फाल्गुन ५, २०८२ मंगलबार | ०७:२८:११
स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने

एसियाली बक्सिङमा अर्पिलको पदक पक्का

तस्बिर सौजन्यः नेपाल बक्सिङ संघ

काठमाडौं । थाइल्यान्डको बैंककमा जारी युवा एसियाली बक्सिङ च्याम्पियनसिपमा नेपालका अर्पिल रानाले पदक जित्ने पक्का भएको छ ।

नेपाल बक्सिङ संघले जानकारी गराएअनुसार एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा रानाले सेमिफाइनलको यात्रा तय गर्दै पदक पक्का गरेका हुन् । उनले भुटानका किन्ले फुन्चोलाई ४–१ मा पराजित गर्दै कम्तिमा कांस्य पदक पक्का गरेका थिए ।

अर्को वर्ष जापानमा हुने एसियाली खेलकुदलाई लक्षित गर्दै सञ्चालित मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिममा रहेर अभ्यास गरिरहेका अर्पिलले त्यसअघि साउदी अरबका बक्सर इब्राहिममाथि ५–० को जित हासिल गर्दै क्वार्टरफाइनलको यात्रा तय गरेका थिए ।

फाइनल प्रवेशका लागि अर्पिलले बुधबार जापानी प्रतिद्धन्द्धी सोदाई कोटेसँग प्रतिस्पर्धा गर्नेछन् ।

अन्तर्राष्ट्रिय बक्सिङमा नेपालले जितेको यो दोस्रो ठूलो पदकमध्येको एक हो । १९८६ मा दक्षिण कोरियामा सम्पन्न सोल एसियाली खेलकुदमा नेपालले सिनियरतर्फ नै चार कांस्य पदक जितेको थियो । 

यसअघि सुश्मा तामाङले एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपको यु-२० स्पर्धामा दुई वर्षअघि रजत पदक जितेकी थिइन । थाइल्यान्डमै सम्पन्न उक्त प्रतियोगितामा हेमा राई र विजय बाटाले कांश्य पदक जितेका थिए । सुश्माले जितेको पदक नेपाली बक्सि इतिहासको सबभन्दा ठूलो पदक हो । 


भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL