चैत्र ११, २०८२ बुधबार | ०७:२४:५२
श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल

श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ?

गोलपछिको सेलिब्रेसनः साफ यु-२० च्याम्पियनसिप २०२६ मा माल्दिभ्सविरुद्ध निर्णायक गोल गरेपछि श्रीलंकाका कप्तान मोहम्मद हुसेन अब्दुल्लाह, तस्विर सौजन्यः साफ ।

काठमाडौं । साफ यु-२० च्याम्पियनसिप २०२६ को समूह विभाजन हुँदा नेपाललाई सेमिफाइनल पुग्न त्यति गाह्रो नहुने अनुमान थियो । तर, प्रतियोगिताको पहिलो दिन जुन खेलप्रस्तुति देखियो, त्यसले पक्कै पनि नेपाली टोलीलाई सजग बनाएको हुनुपर्छ ।

सोमबार मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा श्रीलंकाले माल्दिभ्समाथि ३-२ को ऐतिहासिक जित हासिल गर्यो । ऐतिहासिक यसअर्थमा कि २४ वर्षपछि उमेर समूहमा माल्दिभ्सविरुद्ध श्रीलंकाको त्यो पहिलो जित थियो । अनि माथिल्लो उमेर समूहको साफ च्याम्पियनसिपमै श्रीलंकाको ‘मेडन’ जित थियो यो ।

साफ यु-२० च्याम्पियनसिपमा ऐतिहासिक जित हासिल गरेपछि श्रीलंकाको सेलिब्रेसन, तस्विर सौजन्यः साफ ।

यो जित चानचुने जित थिएन । इतिहासका पानामा लेखिने खालको थियो । माल्दिभ्सले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो । पछि दोस्रो हाफमा श्रीलंकाले तीन गोल फर्काउँदै सनसनी मच्चायो । सुरुआती मिनेट्सदेखि नै श्रीलंकाले जसरी आफ्नो खेल प्रस्तुत गरेको थियो । त्यसले उसले साफ च्याम्पियनसिपमा बनाएको छविलाई बिर्साइदिएको थियो ।

यही श्रीलंकासँग बुधबार नेपालले खेल्दैछ । नेपालले पनि आफ्नो पहिलो खेलमा भुटानलाई २–१ ले हराएको थियो । यो जित पनि नेपालका लागि केही खास थियो । माथिल्लो उमेर समूहमा ११ वर्षपछि भुटानले निर्धारित समयमा नेपालसँग पराजय बेहोरेको थियो । नेपालका लागि स्ट्राइकर सुजन डंगोल र वाइड अट्याकिङ मिडफिलडर सुवास वमले ‘स्कोरसीट’मा आफ्नो नाम लेखाएका थिए ।

साफ यु-२० च्याम्पियनसिप २०२६ मा भुटानविरुद्ध गोल गरेपछि नेपाली स्ट्राइकर सुजन डंगोलको ‘युनिक सेलिब्रेसन’, तस्विर सौजन्यः साफ ।

सुजन र सुवासका लागि श्रीलंका नयाँ प्रतिद्धन्द्धी होइन । एक वर्षअघि भारतमा सम्पन्न साफ यु–१९ च्याम्पियनसिपमा नेपालले श्रीलंकाविरुद्ध ५-० को फराकिलो जित निकाल्यो । जुन खेलमा पनि सुजन र सुवासले गोल गरेका थिए । यसबाहेक अन्य गोल विज्ञान खड्का, धर्वेन्द्र कुंवर र लछ्छु थापाले गरेका थिए ।

युपियास्थित गोल्डेन जुबिली रंगशालामा श्रीलंकाले त्यतिबेला नेपाललाई पहिलो हाफको निर्धारित समयसम्म रोकेको थियो । त्यसपछि थप गरिएको इन्जुरी समयमा सुजनले डेडलक तोडेका थिए । सोमबार भुटानविरुद्ध पनि नेपाललाई सुरुआती अग्रता सुजनले नै दिलाएका थिए ।

साफ यु–१९ च्याम्पियनसिप २०२५ मा श्रीलंकाविरुद्ध गोल गरेपछि नेपाली टिमको खुसी, तस्विर सौजन्यः एन्फा ।

