श्रावण २०, २०८२ मंगलबार | ०९:३५:००
मैत्रीपूर्ण खेलमा लिभरपुलको रोमाञ्चक जित रियाल काश्मिरबाट डुरान्ड कप खेल्दै अञ्जिन विष्ट प्याब्सन काठमाडौं जिल्लास्तरीय फुटसलमा ४५ टोली दोस्रो पर्वतीय दौड असोज ४ मा यु-१६ फुटबल लिगमा मनाङको रोमाञ्चक जित टप एन्ड ट्वान्टी-२० शृंखलाका लागि नेपाली टोली घोषणा एसियाली बक्सिङमा अर्पिलको पदक पक्का इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखला बराबरी इन्डो-नेपाल अन्तरविद्यालय कराते शनिबार एन्फा यु-१६ फुटबल लिगः शीर्ष स्थानमा बलियाे बन्दै पुलिस मैत्रीपूर्ण खेलमा लिभरपुलको रोमाञ्चक जित रियाल काश्मिरबाट डुरान्ड कप खेल्दै अञ्जिन विष्ट प्याब्सन काठमाडौं जिल्लास्तरीय फुटसलमा ४५ टोली दोस्रो पर्वतीय दौड असोज ४ मा यु-१६ फुटबल लिगमा मनाङको रोमाञ्चक जित टप एन्ड ट्वान्टी-२० शृंखलाका लागि नेपाली टोली घोषणा एसियाली बक्सिङमा अर्पिलको पदक पक्का इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखला बराबरी इन्डो-नेपाल अन्तरविद्यालय कराते शनिबार एन्फा यु-१६ फुटबल लिगः शीर्ष स्थानमा बलियाे बन्दै पुलिस

वेस्ट इन्डिजले पाकिस्तानलाई हरायो

काठमाडौं । पाकिस्तानविरुद्धको अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलाको दोस्रो खेलमा खेलमा घरेलु टोली वेस्ट इन्डिजले दुई विकेटको रोमाञ्चक जित निकालेको छ ।

वेस्ट इन्डिजकाे जितसँगै तीन खेलको शृंखला १-१ को बराबरीमा आएको छ । पहिलो खेलमा पाकिस्तान १४ रनले विजयी भएको थियो ।

आइतबार सेन्ट्रल ब्रोवार्ड रिजिनल पार्क रंगशालाको टर्फ मैदानमा पाकिस्तानले प्रस्तुत गरेको १३४ रनको लक्ष्य  वेस्ट इन्डिजले अन्तिम बलमा आठ विकेट गुमाउँदै पूरा गर्यो ।

वेस्ट इन्डिजका गुडाकेश मोतीले २८,  कप्तान साइ होपले २१, जेसन होल्डरले अविजित १६, रोस्टन चेजले १६,  रोमारियो शेफर्डले १५ र ज्वेल एन्ड्रयुले ले १२ रन बनाए ।

पाकिस्तानका लागि मोहम्मद नवाजले तीन, सइम अयुबले दुई तथा शहिन शाह अफ्रिदी र सुफियान मुकिमले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि हसन नवाजले ४०, कप्तान सलमान अघाले ३८ र फखर जमानले २० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पाँचौं विकेटका लागि नवाज र अघाबीच ६० रनको साझेदारी भएको थियो । वेस्ट इन्डिजका लागि जेसन होल्डरले चार, गुडाकेश मोतीले दुई तथा अकिल हुसेन र शमर जोसेफ र  रोस्टन चेजले समान एक विकेट लिए ।

शृंखलाको तेस्रो तथा निर्णायक खेल सोमबार हुनेछ । 


भिडियो
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?
आधुनिक NSC COVERED HALL मा पहिलो खेल ll
प्रधानमन्त्री KP OLI ले गरे FIFA Football For Schools कार्यक्रमको उद्घाटन ll
KHELADI TALKS WITH AJAY PHUYAL II BIGYAN RAJ SHARMA II FORMER PLAYER , NATIONAL FOOTBALL TEAM
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team