चैत्र १७, २०८२ मंगलबार | २१:३२:३३
नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल

नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो

काठमाडौं । नेपालले हारका साथ एएफसी एसियन कप छनोटको आफ्नो यात्रालाई अन्त्य गरेको छ । मंगलबार तेस्रो चरणको अन्तिम खेलमा लाओसले नेपाललाई १–० ले हरायो ।

लाओ नेसनल रंगशालामा नेपालको प्रदर्शन दयनीय रह्यो । बल पोजेसन कायम राख्न संघर्ष गरेको नेपालले ‘अट्याकिङ थर्ड’मा अवसर सिर्जना गर्न सकेन । पहिलो हाफमा लाओसको ‘पेस’लाई थेग्न नसकेको नेपालले खेलको ४८औं मिनेटमा गोल खायो । लाओसका लागि कप्तान बोउनफाचन बोउनकोङले निर्णायक गोल गरे । चोनी वेनपासेर्थको थ्रु पासलाई सदुपयोग गरेका बोउनफाचनले नेपालका गोलकिपर किरण कुमार लिम्बूलाई बिट गर्दै दोस्रो बारमा सुन्दर गोल गरे ।

नेपालबाट खेलअवधिभर केबल एक ‘सट्स अन टार्गेट’ सम्भव भयो । कृतिशरत्न छुन्जुले निर्धारित समय सकिनै लाग्दा फ्रिकिकमार्फत विपक्षी पेनाल्टी बक्समा खतरा सिर्जना गरे । त्यसबाहेक नेपालले कुनै पनि कसिमिको हेर्नलायक ‘मूभ’ सिर्जना गर्न सकेन ।

‘क्विक काउन्टर अट्याक’ फुटबल प्रस्तुत गरेको लाओस खेलको ३५औं मिनेटमा गोलको निकै करिब रह्यो । चोनी वेनपासेर्थले बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार क्रसबारमा लागेर फर्कियो । प्राप्त रिबाउन्डमा उनले हेडरमार्फत बललाई पोस्टको दिशा दिए । तर, फितलो उक्त अटेम्प्टलाई किरणले सहजै नियन्त्रणमा लिए ।

त्यसपछि पाँच मिनेटभित्र विंगर मनिष डाँगीले दुई पटक गोलका लागि अटेम्प्ट गरे । तर, दुबै पटक उनको लोअर प्रहारले पोस्टको दिशा लिन सकेन ।

दोस्रो हाफमा पनि लाओसले नेपाललाई दबाबमा राख्यो । तर, गोल भने गर्न सकेन ।

यसै खेलमार्फत स्ट्राइकर युवराज खड्का र मिडफिल्डर पेम्बा दोर्जे लामाले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरे । युवराज र पेम्बासहित ५ खेलाडी यसपाली पहिलोपटक राष्ट्रिय टोलीमा छनोट भएका थिए । युवराजले पहिलो रोजाईमै मौका पाए । पेम्बाले भने दोस्रो हाफमा दीपेश गुरुङलाई प्रतिस्थापन गरे ।

लाओसविरुद्ध नेपालको यो लगातार दोस्रो हार हो । पहिलो लेगमा लाओसले नेपाललाई २–१ ले पराजित गर्दै ऐतिहासिक पहिलो जित हासिल गरेको थियो । दुबै टोली यसअघि नै एसियन कप पुग्ने समीकरणबाट बाहिरिसकेका थिए । समूह ‘एफ’बाट भियतनाम अर्को वर्ष साउदी अरेबियामा हुने एसियन कपका लागि यसअघि नै छनोट भइसकेको थियो ।

खासमा लाओसँगको आजको खेल नेपालमै हुनुपर्ने थियो । तर, भौतिक पूर्वाधारमा देखिएका सामान्य कमजोरी सुधार्न एन्फा उदासिन भएपछि दशरथ रंगशाला एएफसीबाट अयोग्य ठहर भएपछि नेपाली खेलाडी बुकित जलिलको पाहुना बन्न बाध्य भएको हो ।

आफ्नो हक लाग्ने खेल विपक्षीको मैदानमा खेल्नुपर्ने दूर्भाग्यपूर्ण नतिजाको श्रृंखलाले निरन्तरता पाइरहँदा नेपाली खेलाडीले फेरि एकपटक घरेलु समर्थकको समर्थन ‘मिस’ गर्यो । त्यस्तै मुख्य प्रशिक्षक गुग्लिएल्मो एरिनाले हारका साथ नेपाली फुटबलमा आफ्नो यात्रालाई सुरुआत गरेका छन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो