चैत्र १८, २०८२ बुधबार | ००:४४:१३
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

काठमाडौं । दुई महिनाअघि थाइल्यान्डमा सम्पन्न साफ फुटसल च्याम्पियनसिपमा पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाएका पेम्बा दोर्जे लामाले अन्तर्राष्ट्रिय फुटबलमा पनि डेब्यू गरेका छन् ।

मंगलबार एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा पेम्बाले पहिलो अन्तर्राष्ट्रिय क्याप जितेका हुन् । लाओ नेसनल रंगशालामा सम्पन्न तेस्रो चरणको अन्तिम खेलमा मिडफिल्डर पेम्बाले दोस्रो हाफको पहिलो मिनेटमा दीपेश गुरुङलाई प्रतिस्थापन गरे ।

विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट खेलिरहेका पेम्बाले हठात रुपमा स्थगित भएको राष्ट्रिय लिगमा गरेको प्रदर्शनकै आधारमा ४९ सदस्यीय बन्द प्रशिक्षणमा स्थान बनाएका थिए । पहिलो अनुभवमै पेम्बा अन्तिम टोलीमा पर्न सफल भए ।

मुख्य प्रशिक्षक गुग्लिएल्मो एरिनाले पेम्बासहित पाँच नयाँ अनुहारलाई यसपाली राष्ट्रिय टोलीमा मौका दिएका थिए । पेम्बासँगै लाओसविरुद्ध स्ट्राइकर युवराज खड्काले पनि अन्तर्राष्ट्रिय डेब्यू प्राप्त गरे । युवराजले पहिलो रोजाईमै मौका पाए । तर, दुबैको डेब्यू भने सुःखद रहन सकेन । नेपाल लाओससँग १–० ले पराजित भयो ।

लाओ नेसनल रंगशालामा नेपालको प्रदर्शन दयनीय रह्यो । बल पोजेसन कायम राख्न संघर्ष गरेको नेपालले ‘अट्याकिङ थर्ड’मा अवसर सिर्जना गर्न सकेन । पहिलो हाफमा लाओसको ‘पेस’लाई थेग्न नसकेको नेपालले खेलको ४८औं मिनेटमा गोल खायो । लाओसका लागि कप्तान बोउनफाचन बोउनकोङले निर्णायक गोल गरे । नेपालबाट खेलअवधिभर केबल एक ‘सट्स अन टार्गेट’ सम्भव भयो ।

पछिल्लो १० अन्तर्राष्ट्रिय खेलमा पेम्बा ‘डेब्यू’ पाउने आठौं खेलाडी हुन् । मंगलबारको खेलअघि सुवास वमले सिंगापुर र सिर्जनराज गौतमले हङकङविरुद्धको मैत्रीपूर्ण खेलमा, कृतिशरत्न छुन्जुले एएफसी छनोटअन्तर्गत लाओसविरुद्धको पहिलो लेगमा, कुशल देउवाले भियतनामविरुद्धको पहिलो लेगमा तथा आदित्य शाक्य र दीपेश (गुरुङ)ले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा पहिलोपटक राष्ट्रिय जर्सी लगाएका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो