काठमाडौं । श्रीलंकाले साफ यु–२० च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध ३–२ को रोमाञ्चक जित हासिल गरेको छ ।
सोमबार मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा श्रीलंकाले दुई गोलले पछाडि परेको अवस्थामा नतिजा उल्ट्याएको हो । माल्दिभ्सका दुबै गोल पहिलो हाफमा सम्भव भएका थिए । दुबै गोल कप्तान मोहम्मद इम्रानले गरेका थिए ।
दोस्रो हाफमा श्रीलंकाले अप्रत्याशित रुपमा तीन गोल फर्काएको हो । निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा श्रीलंकाका लागि मोहम्मद हुसेन अब्दुल्लाहले पेनाल्टीमार्फत निर्णायक गोल गरे ।
दिनको पहिलो खेलमा नेपालले भुटानमाथि २–१ को जित हासिल गरेको थियो । अब श्रीलंकाले आफ्नो दोस्रो खेलमा बुधबार नेपालको सामना गर्नेछ । त्यही दिन राति भुटान र माल्दिभ्स आमने–सामने हुनेछन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
