चैत्र १८, २०८२ बुधबार | ०६:४६:५७
बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक

अनुप महर्जन


अनुप महर्जनका लेखहरु

बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त चैत्र १८, २०८२

एक वर्षपछि अर्थात् गत संस्करण भारतमा भएको साफ यु-१९ च्याम्पियनसिपमा यी दुईबीचको भेट सेमिफाइनलमा भयो । जतिबेला नेपालको टचलाइन श्रेष्ठले नै सम्हालेका थिए । नेपाललाई बदलाको अवसर थियो । तर, यसपाली पनि नतिजा २–१ ले बंगलादेशको पक्षमा गयो ।

लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चैत्र १७, २०८२

नव नियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरिनाले लाओसविरुद्धको खेलमा नयाँ खेलाडीलाई ‘टेस्ट’ गर्ने बताएका छन् । पहिलोपटक नेपाली मिडियासामू प्रस्तुत हुँदा एरिनाले लाओसविरुद्ध सम्भावना भएका खेलाडीलाई मौका दिने र आसन्न साफ च्याम्पियनसिपसम्म बलियो टोली तयार पार्ने तर्क गरेका थिए । यहीअनुरुप हठात रुपमा स्थगित भएको राष्ट्रिय लिगबाट एरिनाले ‘इन फर्म’ दुई स्ट्राइकर– मिलन राई र युवराज खड्कालाई टोलीमा समावेश गरेका छन् । यस्तोमा स्ट्राइकिङ पोजिसनमा यी तीनमध्ये कसलाई देखिनेछ, त्यो हेर्नलायक विषय हुनेछ ।

श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? चैत्र ११, २०८२

यो जित चानचुने जित थिएन । इतिहासका पानामा लेखिने खालको थियो । माल्दिभ्सले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो । पछि दोस्रो हाफमा श्रीलंकाले तीन गोल फर्काउँदै सनसनी मच्चायो । सुरुआती मिनेट्सदेखि नै श्रीलंकाले जसरी आफ्नो खेल प्रस्तुत गरेको थियो । त्यसले उसले साफ च्याम्पियनसिपमा बनाएको छविलाई बिर्साइदिएको थियो ।

राखेपको आरोपः एन्फाले ढाँट्यो चैत्र ८, २०८२

पठाएका पत्रको जवाफ नदिने, सरकारको निर्देशन नमान्ने, देशको कानून नमान्ने जिद्दी एन्फाले गरिरहयो । अहिले आएर हामीले ३ गते नै दिइसकेको स्वीकृति दिएन भनेर खेलकुद परिषद र सरकारलाई बदनाम गर्ने प्रयास गरिरहेको छ । यसमा एन्फाको आफ्नै दूर्नियत देखिन्छ । एन्फा आफैले ठिकठाक रंगशालालाई कुनै दिन अयोग्य घोषणा गराएको पनि विर्सनु हुँदैन ।

यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती चैत्र ७, २०८२

यसपाली लगातार तेस्रोपटक उर्जनलाई टोलीको जिम्मेवारी दिइएको छ । माल्दिभ्समा यही सुवास वमको ब्याचले दोस्रोपटक माथिल्लो उमेर समूहमा नेपालको जर्सी लगाउँदैछन् । भारत भ्रमण गरेको टोलीबाट १३ जना त पुरानै खेलाडी छन् । जसले उर्जनलाई पक्कै पनि सजिलो बनाएको छ ।

महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा फाल्गुन ३०, २०८२

तीन विभागीय टोली, संकटा र एनआरटीबाहेक बाँकीले अन्तिम प्रशिक्षण सुरु गरेका छैनन् । आरएस पोखरा स्थानीय प्रतियोगिता खेलिरहेको छ । बाँकी टोलीमा बागमती युवा क्लब, चर्च ब्वाइज, झापा एफसी र राप्ती एफसीका खेलाडीले एउटै टिममा बसेर प्रशिक्षण सुरु गरेका छैनन् । खेलाडीका अनुसार उनीहरू क्लबले बोलाउला र जाउँला भनेर कुरिरहेका छन् । यस्तोमा लिगको ‘चार्म’लाई लिएर प्रश्न उब्जिएको छ ।

एन्फा मुख्यालयमा खेलाडीको ताल्चा फाल्गुन २४, २०८२

खेलाडीहरुले सहिद स्मारक ‘ए’ लिग यसै वर्ष हुनुपर्ने अडान लिएका छन् । उनीहरु भन्छन्, ‘लिग यही चैतमा सुरु हुनुपर्छ । कम्तिमा पनि एक खेल चैतमा गरिदिओस् भन्ने हाम्रो माग हो ।’

नयाँ प्रशिक्षक, चुनौती पुरानै फाल्गुन २३, २०८२

हङकङविरुद्ध पनि उनीबाट केही नयाँ कुराको अपेक्षा नेपाली समर्थकको रहनेछ । सँगै नेपाली समर्थकले उनीबाट आशा गर्ने अर्को कुरा के पनि हो भने, कम्तिमा यसपाली मुख्य प्रशिक्षक एरिनाको धैर्यको बाँध रसको जसरी बीच्बाटोमै नभत्कियोस । उनले पूरा कार्यकाल नियुक्ति हुँदाकै उत्साह र जोशका साथ नेपाली फुटबलको सेवा गरुन ।

उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य फाल्गुन १६, २०८२

पछिल्लो डेढ वर्ष विभागीय टोली एपिएफले देशैभर फुटबलमा राज गर्‍याे । झापामा पछिल्लो मोफसल प्रतियोगितामा भने एपएफको विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबले बाजी मारेको थियो । त्यो पनि फाइनलमा एपिएफलाई नै हराएर ।

एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै फाल्गुन ९, २०८२

एपिएफ कागजमा पनि बलियो टोली हो । पहिलो रोजाईमा खेल्ने सबै अन्तर्राष्ट्रिय एक्सपोजर भएका खेलाडी हुन् । केही वैकल्पिक खेलाडीले पनि राष्ट्रिय टोलीको जर्सी लगाइसकेका छन् ।

विश्वकप क्रिकेट महासंग्राम आजदेखि, सन्तुलित टोली बोकेर नेपाल मैदानमा माघ २४, २०८२

कठिन चुनौतीका बावजुद नेपाल आफ्नै छुट्टै विशेषता लिएर भारत पुगेको छ । नेपालको टोली सन्तुलित छ । टोलीमा अनुभवी र युवा जोसको मिश्रण छ । कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख र कप्तान रोहित पौडेललगायतको ब्याटिङ युनिटले सुरुआती ब्याटिङमा बलियो योगफल खडा गर्न र दबाबमा लक्ष्य पछ्याउन सक्ने विश्वास गरिएको छ ।

बंगलादेशविरुद्ध नेपाललाई ऐतिहासिक जित हासिल गर्दै फाइनल पुग्ने अवसर माघ २१, २०८२

चार टोलीको सहभागिता रहेको प्रतियोगिता सिंगल राउन्ड रोविन पद्धत्तिमा भइरहेको छ । अंकतालिकाको शीर्ष दुईमा अटाउने टोलीले फाइनल खेल्ने सेटअप छ । लिगको अन्तिम खेल खेल्नुअघि बंगलादेशले ६ अंक बटुलिसकेको छ । भारत र नेपालले समान तीन अंक जोडेको छ । भुटान भने अंकविहीन छ । यस्तोमा भुटान जिते नेपाललाई फाइदा हुनेछ ।

नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा माघ १९, २०८२

पहिलो लेगमा पाँचमध्ये दुई गोल अट्याकिङ मिडफिल्डर सेनु परियारले गरेका थिए । सेनुका लागि भुटान ‘फेबरेट’ प्रतिद्धन्द्धीभन्दा फरक पर्दैन । ढाकामै सम्पन्न पाँचौं संस्करणमा नेपालले भुटानमाथि १–० को संघर्षपूर्ण जित हासिल गरेको थियो । खेलको निर्णायक गोल सेनुले नै गरेकी थिइन् ।

पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? माघ १७, २०८२

घरेलु फुटबलका सफल प्रशिक्षक सुमन श्रेष्ठको नियुक्ति सरोकारवालाबीच आश्चर्यलाग्दो विषय थियो । उनी पहिलो पटक अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै छन् । छोटो समयका बावजुद सर्वोच्च निकाय एन्फाबाट सकारात्मक कुरा आएपछि जिम्मेवारीका लागि नाइँ भन्न नसकेको श्रेष्ठले खेलाडी छनोटका क्रममा खेलाडी डटकमसँग भनेका थिए । खेलाडी फिट रहेकाले समस्या नहुने उनको तर्क थियो ।

साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा पुस २६, २०८२

विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट खेलिरहेकी दीपा करिअरको उत्तरार्धमा छिन् । यसपाली उनको जिम्मेवारी फेरिएको छ । फुटसलको पहिलो ब्याचको कप्तानी जिम्मेवारीसँगै जुनियर खेलाडीलाई हौसला दिइरहेकी छिन् ।

राष्ट्रिय लिगलाई खेलाडी पाउनै सकस पुस १९, २०८२

क्लबहरुलाई अहिले टिम तयार पार्न गाह्रो भइरहेको छ । भरपर्दा खेलाडी भित्र्याउन सकस भइरहेको छ । खास भन्ने हो भने नेपालमा राष्ट्रिय लिग खेल्ने स्तरको खेलाडी नै छैनन् ।

एएफसी नेसन्स लिगः नेपाल जस्तो राष्ट्रका लागि कोसेढुंड्गो बन्न सक्ने पुस १२, २०८२

फिफा विन्डोलाई प्रभावकारी रूपमा उपयोग गर्ने चुनौतीलाई एएफसीले राम्ररी समीक्षा गरिरहेको थियो । यो निर्णयसम्म पुग्नुअघि एएफसीले विभिन्न सरोकारवालासँग परामर्श प्रक्रिया अगाडि बढाएको थियो ।

एपिएफलाई इतिहास रच्ने अवसर पुस ५, २०८२

एपिएफसँग शनिबार इतिहास रच्ने अवसर छ । साफ च्याम्पियनसिपले सातौं संस्करण पार गर्दा नेपाल ६ पटक उपविजेतामा सीमित हुनुपरेकोछ ।

एनपिएलले नयाँ च्याम्पियन पाउँदै मंसिर २७, २०८२

लुम्बिनीको फाइनलसम्मको यात्रालाई आउने सिजनहरूमा पनि याद गरिनेछ । गत सिजन मात्र एक जितका साथ अंकतालिकाको पुछारमा रहेको लुम्बिनी यसपालि पनि एकसमय प्लेअफ समीकरणबाटै बाहिरिने अवस्थामा थियो ।

नेपाली क्रिकेटको विशेष दिन मंसिर १३, २०८२

शनिबार कीर्तिपुर क्रिकेटसँगै भैरव जात्राको उल्लासमा रमिरहेको हुनेछ । संस्कृतिको धनी नेवार समुदायको प्राचिन बस्ती कीर्तिपुरमा भैरव जात्राको उल्लासले अरु १०औं हजारलाई निम्त्याउनेछ । समग्रमा पूरा कीर्तिपुर शनिबार खेलकुद र संस्कृतिका चाढ मनाइरहेको हुनेछ । कीर्तिपुरमा सभ्यता, संस्कृति र खेलकुदको फ्युजन उल्लास देख्न पाइनेछ ।

‘फुटबलको सुनिश्चिताका लागि’ खेलाडीपछि अब क्लब पनि धर्ना बस्दै मंसिर ३, २०८२

एक वर्षको फुटबल चक्र चार वर्ष लगाउने पदाधिकारी चाहिँदैन, एकै वर्षमा सहिद स्मारक लिगको सबै चक्र पूरा गर्ने की फेरि एक चक्र चारै वर्ष लगाउने ?, ८९३ दिनदेखि लिग कस्को कारण रोकियो ?, ए बी सी डिभिजन तथा जिल्ला लिग कहिले ?