चैत्र १७, २०८२ मंगलबार | २०:०९:४०
नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल

पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु

काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा नेपालले लाओससँग प्रतिस्पर्धा गरिरहेको छ । लाओ नेसनल रंगशालामा घरेलु टोलीलाई नेपालले पहिलो हाफमा गोलरहित बराबरीमा रोक्न सफल भएको छ ।

बल पोजेसनमा संघर्ष गरिरहेको नेपालविरुद्ध लाओसले ‘क्विक काउन्टर अट्याक’ फुटबल प्रस्तुत गरिरहेको छ । यसबीच लाओस खेलको ३५औं मिनेटमा गोलको निकै करिब रह्यो । चोनी वेनपासेर्थले बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार क्रसबारमा लागेर फर्कियो । प्राप्त रिबाउन्डमा उनले हेडरमार्फत बललाई पोस्टको दिशा दिए । तर, फितलो उक्त अटेम्प्टलाई नेपाली गोलकिपर किरण कुमार लिम्बूले सहजै नियन्त्रणमा लिए ।

त्यसपछि पाँच मिनेटभित्र विंगर मनिष डाँगीले दुई पटक गोलका लागि अटेम्प्ट गरे । तर, दुबै पटक उनको लोअर प्रहारले पोस्टको दिशा लिन सकेन ।

यसै खेलमार्फत नेपाल एपिएफ क्लबका स्ट्राइकर युवराज खड्काले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका छन् । ४–३–३ फर्मेशनमा उत्रिएको नेपालका लागि मुख्य प्रशिक्षक गुग्लिएल्मो एरिनाले युवराजलाई ‘नम्बर ९’ को भूमिका दिएका छन् ।

अन्तिम चरणमा पुग्न लागिसकेको पुरुष राष्ट्रिय लिगकै आधारमा युवराजसहित पाँच नयाँ अनुहारले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । जसमध्ये युवराजले मौका पाएका हुन् । योसँगै राष्ट्रिय टोलीको पहिलो अनुभवमै पहिलो रोजाईमा डेब्यु पाउने खेलाडीको दूर्लभ सूचीमा युवराज जोडिएका छन् ।

पछिल्लोपटक सेन्टरब्याक सुमन श्रेष्ठले सिंगापुरविरुद्ध राष्ट्रिय टोलीको पहिलो अनुभवमै पहिलो रोजाईमा डेब्यु प्राप्त गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो