पुस २६, २०८२ आइतबार | २०:१०:१९
एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी ट्वान्टी-२० विश्वकप छनोटः अभ्यास खेलमा नेपालले अमेरिकालाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपः फाइनल चरणको छनोटका लागि ३५ खेलाडी छानिए एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस पाकिस्तानलाई अवसर, दबाबमा श्रीलंका स्पेनिस सुपर कपको फाइनल आज भारत र न्युजिल्यान्डबीचको एकदिवसीय शृंखला आजबाट म्यानचेष्टर सिटीको १० गोल इन्ट्रा टिपटो फुटसल प्रतियोगिता सम्पन्न इजिप्ट र नाइजेरिया सेमिफाइनलमा एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी ट्वान्टी-२० विश्वकप छनोटः अभ्यास खेलमा नेपालले अमेरिकालाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपः फाइनल चरणको छनोटका लागि ३५ खेलाडी छानिए एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस पाकिस्तानलाई अवसर, दबाबमा श्रीलंका स्पेनिस सुपर कपको फाइनल आज भारत र न्युजिल्यान्डबीचको एकदिवसीय शृंखला आजबाट म्यानचेष्टर सिटीको १० गोल इन्ट्रा टिपटो फुटसल प्रतियोगिता सम्पन्न इजिप्ट र नाइजेरिया सेमिफाइनलमा

स्पेनिस सुपर कपको फाइनल आज

काठमाडौं । स्पेनिस फुटबलका दुई महारथी बार्सिलोना र रियल म्याड्रिड क्लब सुपर कपको उपाधि भिडन्तमा आज राति प्रतिस्पर्धा गर्दैछन् । ‘एल क्लासिको’ को खेल नेपाली समयअनुसार साउदी अरेबियाको जेद्दामा मध्यरातमा हुनेछ ।

यो सिजन बार्सिलोना उत्कृष्ट लयमा छ । त्यसैले बार्सिलोना ला लिगामा पनि उपाधिका लागि बलियो दावेदार छ । उसको १६ खेलबाट ४९ अंक छ र शीर्ष स्थानमा छ । उसको पछाडि अपेक्षा अनुसार रियाल नै छ । तर, रियाल चार अंकले पछाडि छ ।

यसपटक सेमिफाइनलमा बार्सिलोनाले एथलेटिको बिल्बाओलाई सजिलै ५–० ले हराएको थियो । रियालले अर्को खेलमा आफ्नो छिमेकी क्लब एटलेटिको म्याड्रिडलाई २–१ ले पराजित गर्याे ।

रियालका स्टार खेलाडी केलियन एम्बाप्पे खेल्ने या नखेल्ने टुंगो लागेको छैन । घाइते हुँदा बाबजुद उनी पछि मात्रै साउदी पुगेका हुन् । फ्रेन्च स्ट्राइकरले बार्सिलोनाविरुद्धको पछिल्लोे ९ खेलमा १२ गोल गरिसकेका छन् ।

त्यसैले पनि उनलाई रियाल मैदान उतार्ने योजनामा छ । ‘उनी खेल्न तयार छन् । तर, हामी नियमबाहिर गएर खेलाउने तयारीमा भने छैनौं,’ रियालका प्रशिक्षक जाभी एलोन्सोले भने, ‘तर, उनी फाइन्ल खेल्न पनि सक्छन् ।’

बार्सिलोनाका प्रशिक्षक ह्यान्सी फ्लिकले फाइनल खेल्न तयार रहेको बताएका छन् । ‘हामी हाम्रो रणनीतिअनुसार फाइनल खेल्न तयार छौं । रियालले कुन खेलाडी खेलाउँछ हामीलाई त्यसतर्फ ध्यान छैन ।’

फ्लिकले लामिन यमललाई भने पहिलो एघारमा खेलाउने सुनाएका छन् । 
 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||