पुस २, २०८२ बिहीबार | १३:२२:२८
सिटी र न्युक्यासल विजयी रियाल मड्रिडको कठिन जित एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः नासरिन र ट्रान्सपोर्टले खेल्यो बराबरी साग स्वर्णधारी महर्जन सम्मानित ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने चेल्सीको जितमा गर्नाचोको दुई गोल सिटी र न्युक्यासल विजयी रियाल मड्रिडको कठिन जित एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः नासरिन र ट्रान्सपोर्टले खेल्यो बराबरी साग स्वर्णधारी महर्जन सम्मानित ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने चेल्सीको जितमा गर्नाचोको दुई गोल

पूर्व क्रिकेटर ममता थापा ग्लोबल युनि नेटवर्कको सद्भावना दुत नियुक्त

सम्झौता पत्र आदान-प्रदान गर्दै पूर्व क्रिकेटर ममता थापा र ग्लोबल युनि नेटवर्ककाका निर्देशक नविन बुढाथोकी, तस्विरः कमल खत्री ।

धम्बोझी । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी पूर्व उपकप्तान ममता थापा ग्लोबल युनि नेटवर्कको सद्भावना दुत  नियुक्त भएकी छन् । बिहिबार ममता र ग्लोबल युनि नेटवर्कका निर्देशक नविन बुढाथोकीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

ममतासँग एक वर्षको सम्झौता भए पनि रकम भने गोप्य राखिएको ग्लोबल युनि नेटवर्कले जनाएको छ ।

ममताले एक वर्षको अवधिमा ग्लोबल युनि नेटवर्कको प्रचार-प्रसार र बजारीकरणमा सहयोग गर्नेछिन्।  यूतै ग्लोबल युनि नेटवर्कले ममतालाई वार्षिक रूपमा ५० हजार रुपैयाँ बराबरको क्रिकेट सामाग्री समेत सहयोग गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

ममताले मोफसलमा प्रतिष्ठित ग्लोबल युनि नेटवर्कको सद्भावना दुतको रुपमा नियुक्त हुँदा खुसी लागेको बताइन् ।  उनले भनिन् ,‘म निकै खुसी छु । क्रिकेटर भएर एउटा शैक्षिक संस्थासँग जोडिन पाउनु गर्वको कुरा हो । यसले खेलाडी र शैक्षिक संस्था दुवैलाई सहकार्य गरेर अगाडी बढन प्रेरित गर्नेछ ।’

ममता पहिलो पटक कुनै ब्रान्डको सद्भावना दुत नियुक्त  भएकी हुन्  । सन् २०१२ देखि सन् २०१६ सम्म नेपाली महिला क्रिकेट टोलीको उपकप्तानको जिम्मेवारी सम्हालेकी ममता हाल कोहलपुर नगरपालिकामा क्रिकेट प्रशिक्षकको रुपमा कार्यरत छिन् ।

ग्लोबल युनि नेटवर्ककाका निर्देशक नविन बुढाथोकीले ममता थापाको क्रिकेटमा गरेको योगदानलाई सम्मान गर्नको लागि सद्भावना दुतको रुपमा सम्झौता गरेको बताए । उनले भने ,‘उहाँ(ममता)को महिला क्रिकेटमा महत्वपुर्ण योगदान छ । अहिले पनि क्रिकेटको विकासमा लागिरहनु भएको छ । उहाँसँगको सहकार्यले हाम्रो कन्सल्टेन्सीको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिएका छौं ।’


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team