चैत्र ११, २०८२ बुधबार | १५:२९:२६
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न

थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौं । फिफा सिरीजअन्तर्गत थाइल्यान्डमा अप्रिल तेस्रो साता हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला टोलीको प्रारम्भिक टिम घोषणा भएको छ ।

बुधबार नवीन न्यौपानेको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले राष्ट्रिय टोलीको अनुभव नभएका ९ खेलाडीलाई समावेश गर्दै प्रारम्भिक टिम तयार पारेका हुन् ।

न्यौपानेको नेतृत्वमा पहिलोपटक गत अक्टोबरमा नेपालले सिलोङ भ्रमण गरेको थियो । जहाँ नेपालले त्रिदेशीय प्रतियोगिताअन्तर्गत इरान र भारतसँग खेलेको थियो । त्यतिबेला फरवार्ड÷लेफ्टब्याक अनिता लम्जेल, स्ट्राइकर जेनिफर रानामगर, सेन्टरब्याक नेहाकुमारी चौधरी, वाइड अट्याकिङ मिडफिल्डर सुक्रिया मिया र गोलकिपर सुशीला कुमारी चौधरी छनोटको फाइनल चरणमा फ्याकिएका थिए । यी सबै खेलाडीलाई यसपाली पनि न्यौपानेले अन्तिम टोलीमा स्थान बनाउने मौका दिएका छन् ।

यी पाँच खेलाडीसँगै राष्ट्रिय यु–२० टोलीकी कप्तान विर्सना चौधरी, उनका सहकर्मीद्धय मिडफिल्डर पुनम चेम्जोङ र स्ट्राइकर वर्षा ओलीले टोलीमा स्थान बनाएका छन् । पुनमकी न्युरोड टिम (एनआरटी)की सहकर्मी गोलकिपर अस्मिता नेपाली पनि टोलीमा परेकी छन् ।

नेपालले अप्रिल १५ मा डेमोक्रेटिक रिपब्लिक अफ कंगोसँग खेल्नेछ । सोही दिन घरेलु टोलीले ओशिनिया फुटबल महासंघ (ओएफसी)का १३ राष्ट्रमध्ये एकसँग खेल्ने तालिका छ । तीन दिनपछि विजेता टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । सोही दिन हार्ने टोलीबीच पनि प्रतिस्पर्धा हुनेछ ।

नेपाली टोली लगातार दोस्रो अन्तर्राष्ट्रिय भ्रमणमा कप्तान सावित्रा भण्डारी र अट्याकिङ मिडफिल्डर सवीता रानामगरविना मैदानमा उत्रिनेछ । पछिल्लो पटक नेपालले इन्डोनेसियामा त्रिदेशीय अन्तर्राष्ट्रिय सिरीज खेलेको थियो । त्यतिबेला सवीता घाइते थिइन् । सावित्रा भने व्यावसायिक जिम्मेवारीमा थिइन् । अहिले सवीता घुँडाको शल्यक्रियापछि आराम गरिरहेकी छन् । उनी ७ देखि ८ महिना मैदान बाहिर रहने बताइएको छ ।

सावित्राको हकमा उनले पनि बुधबार मात्रै घुँडाको शल्यक्रिया सम्पन्न भएको जानकारी गराएकी छन् । करिब दुई महिनाअघि अस्ट्रेलियन ‘ए’ लिगमा वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्रालाई घुँडाको गम्भीर चोट लागेको थियो । ब्रिसबन रोअरविरुद्धको खेलमा उनी घाइते भएकी थिइन् । शल्यक्रियासँगै सावित्रा कम्तिामा पनि ९ महिना मैदान बाहिर रहने बताइएको छ ।

इन्डोनेसिया भ्रमण गर्ने टोलीबाट सेन्टरब्याक सजनी थोकर भने यसपाली प्रारम्भिक टिममै अटाउन सकिनन् । त्यस्तै भेट्रान सेन्टरब्याक अमृता जैसी, अट्याकिङ मिडफिल्डर विमला चौधरी र फरवार्ड चन्द्रा भण्डारीले लगातार दोस्रो पटक प्रारम्भिक टिममा स्थान बनाउन सकेनन् ।



भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो