काठमाडौं । आइसिसी ट्वान्टी-२० महिला विश्वकपको ग्लोबल छनोट नेपालमा हुने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहीबार विश्वकपको ग्लोबल छनोट आगामी जनवरी १२ देखि फेब्रुअरी १६ सम्म नेपालमा हुने जानकारी दियाे । ग्लोबल छनोटमा १० टोलीको सहभागीता रहनेछ ।
सहभागीलाई दुई समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्स चरणमा पुग्नेछन् । जसबाट सुपर सिक्सको शीर्ष चारमामा रहने टोलीले आगामी वर्ष इङ्ल्यन्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउने छन् ।
प्रतियोगिताको खेल तालिका भने केही समयमै घोषणा गरिने आइसिसीले बताएको छ ।
बंगलादेश र आयरल्यान्डले गत संस्करणको विश्वकप खेलेका कारण स्वतः ग्लोबल छनोटमा स्थान पक्का गरेका छन् । यस्तै एसिया छनोटबाट थाइल्यान्ड र नेपाल, अमेरिकी छनोटबाट अमेरिकाले ग्लोबल छनोटमा स्थान बनाएका छन् ।
बाँकी पाँच स्थानमा अफ्रिका र युरोपबाट समान दुई र पूर्वी एसिया-प्रशान्त क्षेत्र छनोटबाट एक टोली आउने छन् ।
नेपालले एसियाली छनोटको दोस्रो स्थानमा रहँदै पहिलो पटक ग्लोबल छनोटमा स्थान बनाएको हो ।
आइसिसी महिला विश्वकप १२ जुन देखि ५ जुलाई २०२६ सम्म हुनेछ ।