चैत्र ११, २०८२ बुधबार | २२:३८:२६
निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध

निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)बाट तीन महिनाको निलम्बनमा पर्नुका बावजुद अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्व चैत १३ गते, शुक्रबारका लागि तय भएको निर्वाचन सोही मितिमा गर्ने योजनामा रहेको स्रोतले बताएको छ ।

‘अन्तर्राष्ट्रिय फुटबल महासंघ– फिफा र एसियाली फुटबल महासंघ (एएफसी)का प्रतिनिधिहरु नेपाल आइसकेका कारण चुनाव रोक्न सकिन्न,’ स्रोतले भन्यो ।

राखेपले बुधबार साँझ मात्र आफ्नो निर्देशन पटक–पटक अटेर गर्दै निर्वाचन प्रक्रिया आफूखुसी अघि बढाएको भन्दै एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो ।

राखेप कार्यकारी समितिको बैठकपछि सार्वजनिक गरिएको निलम्बन पत्रअनुसार एन्फाले निर्वाचन सम्बन्धमा परिषदको निर्देशन पालना नगरेको, खेलकुद ऐनको व्यवस्था अनुसार स्विकृतिविना अवैधानिक रुपमा चुनाव गर्न खोजेको उल्लेख गरिएको छ । सोही विषयमा परिषदले २४ घण्टे स्पष्टीकरण सोधे पनि एन्फाबाट आएको जवाफ चित्तबुझ्दो नभएका कारण राखेप निलम्बनको निर्णयमा पुगेको हो ।

पत्रमा एन्फाले ऐन तथा विधानको मनोगत व्याख्या प्रस्तुत गर्दै पटक-पटक पत्राचार हुँदासमेत निर्देशन पालना गर्ने प्रयास नगरी आफूखुसी ढंगले अघि बढ्न खोजेको उल्लेख छ । साथै अन्तर्राष्ट्रिय संघको निर्देशन देखाउँदै देशको कानुनको प्रधानताको सिद्धान्तलाई अवमूल्यन गर्न खोजिएको पनि राखेपले ठहर गरेको छ ।

यी सबै कारण देखाउँदै राखेपले एन्फालाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो । साथै निलम्बन फुकुवा हुनका लागि परिषदले विभिन्न सर्तहरु समेत अघि सारेको छ ।

तर, एन्फाका प्रवक्ता सुरेश शाहले भने राखेपको निर्णयको बारेमा अध्ययन गर्दै गरेको र अध्ययनपछि मात्र प्रतिक्रिया जनाउन सकिने बताए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो