काठमाडौं । नेपाली स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरीआबद्ध पाकिस्तान सुपर लिग(पिएसएल) को टोली इस्लामाबाद युनाइटेडको खेल वर्षाका कारण रद्ध भएको छ ।
लाहोरमा नेपाली समय अनुसार मंगलबार बेलुका ७ः४५ मा सुरु हुनुपर्ने पेशावर जाल्मीविरुद्धको खेल निरन्तरको भारी वर्षाका कारण टस समेत नभइ रद्ध भएको हो ।
वर्षाका कारण खेल रद्ध भएपछि दुवै टोलीले समान रुपमा १-१ अंक बाडेका छन् । लिगमा आफ्नो दोस्रो खेल खेल्दै गरेको इस्लामाबाद पहिलो खेलमा मुल्तान सुल्तानसँग पराजित भएको थियो ।
मुल्तानविरुद्धको खेलमा दीपेन्द्रले टोलीबाट खेल्ने मौका पाएका थिएनन् । दीपेन्द्रले पिएसएलमा डेब्यु गर्न बाँकी नै रहेको छ । इस्लामाबादको तेस्रो खेल बिहिबार रहेको छ ।
नेपाली रुपैया ३१ लाखमा इस्लामाबादले अक्सनमार्फत दीपेन्द्रलाई टोलीमा अनुबन्ध गरेको हो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
