काठमाडौं । फाइनल प्रवेश गरिसकेको साबिक विजेता नेपाल पुलिस क्लबले नवौं प्रधानमन्त्री कप एनभिए लिगको महिलातर्फ लिग चरणमा शतप्रतिशत जित दर्ता गरेकाे छ ।
पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा बुधबार सम्पन्न लिग चरणको आफ्नो अन्तिम खेलमा पुलिसले न्यु डायमन्ड स्पोर्टस क्लबविरुद्ध ३-० को सोझो सोटमा जित निकाल्यो ।
पुलिसले खेल २५-१९, २५-१८, २५-२१ ले आफ्नो पक्षमा पार्यो ।
लिगका पाँचै खेलमा जित निकाल्दै १४ अंक जोडेको पुलिसले शीर्ष स्थान कब्जा गर्यो । पहिलो हार बेहोरेको न्यु डायमन्ड समान खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा रह्यो ।
उपाधिका लागि पनि पुलिस र न्यु डायमन्ड नै प्रतिस्पर्धा गर्नेछन् ।
भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH