चैत्र १७, २०८२ मंगलबार | १८:१७:०७
'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट

अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक

काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबका स्ट्राइकर युवराज खड्काले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्ने भएका छन् ।

मंगलबार एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा मुख्य प्रशिक्षक गुग्लिएल्मो एरिनाले युवारजलाई समेट्दै लाओसविरुद्ध पहिलो रोजाई तयार पारेका छन् ।

नेपाल सम्भवतः ४–२–३–१ फर्मेशनका साथ मैदान उत्रिने योजनामा छ । गोलकिपर किरण चेम्जोङको कप्तानीमा सनीस श्रेष्ठ, रोहि चन्द, सुमन श्रेष्ठ र अनन्त तामाङले नेपालको रक्षापङ्क्ति सम्हाल्नेछन् । डिफेन्सिभ मिडफिल्डरको जिम्मेवारी मणिकुमार लामा र दीपेश गुरुङलाई दिइएको छ ।

अट्याकिङ मिडफिल्डमा मनिष डाँगी, आदित्य शाक्य र आयुष घलान छन् । अग्रपङ्क्तिको जिम्मेवारी युवराज एक्लैको काँधमा छ ।

खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुनेछ ।

अन्तिम चरणमा पुग्न लागिसकेको पुरुष राष्ट्रिय लिगकै आधारमा युवराजसहित पाँच नयाँ अनुहारले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । जसमध्ये युवराजले मौका पाएका हुन् । योसँगै राष्ट्रिय टोलीको पहिलो अनुभवमै पहिलो रोजाईमा डेब्यु पाउने खेलाडीको दूर्लभ सूचीमा युवराज जोडिएका छन् ।

पछिल्लोपटक सेन्टरब्याक सुमन श्रेष्ठले सिंगापुरविरुद्ध राष्ट्रिय टोलीको पहिलो अनुभवमै पहिलो रोजाईमा डेब्यु प्राप्त गरेका थिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो