फाल्गुन २७, २०८२ बुधबार | ०३:२४:३६
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

नरेश थापा यु–१७ राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक, निरुलाई टिम म्यानेजरको जिम्मेवारी

यु–१७ महिला राष्ट्रिय टोलीका नवनियुक्त सहायक प्रशिक्षक नरेश थापालाई नियुक्त पत्र हस्तान्तरण गर्दै एन्फा महासचिव किरण राई, तस्वीर सौजन्यः एन्फा ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भुटानमा यही अगस्ट २० बाट सुरु हुने साफ यु–१७ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको सहायक प्रशिक्षकमा नरेश थापालाई नियुक्त गरेको छ । त्यस्तै टिम म्यानेजरको जिम्मेवारी निरु थापाले पाएकी छन् ।

आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा दुबैलाई महासचिव किरण राइले नियुक्त पत्र हस्तान्तरण गरे ।

चार राष्ट्रको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे हुनेछ । अगस्ट २० गते नै साँझ ६ बजे आयोजक भुटानले बंगलादेशको सामना गर्नेछ ।

यु–१७ महिला राष्ट्रिय टोलीका नवनियुक्त टिम म्यानेजर निरु थापालाई नियुक्त पत्र हस्तान्तरण गर्दै एन्फा महासचिव किरण राई, तस्वीर सौजन्यः एन्फा ।

डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । अगस्ट ३१ सम्म चल्ने प्रतियोगिता राजधानी थिम्पुस्थित चाङ्लिमथाङ रंगशालामा हुनेछ ।

तल्लो उमेर समूहको यो प्रतियोगिताले सातौं संस्करण पार गर्दा नेपालले एकपटक मात्र उपाधि चुमेको छ । नेपाली टोलीले तीन वर्ष अगाडि बंगलादेशमा सम्पन्न यु–१५ च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यतिबेला नेपालले डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धामा घरेलु टोली र भुटानलाई पछि पारेको थियो ।

एन्फाले बिहीबार मात्र टोलीको मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठलाई नियुक्त गरेको थियो ।

 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||