फाल्गुन १७, २०८२ आइतबार | ०८:३८:२१
यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल
शनिबारको दिन शनिबारको दिन

अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले  गत आइतबार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली आईसीसी महिला ट्वान्टी २० विश्वकप ग्लोबल छनोट खेल्ने नेपाली टोली घोषणा गरेको थियो ।  प्रतियोगिता २२ माघदेखि ९ फागुनसम्म त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुँदै छ ।

दोस्रो चरणको प्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम टोली छानिएको हो । रुबी पोदार, सना प्रविन, ईश्वरी विष्ट, सोनी पाख्रिन र लक्ष्मी साउदले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । यस्तै, सीता रानामगर, सोमुु विष्ट र काजल श्रेष्ठ टोलीमा फर्किएका छन् ।

नेपालले १८ जनवरीमा थाइल्यान्डसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।

महिला ट्वान्टी २० विश्वकप ग्लोबल छनोटमा नेपालसहित १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्, जसबाट शीर्ष चार टोलीले इङ्ल्यान्डमा हुने महिला ट्वान्टी २० विश्वकपमा स्थान बनाउनेछ ।

नेपालसँगै थाइल्यान्ड, स्कटल्यान्ड, नेदरल्यान्ड्स र जिम्बाव्वे समूह ‘बी’ तथा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका समूह ‘ए’ मा छन् । समूह चरणको खेलपछि शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सको खेलपछि शीर्ष चारमा रहने टोलीले विश्वकप खेल्नेछन् ।

नेपालले १८ जनवरीमा थाइल्यान्डसँग खेल्दै छनोटको सुरुवात गर्नेछ । यसैगरी, नेपालले २२ जनवरीमा नेदरल्यान्ड्स, २४ जनवरीमा जिम्बाब्वे र २६ जनवरीमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । जिम्बाब्वे र स्कटल्यान्ड नेपालका लागि नयाँ प्रतिस्पर्धी हुन् ।

पूजाको कप्तानीमा नेपालले आईंंसीसी युु–१९ विश्वकप पनि खेलिसकेको छ ।  

यस्ता छन् नेपाली खेलाडीइन्दु बर्माइन्दु बर्मा नेपाली राष्ट्रिय टिमको कप्तान हुन् । अन्तर्राष्ट्रिय करियरको सुुरुवात गरेकी इन्दुले छोटो समयमै टोलीको नेतृत्व गर्ने अवसर पाएकी हुन् । क्यानले सन् २०२३ मा रुबिना क्षेत्रीलाई हटाएर इन्दुुलाई नयाँ कप्तान बनाएको थियो । उनले नेपालका लागि ७८ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक अर्धशतकसहित  १ हजार ४१ रन बनाएकी छन् । उनी १ हजार रन पार गर्ने एक मात्र नेपाली खेलाडी हुन् । इन्दुले सन् २०१९ मा चीनविरुद्धको खेलमार्फत टी–२० अन्तर्राष्ट्रियमा डेब्यूू गरेकी थिइन् ।

पूूजा महतोक्यानले पूूजा महतोलाई उपकप्तानको जिम्मेवारी सुम्पिएको छ । युु–१९ टोलीको कप्तान रहिसकेकी पूूजाले छोटो समयमा नै आफूूलाई राष्ट्रिय टोलीको महत्त्वपूूर्ण सदस्यका रूपमा स्थापित गरिसकेकी छन् । पूूजाले टोलीका लागि ४२ टी–२० अन्तर्राष्ट्रिय खेलमा दुई अर्धशतकसहित ५३९ रन बनाएकी छन् । यसैगरी, उनको नाममा २८ अन्तर्राष्ट्रिय विकेट पनि छ । पूजाको कप्तानीमा नेपालले आईंंसीसी युु–१९ विश्वकप पनि खेलिसकेको छ ।     रुविना क्षेत्रीरुविना क्षेत्रीले सन् २००९ मा सिंगापुरविरुद्धको खेलमार्फत नेपालको सिनियर महिला टोलीका लागि डेब्यूू गरेकी थिइन् । उनले सन् २०१२ देखि २०२३ सम्म नेपाली टोलीको कप्तानी जिम्मेवारी पनि सम्हालेकी थिइन् । उनले सन् २०१९ मा चीनविरुद्ध पहिलो महिला टी–२० अन्तर्राष्ट्रिय खेल खेलेकी थिइन् । रुविनाले नेपालका लागि ७९ अन्तर्राष्ट्रिय टी–२० खेलमा एक शतक र एक अर्धशतकसहित ९५१ रन बनाएकी छन् । उनी टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी हुन् । रुविनाको नाममा ४५ अन्तर्राष्ट्रिय विकेट पनि छ ।

सीता रानामगरसीता रानामगर पहिलो पुस्ताकी क्रिकेटर हुन् । उनले सन् २००७ मा थाइल्यान्डविरुद्धको खेलमार्फत नेपाली सिनियर क्रिकेट टोलीका लागि डेब्यूू गरेकी थिइन् । राष्ट्रिय टोलीमा उपकप्तानको जिम्मेवारी निर्वाह गरिसकेकी सीताले सन् २०१९ मा चीनविरुद्ध पहिलो महिला टी–२० अन्तर्राष्ट्रिय खेल खेलेकी थिइन् । सीताले ६३ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक अर्धशतकसहित ९६५ रन बनाएकी छन् । यसैगरी उनको नाममा ५८ विकेट पनि छ ।

सम्झना खड्कायुवा खेलाडी सम्झना खड्काले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको धेरै समय भएको छैन । तर, उनले राष्ट्रिय क्रिकेट टोलीमा आफूूलाई महत्त्वपूर्ण सदस्यका रूपमा स्थापित गराइसकेकी छन् । सम्झनाले सन् २०२३ मा मलेसियाविरुद्धको खेलमार्फत महिला टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेकी थिइन् । उनले ४१ अन्तर्राष्ट्रिय खेलमा एक अर्धशतकसहित ४०० रन बनाएकी छन् ।

विन्दुु रावलविन्दु रावलले अन्तर्राष्ट्रिय किरयर सुरु गरेको ६ वर्ष भइसकेको छ । तर उनले नियमित रूपमा राष्ट्रिय टोलीमा स्थान बनाउन भने सकेकी छैनन् । विन्दुले सन् २०१९ मा चीनविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय कियरको सुरुवात गरेकी थिइन् । उनले ४३ महिला टी–२० अन्तर्राष्ट्रिय खेलमा २७४ रन बनाएकी छन् ।

काजल श्रेष्ठकाजल श्रेष्ठ नेपाली क्रिकेटमा चर्चा कमाएकी खेलाडी हुन् । उनले पनि नियमित रूपमा भने राष्ट्रिय टोलीमा स्थान बनाउन सकेकी छैनन् । सन् २०१९ देखि नै नेपाली राष्ट्रिय टोलीको हिस्सा रहेकी काजलले ४८ खेलमा मात्र मौका पाएकी छन् । जसमा उनले ३०२ रन बनाएकी छन् । काजलले चीनविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेकी थिइन् ।

कविता कुुँवरकविता कुँवरले सन् २०१९ मा चीनविरुद्धको खेलमार्फत महिला टी–२० अन्तर्राष्ट्रियमा डेब्यूू गरेकी थिइन् । उनले नेपालका लागि ६१ अन्तर्राष्ट्रिय खेलमा ३६७ रन बनाएकी छन् । उनको नाममा ५६ विकेट पनि छ ।

रचना चौधरी भर्खरै मात्रै महिला टी–२० अन्तर्राष्ट्रियमा पाइला चालेकी रचना चौधरीले नेपालका लागि १३ खेल खेलेकी छन् । उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई गत फेबुुअरीमा सिनियर टोलीमा मौका दिइएको थियो । थाइल्यान्डविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यूू गरेकी रचनाले नेपालका लागि पाँच अन्तर्राष्ट्रिय विकेट लिनुका साथै दुुई रन पनि बनाएकी छन् ।

मनिषा उपाध्यायउदीयमान खेलाडी मनिषा उपाध्यायले अन्तर्राष्ट्रिय किरयर सुुरु गरेको लामो समय भएको छैन । गत वर्षको जनवरीमा नेदरल्यान्डसविरुद्धको खेलमार्फत महिला टी–२० अन्तर्राष्ट्रियमा पाइला चालेकी मनिषाले आठ खेलमा मौका पाएकी छन् । उमेर समूूहमा पनि नेपालको प्रतिनिधित्व गरेकी मनिषाले १२ अन्तर्राष्ट्रिय विकेट लिएकी छन् ।

कविता जोशीकविता कुँवरले पछिल्लो समय नियमित रूपमा राष्ट्रिय टोलीमा स्थान बनाएकी छन् । उनले सन् २०२१ मा कतारविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय कियरको सुरुवात गरेकी थिइन् । कविताले ५४ अन्तर्राष्ट्रिय खेलमा २७१ रन बनाउनुका साथै २१ विकेट पनि लिएकी छन् ।

रिया शर्मारियाले अन्तर्राष्ट्रिय करियरको सुुरुवात गरेको एक वर्षपनि पुुगेको छैन । तर, उनले नियमित रूपमा राष्ट्रिय टोलीमा मौका पाइरहेकी छन् । उमेर समूूहमा उत्कृष्ट प्रदर्शन गरे पछि रियाले गत मार्चमा नामिबियाविरुद्धको खेलमार्फत सिनियर टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यूको अवसर पाएकी थिइन् । रियाले १६ खेलमा सात रन बनाउनुका साथै दुई विकेट लिएकी छन् ।

रोमा थापा रोमाले पनि सन् २०१९ मा चीनविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय करियरको सुुरुवात गरेकी थिइन् । तर, उनले नियमित रूपमा भने टोलीमा मौका पाइरेहकी छैनन् । रोमाले ३२ अन्तर्राष्ट्रिय खेलमा १२० रन बनाएकी छन् ।

सोमुु विष्टसोमु विष्टले नेपाली राष्ट्रिय टोलीमा टोलीमा नियमित रूपमा मौका पाएकी छैनन् । उनले सन् २०२३ मा थाइल्यान्डविरुद्धको खेलमार्फत टी–२० अन्तर्राष्ट्रिय करियरको सुरुवात गरेकी थिइन् । सात खेलमा मौका पाएकी सोमुुले सात खेलमा चार विकेट लिनुका साथै ६ रन बनाएकी छन् ।

राजमती ऐरीराजमती ऐरीले राष्ट्रिय टोलीमा स्थान बनाएको धेरै समय भएको छैन । उमेर समूूहमा राम्रो प्रदर्शन गरेपछि उनलाई गत फेब्रुुअरीमा डेब्यूूको अवसर दिइएको थियो । थाइल्यान्डविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेकी राजमतीले १० खेलमा ४० रन बनाउनुका साथै आठ विकेट पनि लिएकी छन् ।