चैत्र ११, २०८२ बुधबार | २०:२८:४६
एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप

लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी

काठमाडौं । सहिद स्मारक महिला लिग अनिश्चित कालका लागि स्थगित भएसँगै सहभागी टोलीका खेलाडीहरु आ–आफ्ना घर फर्किन थालेका छन् ।

गत चैत ५ गते अध्यागमन विभागले पर्यटक भिसामा रहेका विदेशीलाई व्यावसायिक खेल गतिविधिमा संलग्न नगराउन एन्फालाई पत्रचार गरेको थियो । सोही कारण एन्फाले अनिश्चित कालका लागि पुरुषको राष्ट्रिय लिग स्थगन गरेको थियो ।

पुरुष राष्ट्रिय लिग स्थगन गरेको केही बेरमै खेलाडीको सुरक्षालाई मध्यनजर गर्दै एन्फाले दुई दिनमै महिला लिग पनि अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको थियो । एक हप्ता बित्न लाग्दा पनि लिगको टुंगो नहुँदा महिला खेलाडी घर फर्किन थालेका हुन् ।

सहभागी टोलीमध्ये आरएस पोखरा काठमाडौं छाड्ने पहिलो टोली हो । मंगलबार मात्र न्युरोड टिम ९एनआरटी०का खेलाडी घर फर्किए । बिहानको गाडीमा बागमती युवा क्लब सर्लाही पुगिसकेको छ । त्यस्तै चर्च ब्वाइज युनाइटेडका खेलाडी दिउँसोतिर घर फर्किने बताइएको छ । झापा एफसीको हकमा भने अझै खेलाडी काठमाडौंमै छन् ।

क्लबहरु लिगको टुंगो चाँडै होला भन्ने विश्वासका साथ बसिरहेका छन् । बागमतीले खेलाडीलाई घर नपठाउने निर्णय गरेको छ । आरएसले पनि खेलाडीलाई पोखरामै क्याम्पमा राख्ने स्रोतले बतायो ।

चलिरहेको लिग यसरी अप्रत्याशित रुपमा रोकिँदा खेलाडीहरुलाई प्रत्यक्ष रुपमा घाटा पुगेको छ । आसन्न साफ च्याम्पियनसिपका लागि टिममा स्थान बनाउने आशा बोक्दै काठमाडौं आइपुगेका खेलाडी निराश भएर घर फर्किएका छन् ।

‘लिगमा केही गर्छु भनेर काठमाडौं आइपुगेको थिएँ । तर, एक खेल खेल्न नपाउँदै घर जानुपर्दा मन खिन्न भएको छ,’ एनआरटीका एक खेलाडीले खेलाडी डटकमलाई भने, ‘साफ च्याम्पियनसिपकै लागि भनेर मिहिनेत गरिरहेको थिएँ । परीक्षा छाडेर खेल खेल्न आइपुगेका छौं । हामी खेलाडीलाई अन्याय भएको छ ।’

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले श्रम स्विकृतिका लागि सिफारिस दिएको छैन । त्यस्तै खेल तालिकालाई पनि अनुमोदन गर्न आनाकानी गरिरहँदा लिग रोक्नुपरेको एन्फाको दाबी छ ।

सहभागी ९ मध्ये एक संकटा एफसीले चार विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । विदेशी खेलाडीकै प्रेरणादायी प्रदर्शनमा टोलीले उद्घाटन खेलमा एनआरटीविरुद्ध ४–० को सानदार जित हासिल गरेको थियो ।

यिनै विदेशी खेलाडीलाई राखेपले प्रहरी लगाएर खेलाडी पक्राउ गर्ने नियति देखिएको भन्दै एन्फाले आसन्न अर्ली इलेक्सनको मुखैमा यस्तो घटना हुन नदिन लिगलाई स्थगित गरेको बताएको थियो ।

यस विषयमा संकटाले सोमबार पत्रकार सम्मेलनसमेत गरेको थियो । संकटाका अध्यक्ष इन्द्रमान तुलाधरले सबै कागजी प्रक्रिया पूरा गर्दा पनि सम्बन्धित निकायले कुरा नसुनेको प्रतिक्रिया दिएका थिए । जसका कारण आफ्नो क्लबमा आर्थिक र मानसिक समस्या आइपुगेको उनको तर्क थियो ।

संकटाले अझै एक हप्ता एन्फाको निर्णयलाई कुर्ने बताएको छ । लिग स्थगित भएको दुई हप्तापछि पनि लिगको छिनोफानो नभए क्लबले खेलाडीलाई घर पठाउने निर्णय गरेको छ ।

तीन विभागीय टोली भने आउँदै गरेको मोफसल प्रतियोगिताका लागि तयारी गरिरहेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो