श्रावण २४, २०८२ शनिबार | १३:३४:०९
उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा तेन्दुलकरको कीर्तिमान पछ्याउँदै रुट नेपाली फुटबलसँग छुट्टिन नसकेका साहुखल पोखरेली माहोलमा रम्ने फ्रेन्चाइज भलिबलको तयारी आत्मकथा शृंखला-११: 'नरकाजी गुरुङ उत्कृष्टमध्ये एक फुटबलर होर ई स्पोर्टसः सक्दैन नि फेरि इथान न्वानेरीले गरे आर्सनलसँगको सम्झौता नवीकरण उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा तेन्दुलकरको कीर्तिमान पछ्याउँदै रुट नेपाली फुटबलसँग छुट्टिन नसकेका साहुखल पोखरेली माहोलमा रम्ने फ्रेन्चाइज भलिबलको तयारी आत्मकथा शृंखला-११: 'नरकाजी गुरुङ उत्कृष्टमध्ये एक फुटबलर होर ई स्पोर्टसः सक्दैन नि फेरि इथान न्वानेरीले गरे आर्सनलसँगको सम्झौता नवीकरण

टप एन्ड ट्वान्टी-२० शृंखलाका लागि नेपाली टोली घोषणा

फाइल तस्विर।

काठमाडौं । अस्ट्रेलियामा हुने टप इन्ड ट्वान्टी-२० शृंखलाका लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

नेपालले पहिलो खेलमा स्थानिय टोली नर्दर्न टेरिटोरी स्ट्राइकरको सामना गर्नेछ  । आयोजक नर्दर्न टेरिटोरी क्रिकेटले सार्वजनिक गरेको खेल तालिका अनुसार यी दुईबीचको खेल अगस्ट १५ मा हुनेछ ।

यसैगरी नेपालले अगस्ट १६ मा बंगलादेश ‘ए’, १८ मा मेलबर्न स्टार्स, १९ मा होबार्ट हुरिकेन्स, २० मा मेलबर्न रेनेगेड्स र २२ मा पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।  

नेपालले ट्वान्टी-२० विश्वकप छनोटको तयारीस्वरूप अगस्ट १४ देखि २४ सम्म डार्विनमा हुने प्रतियोगिता खेल्न लागेको हो ।

प्रतियोगिता डिएक्सी एरिना, टिआइओ रंगशाला र काजालीको एरिनामा हुनेछ ।

नेपालले सहभागिता जनाउने ट्वान्टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट अक्टोबरमा ओमानमा हुँदैछ । त्यसअघि नेपालले वेस्ट इन्डिजसँग पनि तीन खेलको ट्वान्टी-२० शृंखला खेल्ने तालिका छ ।

नेपाली टोली

रोहितकुमार पौडेल( कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), गुल्शनकुमार झा, भीम सार्की,  कुशल मल्ल, रुपेशकुमार सिंह, आरिफ शेख, सोमपाल कामी, करण केसी, नन्दनकुमार यादव, रिजन ढकाल, ललितनारायण राजवंशी, लोकेश बम


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?