पुस ८, २०८२ बुधबार | १६:५९:३१
विश्वकप तयारीलाई भारत भ्रमण गर्दै न्युजिल्यान्डः घरेलु टोलीसँग खेल्ने एकदिवसीय र ट्वान्टी-२० शृंखलाको टिम घोषणा अन्तर्राष्ट्रिय तेक्वान्दोमा जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक राखेपको १२४ औं बोर्ड बैठकः जेनजी स्मृति पार्क बनाउने निर्णय सुरज र पासाङले सातदोबाटोबाट खेल्ने आइसिसी ट्वान्टी-२० अलराउन्डर वरियताको शीर्ष १०० मा ६ नेपाली, दीपेन्द्रसिंह ऐरी आठौं स्थानमा कायम आइसिसी ट्वान्टी-२० टिम वरियतामा भारतको शीर्षता, नेपाल १७ औं स्थानमा बक्सिङ डे क्रिकेटको इङ्ल्यान्ड टिममा दुई परिवर्तन, आर्चर र पोपको ठाउँमा बेथेल र एट्किन्सन लिभरपुलका इसाक दुई महिना मैदान बाहिर हुने आहाराराको २५ औं संस्करणको भव्य आयोजनाका लागि जिम्मेवारी विभाजन टेनिस हस्ती भेनस विलियम्स इटालियन मोडल आन्द्रिया प्रेटीसँग बैवाहिक सम्बन्धमा विश्वकप तयारीलाई भारत भ्रमण गर्दै न्युजिल्यान्डः घरेलु टोलीसँग खेल्ने एकदिवसीय र ट्वान्टी-२० शृंखलाको टिम घोषणा अन्तर्राष्ट्रिय तेक्वान्दोमा जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक राखेपको १२४ औं बोर्ड बैठकः जेनजी स्मृति पार्क बनाउने निर्णय सुरज र पासाङले सातदोबाटोबाट खेल्ने आइसिसी ट्वान्टी-२० अलराउन्डर वरियताको शीर्ष १०० मा ६ नेपाली, दीपेन्द्रसिंह ऐरी आठौं स्थानमा कायम आइसिसी ट्वान्टी-२० टिम वरियतामा भारतको शीर्षता, नेपाल १७ औं स्थानमा बक्सिङ डे क्रिकेटको इङ्ल्यान्ड टिममा दुई परिवर्तन, आर्चर र पोपको ठाउँमा बेथेल र एट्किन्सन लिभरपुलका इसाक दुई महिना मैदान बाहिर हुने आहाराराको २५ औं संस्करणको भव्य आयोजनाका लागि जिम्मेवारी विभाजन टेनिस हस्ती भेनस विलियम्स इटालियन मोडल आन्द्रिया प्रेटीसँग बैवाहिक सम्बन्धमा

‘फिफा फुटबल फर स्कुल्स’ अभियान सुरु, प्रधानमन्त्रीले गरे उद्धघाटन

कौस्तुभ एकेडेमीका विद्यार्थीलाई बल हस्तान्तरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमााडौं । देशभरका माध्यमिक तहसम्मका विद्यार्थी लक्षित ग्रासरुट फुटबलको विकासमा टेवा पुग्ने विश्वाससहित नेपालमा ‘फिफा फुटबल फर स्कुल्स’ अभियानको शुभारम्भ भएको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा अभियानको शुभारम्भ गरेको हो ।

सहभागी विद्यालयमध्ये एक पेप्सीकोलाको कौस्तुभ एकेडेमीका शिक्षक र विद्यार्थीलाई प्रधानमन्त्री ओलीले फुटबल हस्तान्तरण गर्दै अभियानको सुरुआत गरेका थिए । राजधानी काठमाडौंबाट सुरु भएको अभियान ७७ वटै जिल्लामा पुर्याउने एन्फाको लक्ष्य छ ।

एन्फाले कार्यक्रमलाई ७७ वटै जिल्लाका १ हजार ७२ वटा विद्यालयमा सञ्चालन गर्ने लक्ष्य लिएको छ । कार्यक्रमका दौरान ३२ हजार ६४० वटा फुटबल वितरण गरिने एन्फाले जनाएको छ ।

‘फुटबल फर स्कुल्स’ फिफा अध्यक्ष जियानी इन्फान्टिनोको पहलमा विगत ६ वर्षयता संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)सँगको सहकार्यमा संचालन हुँदै आएको कार्यक्रम हो । सन् २०१९ मा लेबननबाट सुरु भएको यो कार्यक्रमले विश्वभर लगभग ७० करोड बालबालिकाको शिक्षा, विकास र सशक्तिकरणमा योगदान पुर्याउने उद्धेश्य बोकेको छ ।

‘फिफा फुटबल फर स्कुल्स’मा सहभागी बालबालिका तस्विरः सरोज सापकोटा/खेलाडी । 
 

हालसम्म १३९ राष्ट्रमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । दक्षिण एसियामा भुटान यो कार्यक्रमको लाभ उठाउने पहिलो राष्ट्र हो ।

एन्फाले शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा यो कार्यक्रम अगाडि बढाउने छ ।

औपचारिक कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै अर्थमन्त्री विष्णुप्रसाद पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद (राखेप)का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य–सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राईलगायतका पदाधिकारीको उपस्थिति थियो ।

औपचारिक कार्यक्रममा ओलीले खेल क्षेत्रको विकासलाई सरकारले प्राथमिकता दिएको बताउँदै भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको नयाँ रंगशाला निर्माणको घोषणा गरे ।

‘यो कार्यक्रमले नेपाली फुटबललाई उकास्न मद्धत गर्नेछ । अब हामीसँग फुटबलको अभाव हुनेछैन । फुटबलको विकासलाई मध्यनजर गर्दै हामीले सूर्यविनायकमा नयाँ रंगशाला निर्माण गर्ने योजना बनाएका छौं,’ ओलीले भने, ‘यहाँ उपस्थित कलिला नानीहरुले आउने दिनमा त्यो रंगशालामा खेलिरहेको हुनेछन् ।’

‘फिफा फुटबल फर स्कुल्स’ को ब्यानर तस्विरः सरोज सापकोटा/खेलाडी । 
 

बिहीबारको कार्यक्रम ‘फिफा फुटबल फर स्कुल्स’ कार्यक्रमका म्यानेजर एन्टोनियो ब्युनानो सान्चेज र प्राविधिक सल्लाहकार अल्बर्टो जियाकोमिनीको प्रत्यक्ष निगरानीमा सम्पन्न भएको हो ।


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I