कार्तिक १, २०८२ शनिबार | ११:२४:४८
एन्फाले किन पिट्दै छ राष्ट्रिय लिगको डङ्का ? विश्वकप पुगेबाट गुलजार नेपाली क्रिकेट एसिया कपमा नेपालको फेरि निराशा फिफा विश्वकपमा आइसल्यान्डदेखि केप भर्डेसम्म फुटबलका फर्गुसनको आत्मकथाभित्रका नालीबेली भलिबलले पायो १२औं कप्तान हरिहजुर मीना र पूर्णिमा पहिलो पटक राष्ट्रिय टोलीमा, अटाएनन् अमृतासहित तीन अनुभवी खेलाडी नेपाल पहिलो पटक च्याम्पियन बन्दै विश्वकपमा नेपाल अपराजित रहँदै च्याम्पियन नेपाल एसियन कप पुग्न सकेन, थाइल्यान्डसँग बेहोर्यो फराकिलो हार एन्फाले किन पिट्दै छ राष्ट्रिय लिगको डङ्का ? विश्वकप पुगेबाट गुलजार नेपाली क्रिकेट एसिया कपमा नेपालको फेरि निराशा फिफा विश्वकपमा आइसल्यान्डदेखि केप भर्डेसम्म फुटबलका फर्गुसनको आत्मकथाभित्रका नालीबेली भलिबलले पायो १२औं कप्तान हरिहजुर मीना र पूर्णिमा पहिलो पटक राष्ट्रिय टोलीमा, अटाएनन् अमृतासहित तीन अनुभवी खेलाडी नेपाल पहिलो पटक च्याम्पियन बन्दै विश्वकपमा नेपाल अपराजित रहँदै च्याम्पियन नेपाल एसियन कप पुग्न सकेन, थाइल्यान्डसँग बेहोर्यो फराकिलो हार

अजय फुयाल


अजय फुयालका लेखहरु

एन्फाले किन पिट्दै छ राष्ट्रिय लिगको डङ्का ? कार्तिक १, २०८२

तर बेथिति, विसंगति, भ्रष्टाचार र कुशासनको दलदलमा नराम्ररी जाकिएको एन्फाबाट जवाफदेहिता असम्भव हुँदै गएको छ । एन्फाको प्रशासनिक प्रमुखको जिम्मेवारीमा रहेका महासचिव किरण राईले लिगलाई विषयान्तर गर्न राष्ट्रिय लिगको घोषणा गर्दा आफ्नो कामलाई १० पूर्णांकमा पूरा १० नम्बर नै दिएका छन् ।

‘होम म्याच घरमै खेल्न पाउनुपर्छ’ आश्विन २४, २०८२

घरेलु मैदानको फाइदा उठाउँदै नेपाल जोर्डनसँग १–१ को ऐतिहासिक बराबरी नतिजा निकाल्न सफल भयो । जवकि पाँच दिनअघि जोर्डनमा भएको अवे लेगमा नेपाल ९–० को फराकिलो अन्तरमा पराजित भइसकेको थियो ।

गृहमन्त्रीलाई छोरा गुमाएकी आमाको प्रश्नः अब हामीले पनि न्याय पाउँछौं ? आश्विन १०, २०८२

गत वर्ष असोज १२ गते पहिरोमा पुरिएर सिस्नेरीस्थित एन्फा एकेडेमीमा रहेर फुटबल खेलिरहेका ६ किशोर फुटबलरको ज्यान गएको थियो

युगान्तकारी परिवर्तनमा खेलकुदको समृद्धि खोजियोस् आश्विन ३, २०८२

अनुपातिक रूपमा विश्लेषण गर्ने हो भने राजनीतिभन्दा नेपालमा खेलकुद बढी भ्रष्ट छ । अधिनायकवादी चरित्र खेलकुदमा बढी हाबी छ ।

अनिर्णीत लिगलाई होम एन्ड अवेको शङ्खघोषः मुद्धा विषयान्तरको फन्डा की साच्चै प्रतिबद्ध योजना भाद्र २०, २०८२

उपत्यकाका क्लबलाई कोशी र कर्णाली अनि सुदूरपश्चिममा ‘यही हो तेरो घर’ भन्दा कसरी त्यहाँ भावना होला ? कसरी मायाप्रेम र स्मरणहरू होलान् ? कसरी आफ्नोपन होला ? अनि कसरी ती मैदान सम्बन्धित क्लबले स्याहार गर्लान् ?

अयोग्य दशरथ रंगशाला कि फुटबल नेतृत्व ? भाद्र १३, २०८२

एन्फाको आन्तरिक राजनीतिका कारण दशरथ रंगशालालाई कृत्रिम रूपमा असुरक्षित प्रस्तुत गरिँदा नेपाल फिफा र एएफसीको आधिकारिक अन्तर्राष्ट्रिय खेल आयोजनाबाट वञ्चित हुँदै आएको छ ।

ओलम्पिक चार्टरको धज्जी उडाउँदै व्याख्याताहरू नै भाद्र ६, २०८२

वास्तै नगर्ने प्रवृत्तिले नियमितता पाए फेरि एकपटक राज्यले हार भोग्नुपर्नेछ । अन्तर्राष्ट्रिय स्पर्धामा खेलाडी सहभागी गराउन एनओसीकै शरण पर्नुपर्नेछ । अनि यस्तै निश्चित व्यक्ति वा समूहको स्वार्थप्रेरित द्वन्द्वमा रूमल्लिएर नेपाली खेलकुदले थप केही महिना वा वर्ष व्यर्थमा बिताउनुपर्नेछ ।

ओलम्पिक अभियानका द्रोणाचार्यको भीष्म परीक्षा श्रावण ३१, २०८२

अमूक व्यक्तिहरूको झोलाभित्र लुकेर बसेको एनओसीलाई सातदोबाटोस्थित भवनसम्म ल्याउने र यत्तिको पारदर्शी बनाउने अभियानको नेतृत्व प्रधानले नै गरेका थिए । निकै बदनाम एनओसीलाई नेपाली खेलकुदका सबै पक्षले स्वामित्व लिने अवस्थामा ल्याउने पनि उनै प्रधान हुन् ।

एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री श्रावण २४, २०८२

स्वयं प्रधानमन्त्री ओली पनि एमालेबाट फुटेर बनेको नेकपा एसका सचिव जीवनराम श्रेष्ठले एनओसी बागडोर सम्हालेकोमा खुसी थिएनन् । प्रत्येक पटक चुनावबाटै श्रेष्ठलाई रोक्न एमाले अध्यक्ष ओलीले आफ्ना कार्यकर्तामार्फत प्रयास गरेको चर्चा नचलेको होइन ।

खेलकुदको राजधानी बन्न तयार पोखरा श्रावण १७, २०८२

२०४० सालमै दोस्रो राष्ट्रिय खेलकुद आयोजना गरिसकेको पोखराका लागि खेलकुदमा गर्व गर्न लायक उपलब्धिहरूको सूची धेरै लामो छ ।

होला त एनपिएल ?, गर्नैपर्छ श्रावण ३, २०८२

झन्डै डेढ दशकदेखि उतारचढावपूर्ण उकाली यात्रामा रहेको नेपाली क्रिकेटको लोकप्रियतामा मलजल गर्न पहिलो पटक एनपिएल आयोजना गरिँदा करोडौं रुपैयाँ खर्चेर त्यसलाई अन्तर्राष्ट्रिय च्यानल स्टार स्पोर्टसबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

गल्ती कस्को ? थी स्टारको मात्र कि स्वीकृति दिनेको पनि ? असार २८, २०८२

पक्कै पनि भिसा नभएका खेलाडी खेलाउनु थ्री स्टारको गल्ती थियो । जसको सजाय उसले हैसियत गुमाएर चुकाउनुपर्यो । तर आफैंले बनाएको नियमविपरीत भिसा नै नभएका खेलाडीलाई खेल्न दिने एन्फाविरुद्ध चाहिँ अपिल कमिटी चुपचाप छ । एन्फाका अन्य अनुशासन, आचारसंहितालगायतका कमिटीहरू यस विषयमा किन चुप भन्ने प्रश्न थ्री स्टार समर्थकले खोजिरहेका छन् ।

प्याट्रिक फर्काउँदा एन्फा हार्छ ? असार २४, २०८२

अर्को वर्ष हुने चुनावमा ध्यान केन्द्रित गरिसकेको एन्फाले भोटरको हैसियत बोकेका वा भोट प्रभावित गर्न सक्नेहरुको मन दुखाएर नेपाली फुटबललाई हसाउने प्रयास नगर्ला । एन्फा निर्वाचनमा भोट हाल्ने वा हाल्न लगाउनेहरुसँग नै खट्पट परेका प्याट्रिकलाई फर्काउँदा उनीहरु रिसाउन सक्छन् ।

देश हार्ने लडाईं असार २१, २०८२

एनओसीमाथि प्रहार गर्ने हो भने आइओसी चार्टर र एनओसी विधानभन्दा बाहिर गएर सम्भव छैन । विगतमा पनि थुप्रै पटक सरकारले यसैगरी जंगबहादुर शैलीमा एनओसीमाथि धावा बोल्दा प्रत्येक पटक हार्नुपरेको अनि सरकारको प्रत्येक हारमा एनओसीको दम्भ, छाडापन र गैह्रजिम्मेवारी झन बढेको सबैलाई थाहा छ । मन्त्री चौधरीलाई पनि यत्तिको जानकारी त हुनैपर्ने हो ।

‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर असार ७, २०८२

महावीरदेखि आरसिटीसम्मको फलन जायन्टहरूको इतिहासमा यो साता अर्को एउटा नाम थपियो, थ्री स्टार क्लब ।

महिला फुटबलमा लुकेको नेपालको विश्वकप सम्भावना जेष्ठ २५, २०८२

पछिल्ला वर्षहरूमा दयनीय अवस्थाबाट नेपाली फुटबल ओरालो लागिरहँदा र फुटबलबाट नकारात्मक उर्जामात्र सञ्चार भइरहेका बेला सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को एउटा योजना भने सकारात्मक छ ।

नेपाली फुटबलको स्वर्णकथाः हिमेशको सपना जेष्ठ २०, २०८२

उनको पुस्तक ‘स्वर्णकथा, नेपाली फुटबलको’ ले सन १९८४ र १९९३ मा नेपालले दक्षिण एसियाली खेलकुदमा जितेका दुई स्वर्ण पदकका कथाहरूलाई दस्तावेजीकरण गरेको छ ।

खोइ फुटबल, क्यालेन्डरमा हेर ! जेष्ठ ११, २०८२

कार्यक्रम र भाषणमा नेपाली फुटबलसँग यति धेरै कार्यक्रम छन् कि फुटबलका विकसित देश पनि यो मामिलामा पछि पर्न सक्छन् । तर व्यवहारमा भने घोषित कार्यक्रममध्ये अधिकांश कार्यान्वयनमा आउँदैनन् ।

अदालतको ढोकामा अस्तित्व खोज्दै खेलकुद जेष्ठ ४, २०८२

नेपाली खेलकुदको यो वर्तमान अचानक चट्याङ परेजसरी आएको होइन । निक्कै लामो इतिहासले मलजल गर्दै नेपालको खेलकुदलाई यो दिनमा ल्याइपुर्याएको हो । अर्थात लगातारका विवाद, मुद्धा–मामिला, भ्रष्टाचार, बेथिति, अनियमितता, अनुशासन हिनता नेपाली खेलकुदको पुरानै नियति हो ।

पात्रो फेरियो, फेरिएन खेलकुदको नियति चैत्र ३०, २०८१

वर्ष २०८१ ले पनि नेपाली खेलकुदलाई खुसी हुने मौकाभन्दा बढी निराशा नै दियो । मैदानभित्र आर्जित सफलताका थोरै कथालाई बग्रेल्ती असफलताले नराम्ररी छायाँमा पारिदिए ।