श्रावण २०, २०८२ मंगलबार | ०९:२१:३२
रियाल काश्मिरबाट डुरान्ड कप खेल्दै अञ्जिन विष्ट प्याब्सन काठमाडौं जिल्लास्तरीय फुटसलमा ४५ टोली दोस्रो पर्वतीय दौड असोज ४ मा यु-१६ फुटबल लिगमा मनाङको रोमाञ्चक जित टप एन्ड ट्वान्टी-२० शृंखलाका लागि नेपाली टोली घोषणा एसियाली बक्सिङमा अर्पिलको पदक पक्का इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखला बराबरी इन्डो-नेपाल अन्तरविद्यालय कराते शनिबार एन्फा यु-१६ फुटबल लिगः शीर्ष स्थानमा बलियाे बन्दै पुलिस कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईको राजीनामा रियाल काश्मिरबाट डुरान्ड कप खेल्दै अञ्जिन विष्ट प्याब्सन काठमाडौं जिल्लास्तरीय फुटसलमा ४५ टोली दोस्रो पर्वतीय दौड असोज ४ मा यु-१६ फुटबल लिगमा मनाङको रोमाञ्चक जित टप एन्ड ट्वान्टी-२० शृंखलाका लागि नेपाली टोली घोषणा एसियाली बक्सिङमा अर्पिलको पदक पक्का इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखला बराबरी इन्डो-नेपाल अन्तरविद्यालय कराते शनिबार एन्फा यु-१६ फुटबल लिगः शीर्ष स्थानमा बलियाे बन्दै पुलिस कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईको राजीनामा

इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखला बराबरी

काठमाडौं । घरेलु टोली इङ्ल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम टेस्टमा भारत ६ रनले विजयी भएको छ ।

भारतको यो जितसँगै पाँच खेलको शृंखला २-२ को बराबरीमा सकिएको छ । केनिङ्गटन ओभलमा भारतले प्रस्तुत गरेको ३७४ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड पाँचौं दिनमा ३७६ रनमा समेटियो ।

३३९-६ को स्थितीबाट पाँचौं दिनको सुरुआत गरेको इङ्ल्यान्डले २८ रन थप्दा बाँकी चार विकेट गुमायो ।

इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले ९८ बलमा १४ चौका र दुई छक्काको मद्दतले सर्वाधिक १११ रनको योगदान गरे । यसैगरी जो रुटले १५२ बलमा १५ चौकासहित १०५, बेन डकेटले ५४, कप्तान ओली पेपले २७, गस एट्किनसनले १७ र ज्याक क्राउलीले १४ रन बनाए ।

भारतका लागि मोहम्मद सिराजले पाँच, प्रसिद्ध कृष्णाले चार र आकाश दिपले एक विकेट लिए ।  

भारतले दोस्रो इनिङमा ३९६ रन बनाएपछि इङ्ल्यान्डले ३७४ रनको लक्ष्य प्राप्त गरेको थियो ।

भारतका लागि यशस्वी जैसवालले १६४ बलमा १४ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ११८ रनको योगदान गरे । यसैगरी आकाश दिपले ९४ बलमा १२ चौकासहित ६६, रविन्द्र जडेजा र वासिङटन सुन्दरले समान ५३, ध्रुव जुरेलले ३४, करुण नायरले १७ तथा साइ सुदर्शन र कप्तान शुभमन गिलले समान एक विकेट लिए ।

इङ्ल्यान्डका लागि जोश टङ्गले पाँच,गस एट्किन्सनले तीन र जेमी ओभरटनले दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारत २२४ रनमै समेटिएको थियो । २४७ रन मात्रै बनाउन सकेपछि इङ्ल्यान्डले पहिलो इनिङमा २३ रनको सामान्य अग्रता लिएको थियो । 


भिडियो
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?
आधुनिक NSC COVERED HALL मा पहिलो खेल ll
प्रधानमन्त्री KP OLI ले गरे FIFA Football For Schools कार्यक्रमको उद्घाटन ll
KHELADI TALKS WITH AJAY PHUYAL II BIGYAN RAJ SHARMA II FORMER PLAYER , NATIONAL FOOTBALL TEAM
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team