फाल्गुन २७, २०८२ बुधबार | ०३:५५:१७
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

सातदोबाटोको पोस्टमा एक दर्जन गोल गर्दै मछिन्द्र उक्लियो शीर्ष स्थानमा

काठमाडौं । एन्फा यु-१६ युथ लिगमा सातदोबाटो युवा क्लबमाथि १२-१ को फराकिलो जित हासिल गर्दै मछिन्द्र क्लब अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा मछिन्द्रका आठ खेलाडीले स्कोरसीटमा नाम लेखाए । मछिन्द्रका लागि विकास थापाले ह्याट्रिक गर्दा गोविन्द विक र राहुल कुमार योञ्जनले समान दुई गोल गरे । त्यस्तै कोन्जोक लामा, सौगात मगर, जनक विक, सुमन ठकुरी र करण धामीको नाममा समान एक गोल रह्यो । सातदोबाटोका लागि युवराज बुढाथोकीले गरेको गोल सान्त्वना मात्र बन्यो ।

जितसँगै मछिन्द्र चार खेलमा १० अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको हो । लगातार चौथो पराजय बेहोरेको सातदाबाटो तालिकाको पुछारमा छ । सहभागी १४ टोलीमध्ये सबैले कम्तिमा पनि एक खेल जितिसकेको छ । सातदोबाटोको अवस्था भने दयनीय छ । चार खेलमा २८ गोल खाँदा सातदोबाटोले मात्र एक गोल गर्न सकेको छ ।

दिनको पहिलो खेलमा जावलाखेल युवा क्लबले श्री भगवती क्लबमाथि २-१ को पुनरागमन जित हासिल गर्यो । लिगमा जावलाखेलको दोस्रो जित हो । हालका लागि जावलाखेल सातौं स्थानमा उक्लिएको छ । तेस्रो हार बेहोरेको श्री भगवती आठौं स्थानमा झरेको छ । श्री भगवतीले मात्र एक खेल जितेको छ ।

दिनको तेस्रो खेलमा हिमालयन शेर्पा क्लब र न्युरोड टिम (एनआरटी)ले एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् ।

 

 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||