काठमाडौं । चौथो एसेजमा घरेलु टोली अस्ट्रेलियाले कमजोर सुरुआत गरेको छ । मेलबर्नमा भ्रमणकारी टोली इंग्ल्याण्डले टस जितेर फिल्डिङ रोजेको थियो ।
सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाका कमजोर सुरुआत गरेको छ । लन्चसम्म टोलीले ४ विकेट गुमाइसकेको छ । २५ ओभरको खेलमा टोलीले मात्र ७२ रन जोड्यो ।
टोलीले ठूलो साझेदारी गर्न निकै सघर्ष गरिरहेको छ । ओपनर ट्राभिस हेड मात्र १२ रन बनाएर बोल्ड भए । अर्का ओपनर ज्याक वेथराल्ड पनि १० रन बनाएर आउट भएपछि अस्ट्रेलिया दबाबमा आएको हो । मार्नुस लाबुस्चाग्ने ६ तथा कप्तान स्टेभ स्मिथ मात्र ९ रन बनाएर आउट भएका छन् ।
क्रिजमा रहेका उस्मान खवाजाले २१ र एलेक्स क्यारीले ९ रन बनाएर खेलिरहेका छन् । यो जोडीलाई ठूलो साझेदारी बनाउनुपर्ने दबाब रहेको छ ।
इंग्ल्यान्डका जस टोंगुइले सर्वाधिक तीन विकेट लिएका छन् । गस अट्किन्सनले एक विकेट हात पारे ।
एसेजका यसअघिका तीनै खेल अस्ट्रेलियाले जितेको थियो । सुरुका दुई टेष्ट टोलीले ८ तथा तेस्रो टेष्ट ८२ रनले जितेको हो । इंग्ल्यान्ड अन्तिम टेष्ट भने आफ्नो पक्षमा लेखाउने योजनामा छ ।
