श्रावण १६, २०८२ शुक्रबार | २०:१०:५०
इन्डोर कर्पोरेट लिगको दोस्रो संस्करण भदौ दोस्रो साता महिला लिग छनोटको उद्घाटन खेलमा छहारी र रिएले भिड्ने चर्च ब्वाइजको सहज जित एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशालाई कांस्य पदक एनपिएलको छानबिनका लागि उच्चस्तरीय समिति गठन हुन्छ: मन्त्री चौधरी ओलम्पिक कमिटीको तदर्थ समिति गठन गर्छुः खेलकुद मन्त्री चौधरी किस वोक्स घाइते खालिद जमिल भारतीय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक झापा महिला गोल्डकप कार्तिक दोस्रो साता हुने टिपटो फुटबल प्रतियोगिताको सेमिफाइनल र फाइनल शनिबार हुने इन्डोर कर्पोरेट लिगको दोस्रो संस्करण भदौ दोस्रो साता महिला लिग छनोटको उद्घाटन खेलमा छहारी र रिएले भिड्ने चर्च ब्वाइजको सहज जित एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशालाई कांस्य पदक एनपिएलको छानबिनका लागि उच्चस्तरीय समिति गठन हुन्छ: मन्त्री चौधरी ओलम्पिक कमिटीको तदर्थ समिति गठन गर्छुः खेलकुद मन्त्री चौधरी किस वोक्स घाइते खालिद जमिल भारतीय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक झापा महिला गोल्डकप कार्तिक दोस्रो साता हुने टिपटो फुटबल प्रतियोगिताको सेमिफाइनल र फाइनल शनिबार हुने

भारतका दुवै टोली विश्व टिम टेबल टेनिस च्याम्पियनसिपमा छनोट

काठमाडौं । भारतको पुरुष/महिला दुवै टोली विश्व टिम टेबल टेनिस च्याम्पियनसिपका लागि छनोट भएका छन् । 

विश्व टिम टेबल टेनिस च्याम्पियनसिप इङ्ल्यान्डमा सन् २०२६ को सेप्टेम्बरमा हुनेछ ।

बिहीबार लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न दक्षिण एसियाली छनोट प्रतियोगितामामा भारत अपराजित रहँदै च्याम्पियन बन्यो ।

पुरुष/महिलातर्फ समान पाँच राष्ट्र सहभागी थिए । भारतले दुवैतर्फ प्रतिद्वन्द्वी माल्दिभ्स, नेपाल, श्रीलंलका र बंगलादेशलाई समान ३-० को नतिजामा पराजित गर्दै आठ अंक जोड्यो ।

अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुषतर्फ नेपाल सात अंककासाथ नेपाल दोश्रो भयो । भारतसँग मात्र चुकेको नेपालले श्रीलंकालाई ३-०, माल्दिभ्सलाई ३-१ र बंगलादेशलाई ३-२ को सेटमा पराजित गरेको थियो । माल्दिभ्स र श्रीलंका तेश्रो भए ।

नेपाली टाेली । 

महिलातर्फ श्रीलंका सात अंकसाथ दोश्रो स्थानमा रह्यो । नेपाल र माल्दिभ्स संयुक्तरुपमा तेस्रो भए । ६ अंक जोडेको नेपाले माल्दिभ्स र बंगलादेशलाई समान ३-० ले हराउँदा भारतसंग ३-० र श्रीलंकासंग २-३ काे पराजय बेहोर्यो  ।

नेपाली  पुरुष टोलीमा संयोग कपाली, रुविन महर्जन, राजीव चिकन्बञ्जार र गनन्जय दाहाल तथा महिलामा वियंका राई, इभाना थापा, नविता श्रेष्ठ र योङगी पौडेलले प्रतिस्पर्धा गरेका थिए ।

मोहनदास बासुकला मुख्य प्रशिक्षक तथा सन्जिवकुमार ढुंगेल र सन्ध्या शाक्य प्रशिक्षकको जिम्मेवारीमा थिए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, महासचिव कवेरप्रकाश सिंह, उपाध्यक्ष पूर्णशंकर श्रेष्ठ, कोषाध्यक्ष ज्याकी महर्जन, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राखेप कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी भण्डारीलगायतले पुरस्कृत गरे ।

दुई दिने प्रतियोगितामा भारतबाट १० तथा नेपाल, श्रीलंलका, बंगलादेश र माल्दिभ्सबाट समान आठ गरी ३४ खेलाडी सहभागी थिए । प्रतियोगितामा  भुटान र पाकिस्तान सहभागी भएनन् ।


भिडियो
आधुनिक NSC COVERED HALL मा पहिलो खेल ll
प्रधानमन्त्री KP OLI ले गरे FIFA Football For Schools कार्यक्रमको उद्घाटन ll
KHELADI TALKS WITH AJAY PHUYAL II BIGYAN RAJ SHARMA II FORMER PLAYER , NATIONAL FOOTBALL TEAM
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team