चैत्र ११, २०८२ बुधबार | १९:५३:०४
लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा

नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित

काठमाडौं । विंगर सुवास वमको निर्णायक गोलमा नेपालले श्रीलंकामाथि १–० को साँघुरो जित हासिल गरेको छ । जितसँगै नेपालले सेमिफाइनलमा आफ्नो एक पाइला अगाडि सारेको छ ।

मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा सुवासले पहिलो हाफमा नेपाललाई अग्रतामा ल्याएका थिए । सुवासले कप्तान धर्वेन्द्र कुंवरको पासलाई सदुपयोग गरे । राइट साइडमा धर्वेन्द्रको क्रसलाई उनले सर्वप्रथम नियन्त्रणमा लिए । त्यसपछि दोस्रो बारमा लोअर प्रहार गरे ।

समूह ‘ए’मा नेपालको यो लगातार दोस्रो जित हो । उद्घाटन खेलमा नेपालले भुटानलाई २-१ ले हराएको थियो । श्रीलंकाले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ३-२ ले हराएको थियो ।

खेलअवधिभर सुवास छाए । उनीबाट ह्याट्रिक सम्भव थियो । तर, क्रसबार बाधक बन्दा उनले थप दुई गोल आफ्नो नाममा लेखाउन सकेनन् । पहिलो हाफमा गोल हुनुअघि सुवासको शक्तिशाली प्रहार क्रसबारमा लागेर फर्किएको थियो । रिबाउन्ड बललाई धर्वेन्द्रले हेडरमार्फत पोस्टको दिशा दिए । उक्त हेडर पनि क्रसबारमा लागेर फर्कियो ।

दोस्रो हाफमा पनि त्यही कथा दोहोरियो । ६०औं मिनेटमा तीन विपक्षी खेलाडीलाई छ्क्याउँदै सुवासले राइट फुटेड प्रहार लिए । जुन प्रहार पहिलो बारमा ठोक्किएर फर्कियो । लगत्तैको मिनेटमा धर्वेन्द्रको शक्तिशाली प्रहारमा क्रसबार पुनः एकपटक बाधक बन्यो ।

खेलको ७५औं मिनेटमा श्रीलंकाले पहिलो खतरा बुन्यो । मोहम्मद खथिमको लामो दूरीको पासलाई कप्तान हुसेन अब्दुल्लाहले सदुपयोग गर्न सकेनन् । हुसेनले फ्रि–हेडरको अवसर पाएका थिए । तर, उनको हेडर फितलो रहँदा त्यसलाई बचाउन नेपाली गोलकिपर पेम्बा नोर्बु भोटेलाई गाह्रो भएन ।

इन्जुरी समयमा फरवार्ड विज्ञान खड्का गोलको निकै करिब रहे । तर, राइट साइडबाट ‘सोलो रन’ बनाएका विज्ञानले अन्तिममा ‘हेभी टच’ लिन पुगे । त्यसपछि गोलकिपर नाडाल सेनापालाले बललाई नियन्त्रणमा राख्न सफल भए । लगत्तै मिडफिल्डर गणेश पुलामी मगरको प्रहारलाई सेनापालाले सुन्दर बचाउ गरिदिए ।

दिनको दोस्रो खेलमा माल्दिभ्सले भुटानसँग खेल्दैछ । यो खेल बराबरी भएको खण्डमा नेपालले सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।

अब नेपालले आफ्नो अन्तिम खेलमा शुक्रबार माल्दिभ्ससँग खेल्नेछ । सोही दिन श्रीलंकाको भेट भुटानसँग हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो