काठमाडौं । प्याब्सन काठमाडौंको अयोजनामा साउन २३ देखि २५ गतेसम्म प्याब्सन जिल्लास्तरीय अन्तरविद्यालय फुटसल प्रतियोगिता हुने भएको छ ।
सुकेधारास्थित बागमती स्कुलकाे खेल मैदानमा हुने प्रतियोगितामा काठमाडौंका १० स्थानीय तहका ४५ विद्यालयले सहभागिता जनाउने छन् ।
प्याब्सन काठमाडौं महानगरको सहयोग रहने प्रतियोगितामा सबैभन्दा धेरै काठमाडौं महानगरपालिकाबाट १६ विद्यालयले सहभागिता जनाउने छन् । यसैगरी गोकर्णेश्वरबाट ६, कागेश्वरी मनोहरा र तारकेश्वरबाट समान चार, बूढानीलकण्ठ, चन्द्रागिरी, नागर्जुना र टोखाबाट समान तीन, कीर्तिपुरबाट दुई तथा शंकरापुर नगरपालिकाबाट एक टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताका शीर्ष तीनलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगितामा सहभागिताका लागि ७ हजार दर्ता शुल्क तोकिएको आयोजनकले जानकारी दियो ।
भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
