पुस २०, २०८२ सोमबार | ०९:०४:३१
पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु इन्दुको कप्तानीमा विश्वकप ग्लोबल छनोट खेल्ने महिला टिम घोषणा रञ्जन र रविनलाई उपाधि पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु इन्दुको कप्तानीमा विश्वकप ग्लोबल छनोट खेल्ने महिला टिम घोषणा रञ्जन र रविनलाई उपाधि

इन्दुको कप्तानीमा विश्वकप ग्लोबल छनोट खेल्ने महिला टिम घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले घरेलु मैदानमा आयोजना हुने ट्वान्टी २० विश्वकप ग्लोबल छनोट खेल्ने नेपाली टोली घोषणा गरेको छ ।

आइतबार क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा बर्मासहित पूजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सोमु विष्ट, राजमती ऐरी र मनीषा उपाध्यायले स्थन बनाएका छन् ।

महिला विश्वकपको ग्लोबल छनोट यही माघ ४ देखि फागुन २० गतेसम्म मुलपानी मैदानमा आयोजना हुँदैछ । समूह ’बी’ मा नेपालसँगै स्कट्ल्यान्ड, थाइल्यान्ड, जिम्बाब्वे र नेदरल्यान्ड्स छन् । 

समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी (पिएनजी) नामिबिया र अमेरिका छन् ।

नेपालले जनवरी १८ (माघ ४ गते) मा थाइल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । माघ ८ गते नेदरल्यान्डससँग प्रतिस्पर्धा गर्नेछ । तेस्रो खेलमा नेपालले त्रिवी मैदानमा माघ १० गते खेल्नेछ भने समूहको अन्तिम खेलमा माघ १२ गते स्कटल्यान्डसँग त्रिवी मैदानमै प्रतिस्पर्धा गर्नेछ ।

दुवै समूहबाट शीर्ष तीन टोली क्वालिफायरमा छनोट हुनेछन् । क्वालिफायरमा दुवै समूहबाट छानिएका तीनवटै टोलीले अर्को समूहका सबै तीन टिमसँग प्रतिस्पर्धा गर्नेछन् ।

क्वालिफायरका खेलहरु माघ १४, १६ र १८ गते हुनेछन् । क्वालिफायरबाट शीर्ष चार टोली सन् २०२६ जुन १२ देखि जुलाई ५ सम्म इङल्यान्ड र वेल्समा हुने आइसिसी महिला ट्वान्टी-२० विश्वकपलाई छानिनेछन् ।

ग्लोबल क्वालिफायरअघि प्रत्येक टिमले दुई÷दुई अभ्यास खेल खेल्नेछन् । अभ्यास खेलमा नेपालले पुष ३० गते मुलपानीको तल्लो मैदानमा आयरल्यान्ड तथा त्यसको दुई दिनपछि त्रिवी मैदानमा अमेरिककासँग खेल्नेछ ।
 


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA