काठमाडौं । स्पेनको बार्सिलोनाले प्रि सिजन मैत्रीपूर्ण खेलमा दक्षिण कोरियन क्लब एफसी सिओलविरुद्ध ७-३ को सानदार जित दर्ता गरेको छ ।
सिओल वर्ल्डकप रंगशालामा पाहुना टोली बार्सिलोनालाई जित दिलाउन लामिन यामल र फेरान टोरेसले समान दुई तथा रोबर्ट लेवान्डोवस्की, एन्ड्रियास क्रिस्टेनसन र गाभीले समान एक गोल गरे । सिओलका लागि चो योङ वुक, याजन अल अरब र जङ हान मिनले गोल गरे ।
खेलको आठौं मिनेटमा लेवान्डोवस्कीको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । ६ मिनेटपछि नै यामलले टोलीको अग्रता दोब्बर बनाए ।
वुकले २६औं मिनेटमा गोल गर्दा खेल २-१ को स्थितीमा आयो । पहिलो हाफको इन्जुरी समयमा अरबले गोल गर्दै सिओललाई २-२ को बराबरीमा ल्याए ।
इन्जुरी समयमै यामलले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना ३-२ ले अगाडि बढ्यो । ५५औं मिनेटमा क्रिस्टेनसनले टोलीका लागि चौथो गोल गरे ।
टोरेसले ७४औं मिनेटमा गोल गर्दा बार्सिलोना ५-२ ले अगाडि बढ्यो । दुई मिनेटपछि नै गाभीले गोल गरेपछि बार्सिलोनाको अग्रता ६-१ मा पुग्यो ।
मिनले ८५औं मिनेटमा गोल गर्दा खेल ६-३ को स्थितीमा आयो । निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा टोरेसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि सातौं गोल गरे ।