चैत्र ११, २०८२ बुधबार | १६:०५:५९
दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा

स्पष्टीकरणको जवाफ कुर्दै राखेप

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई शुक्रबारका लागि तय भएको निर्वाचन रोक्न दिएको निर्देशन नमान्नुको कारण माग्दै पठाएको स्पष्टीकरणको जवाफ कुर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) प्रतिक्षामा छ ।

राखेपले हिजो मंगलबार दिउसो ३ बजे एन्फालाई विवादास्पद ‘अर्ली इलेक्सन’ नरोक्नुको कारण माग गर्दै २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

तर राखेपले स्पष्टीकरण सोध्ने सुइको पाएपछि एन्फाले मंगलबार बिहानै सूचना जारी गरेर चुनावको तयारीका लागि भन्दै सचिवालय बन्द गरेको थियो ।

एन्फाका पदाधिकारी तथा मुख्य कर्मचारीहरुको अनुपस्थितिमा राखेपका प्रतिनिधिले स्पष्टीकरणपत्र एन्फामा दर्ता गर्न पाएका थिएनन् । कार्यालयमा उपस्थित कर्मचारी तथा सुरक्षाकर्मीहरुले पनि पत्र बुझ्न नमानेपछि कार्यालयमा पत्र टाँस गरिएको थियो ।

स्पष्टीकरणको लागि दिइएको २४ घण्टाको समय सकिएपछि कस्तो कदम चाल्ने भन्ने विषयमा परिषदका पदाधिकारीहरुबीच अहिले छलफल चलिरहेको छ ।

२४ घण्टाको समय सकिएपछि बैठक बसेर निर्णय गर्ने राखेपका सदस्यसचिव रामचरित्र मेहताले बताए ।

‘हामी एन्फाको जवाफ कुरिरहेका छौ । २४ घण्टाभित्र जवाफ आयो भने पहिल त्यसको अध्ययन हुन्छ । आएन भने पनि के गर्ने भन्ने विषयमा बैठकबाटै निर्णय गर्झौं,’ खेलाडी डटकमसँग सदस्यसचिव मेहताले भने ।

आगामी असार ५ गतेसम्म कार्यकाल रहे पनि एन्फा नेतृत्वले पाँच महिना अगाडि नै माघ २८ मा ‘अर्ली इलेक्सन’ गर्ने तयारी गरेको थियो । एन्फा नेतृत्वले जिल्ला फुटबल संघमा नयाँ चुनाव नगरि चार वर्षअघिकै जिल्ला प्रतिनिधिलाई मताधिकार दिएर थप चार वर्षका लागि केन्द्रमा अनुमोदित हुने रणनीति लिएको थियो ।

त्यसको विरोधमा सरोकारवालाहरुले पहिला जिल्लाको चुनाव गरेर प्रतिनिधि छान्नुपर्ने, त्यसपछि मात्र केन्द्रको चुनाव हुनुपर्ने भन्दै राखेप, युवा तथा खेलकुद मन्त्रालय, फिफा र एएफसी तथा अदालतमा मुद्धा दायर गरेका थिए ।

सरोकारवालाको मुद्धामा पाटन उच्च अदालतले पुष २८ गते स्टे अर्डर जारी गरेर चुनावी प्रक्रिया तत्काल रोक्न आदेश दिएको थियो । तर एन्फाले माघ ३ को समयसिमामा उम्मेदवारी दर्तासम्मको सबै प्रक्रिया सकेर माघ ६ गते निर्वाचनका सबै प्रक्रिया स्थगित गरेको सूचना जारी गरेको थियो ।

अदालतले माघ २७ गते चुनाव स्थगनका लागि जारी गरेको स्टे अर्डर खारेज गरेपछि एन्फाले चुनावको परिमार्जित कार्यतालिका बनाएर फागुन १ बाट प्रक्रिया पुन सुरु गरेको थियो । नयाँ कार्यतालिकाअनुसार माघ २७ को लागि नयाँ मिति तय गरेको थियो ।

फागुन २१ गते आम निर्वाचनको तयारीमा रहेको निर्वाचन आयोगले एन्फालाई तत्काल चुनाव नगर्न निर्देशन दियो । जसले फेरि एन्फाको चुनाव स्थगित भयो ।

आम चुनाव सकिएर नतिजा आइनपुग्दै एन्फाले फेरि त्यसलाई नयाँ मिति तय गर्दै चैत १३ गतेलाई चुनाव राख्यो । त्यसको विरुद्ध पनि अदालतमा थप नयाँ मुद्धा परेका छन् । उपाध्यक्ष विराटजंग शाहीलगायतले अदालतको आदेशका कारण आफ्नो उम्मेदवारी दिने अधिकार हनन भएको भन्दै त्यही अदालतमा मुद्धा दायर गरेका छन् ।

राखेप भने सुरुदेखि नै ‘अर्ली इलेक्सन’को प्रक्रियासँग सहमत थिएन । राखेपले सुरुमै एन्फालाई जिल्लादेखि तहगत निर्वाचन गरेर मात्र केन्द्रको चुनाव गर्न निर्देशन दिएको थियो ।

तर एन्फाले त्यसको अटेर गर्ने क्रममा पटकपटकका पत्रलाई समेत बेवास्था गर्दै चैत १३ मा चुनाव गर्न खोजेपछि राखेपले बिहीबार एन्फालाई चुनाव स्थगित गरेर जानकारी गराउन तीन दिने अल्टिमेटम दिएको थियो । त्यसको जवाफमा एन्फाले कुनै पनि हालतमा चुनाव रोक्न नसक्ने भन्ने जवाफ दिएपछि राखेपले २४ घण्टे स्पष्टीकरणको माग गरेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो