काठमाडौं । इङ्लिस क्लब लिभरपुलले प्रि सिजन मैत्रीपूर्ण खेल जे लिग वर्ल्ड च्यालेन्जमा बुधबार जापानी क्लब योकोहामाविरुद्ध ३-१ को पुनरागमन जित निकालेको छ ।
निसान रंशालामा पाहुना टोली लिभरपुललाई जित दिलाउन फ्लोरियन विर्ट्ज, ट्रे न्योनी र रियो गुमोहाले गोल गरे । योकोहामाका लागि असाही उएनाकाले गोल गरे ।
खेलको ५५औं मिनेटमा उएनाकाको गोलमार्फत योकोहामाले अग्रता लिएको थियो । ६२औं मिनेटमा विर्ट्जले लिभरपुललाई बराबरीमा ल्याए ।
त्यसको ६ मिनेट पनि नै न्योनीले गोल गर्दा लिभरपुल २-१ ले अगाडि बढ्यो । निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा गुमेहाले गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।
अब लिभरपुलले क्लब मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब एट्लेटिक क्लब बिल्बाओको सामना गर्नेछ ।
भिडियो
प्रधानमन्त्री KP OLI ले गरे FIFA Football For Schools कार्यक्रमको उद्घाटन ll
KHELADI TALKS WITH AJAY PHUYAL II BIGYAN RAJ SHARMA II FORMER PLAYER , NATIONAL FOOTBALL TEAM
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video