्यक्ष प्रदर्शन बंगलादेशमा रोक्न समेत त्यहाँको सुचना तथा प्रशारण मन्त्रालयलाई आग्रह गरेका छन् ।

बंगलादेशका खेलकुद निर्देशकको कडा टिप्पणीपछि भारतले पनि खेल सार्ने कुरा असम्भव रहेको बताएको छ । इकोनोमिक टाइम्सले बीसीसीआई उच्च स्रोतलाई उदृत गर्दै अन्तिम समयमा विश्वकपका खेल सार्नु अव्यवहारिक हुने उल्लेख गरेको छ । यता, भारतकै सञ्चारमाध्यमले सार्वजनिक गरेका अरु रिर्पोटहरुमा आईसीसीका अध्यक्ष जय साहले बंगलादेशले भारतमा नखेले अंक गुमाउने उल्लेख गरेको खुलाएका छन् ।

राजनीतिको प्रभाव क्रिकेटमापछिल्लो केही वर्षयता भारत र बंगलादेशको राजनीतिक सम्बन्ध त्यती न्यानो बन्न सकेको छैन । यो क्रिकेट विवाद पनि यी दुई मुलुकबीच बिग्रँदै गएको राजनीतिक सम्बन्धबीच आएको हो ।

गत वर्ष अगस्टमा सरकार विरोधी प्रदर्शनपछि भारत पलायन भएकी पूर्व प्रधानमन्त्री शेख हसिनाको सत्ताच्युतसँगै यो सम्बन्ध थप चिसिएको थियो ।

यसको निष्कर्ष कसरी निस्किनेछ ? भन्ने प्रश्नको जवाफ समयले नै देला । तर, यी दुई देशबिच जे भइरहे पनि, घाटा क्रिकेटले नै बेहोरिरहेको छ ।

आन्दोलनका क्रममा विद्यार्थीहरूको हत्यामा संलग्न रहेको आरोपमा हसिनालाई बंगलादेशको अदालतले उनको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ । तर, उनै हसिनालाई आजसम्म पनि भारतको संरक्षण र सुरक्षा घेरामा छिन् । उनको बहिर्गमनपछि बंगलादेशका हिन्दूहरूमाथि भएका हिंसात्मक आक्रमणका रिपोर्टहरूले पनि सम्बन्धलाई अझ तनावपूर्ण बनाएको छ ।

बीसीसीआईले मुस्ताफिजुर रहमानलाई रिलिज गर्न दबाब दिनुको कारणका रूपमा आधिकारिक रूपमा राजनीतिक परिस्थितिलाई उल्लेख गरेको छैन । तर, बीसीसीआईको यो निर्णय ‘पछिल्लो वर्षयता भइरहेका घटनाक्रमहरू’ बाट प्रभावित भएको संकेत भने पक्कै दिएको छ ।

यसको निष्कर्ष कसरी निस्किनेछ ? भन्ने प्रश्नको जवाफ समयले नै देला । तर, यी दुई देशबिच जे भइरहे पनि, घाटा क्रिकेटले नै बेहोरिरहेको छ ।

विश्वकपअन्तर्गत समूह ‘सी’ मा रहेको बंगलादेशको सबै खेल भारतमा हुने तालिका छ । बंगलादेशले फेब्रुअरी ७ मा वेस्ट इन्डिजविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै, फेब्रुअरी ९ मा इटालीसँग, १४ मा इंग्ल्यान्डसँग र १७ फेब्रुअरीमा नेपालसँग खेल्ने तालिका छ ।