‘म जहिल्यै खेल अगाडि गोलका बारेमा सोचिरहेको हुन्छु । मेरो गोलले नै देशले जित्छ भन्ने मनमा जहिल्यै हुन्छ । राष्ट्रिय जर्सी लगाउँदा मलाई सँधै गोलको भोक हुन्छ,’ सुजनले माल्दिभ्स जानुअघि भनेका थिए ।

श्रीलंका सुजनको ‘फेबरेट’ प्रतिद्धन्द्धीभन्दा फरक पर्दैन । तल्लो उमेर समूहमा सुजनले श्रीलंकाविरुद्ध ह्याट्रिक गरेका थिए । सन् २०२४ मा थिम्पूमा सम्पन्न साफ यु-१७ च्याम्पियनसिपमा सुजनले यो उपलब्धि हासिल गरेका थिए । श्रीलंका सुजनको यो लयबारे सजग हुन आवश्यक छ ।

साफ यु-२० च्याम्पियनसिप २०२६ मा माल्दिभ्सविरुद्ध उत्रिएको श्रीलंका, तस्विर सौजन्यः साफ ।

माथिल्लो उमेर समूहको साफ च्याम्पियनसिपमा श्रीलंका र नेपाल तीनपटक आमने-सामने भएका छन् । तीनवटै खेल नेपालको पक्षमा गएको छ । नेपालले ९ गोल गर्दा श्रीलंकाले खाता नै खोल्न सकेको छैन ।

यी दुईको पहिलो भेट सन् २०२२ मा भएको थियो । भुवनेश्वरमा सम्पन्न चौथो संस्करणमा मेघराज केसीको नेतृत्वमा रहेको नेपालले ३-० को जित हासिल गरेको थियो । जतिबेला कप्तान आयुष घलान, कृतिशरत्न छुन्जु र मनग्य नकर्मीले गोल गरेका थिए ।

साफ यु-२० च्याम्पियनसिप २०२२ मा श्रीलंकाविरुद्ध गोल गरेपछि नेपाली टिमको खुसी, तस्विर सौजन्यः साफ ।

त्यसपछि यी दुईको भेट दुई वर्षअघि सातदोबाटोमा भएको छैटौं संस्करणमा भयो । जतिबेला निराजन धामीको एक मात्र गोल नेपाललाई जित दिलाउन निर्णायक बन्यो । त्यसपछि अघिल्लो संस्करण भइहाल्यो ।

अघिल्लो संस्करण खेलेका १३ खेलाडीलाई यसपाली मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले निरन्तरता दिएका छन् । श्रीलंकाविरुद्ध गोल गरेका सुजल, सुवास, धर्वेन्द्र, विज्ञान सबै अहिले पनि प्रमुख खेलाडीहरु हुन् । धर्वेन्द्र त टोलीका कप्तान नै भए । लछ्छु भने टोलीमा छैनन् ।

साफ यु-२० च्याम्पियनसिप २०२४ मा श्रीलंकाविरुद्ध गोल गरेपछि नेपालका स्ट्राइकर निराजन धामी, तस्विर सौजन्यः साफ ।

माथिल्लो उमेर समूहमा श्रीलंकाले आठौं संस्करणसम्म आइपुग्दा एकै गोल मात्र गरेको थियो । श्रीलंकाले यो उपलब्धि सन् २०२२ मा माल्दिभ्सविरुद्ध हासिल गरेको थियो । जतिबेला श्रीलंकाले माल्दिभ्ससँग १–१ को बराबरी खेलेको थियो । तर, यसपाली पहिलो खेलमै तीन गोल गर्दै श्रीलंकाले आफूलाई उपाधि दाबेदारका रुपमा उभ्याएको छ । कम्तिमा पनि श्रीलंका समूह विजेताको प्रमुख दाबेदार हो । त्यसैले बुधबार नेपाल होसियार रहन आवश्यक छ । जितले दुबैलाई सेमिफाइनल नजिक पुर्याउनेछ । खेल नेपाली समयअनुसार दिउँसो ४ः३० बजे हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो