पुस ८, २०८२ बुधबार | १८:०५:०२
इङ्ल्यान्डका खेलाडीप्रति सहानुभूति राख्न स्टोक्सको आग्रह अञ्जिलासम्मिलित सेथु इस्ट बङ्गालसँग पराजित विश्वकप तयारीलाई भारत भ्रमण गर्दै न्युजिल्यान्डः घरेलु टोलीसँग खेल्ने एकदिवसीय र ट्वान्टी-२० शृंखलाको टिम घोषणा अन्तर्राष्ट्रिय तेक्वान्दोमा जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक राखेपको १२४ औं बोर्ड बैठकः जेनजी स्मृति पार्क बनाउने निर्णय सुरज र पासाङले सातदोबाटोबाट खेल्ने आइसिसी ट्वान्टी-२० अलराउन्डर वरियताको शीर्ष १०० मा ६ नेपाली, दीपेन्द्रसिंह ऐरी आठौं स्थानमा कायम आइसिसी ट्वान्टी-२० टिम वरियतामा भारतको शीर्षता, नेपाल १७ औं स्थानमा बक्सिङ डे क्रिकेटको इङ्ल्यान्ड टिममा दुई परिवर्तन, आर्चर र पोपको ठाउँमा बेथेल र एट्किन्सन लिभरपुलका इसाक दुई महिना मैदान बाहिर हुने इङ्ल्यान्डका खेलाडीप्रति सहानुभूति राख्न स्टोक्सको आग्रह अञ्जिलासम्मिलित सेथु इस्ट बङ्गालसँग पराजित विश्वकप तयारीलाई भारत भ्रमण गर्दै न्युजिल्यान्डः घरेलु टोलीसँग खेल्ने एकदिवसीय र ट्वान्टी-२० शृंखलाको टिम घोषणा अन्तर्राष्ट्रिय तेक्वान्दोमा जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक राखेपको १२४ औं बोर्ड बैठकः जेनजी स्मृति पार्क बनाउने निर्णय सुरज र पासाङले सातदोबाटोबाट खेल्ने आइसिसी ट्वान्टी-२० अलराउन्डर वरियताको शीर्ष १०० मा ६ नेपाली, दीपेन्द्रसिंह ऐरी आठौं स्थानमा कायम आइसिसी ट्वान्टी-२० टिम वरियतामा भारतको शीर्षता, नेपाल १७ औं स्थानमा बक्सिङ डे क्रिकेटको इङ्ल्यान्ड टिममा दुई परिवर्तन, आर्चर र पोपको ठाउँमा बेथेल र एट्किन्सन लिभरपुलका इसाक दुई महिना मैदान बाहिर हुने

विश्वकप तयारीलाई भारत भ्रमण गर्दै न्युजिल्यान्डः घरेलु टोलीसँग खेल्ने एकदिवसीय र ट्वान्टी-२० शृंखलाको टिम घोषणा

काठमाडौं । न्युजिल्यान्डले फेब्रुअरी ७ बाट भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्ने आइसिसी ट्वान्टी-२० विश्वकपको तयारीस्वरुप अर्को महिना भारत भ्रमण गर्ने भएको छ ।

दक्षिण एसियाली कन्डिसनसँग अभ्यस्त हुने उद्देश्यमा गरिन लागेको भारत भ्रमणमा न्युजिल्यान्डले घरेलु टोली भारतसँग तीन एकदिवसीय तथा पाँच ट्वान्टी-२० खेलको शृंखला खेल्नेछ ।

न्युजिल्यान्डले भारत भ्रमणका लागि एकदिवसीय तथा ट्वान्टी-२० दुवै टिम घोषणा गरेको छ । चोटबाट पुनरागमन जनाएका मिचेल सान्टनर ट्वान्टी-२० टिमको कप्तानमा निरन्तर हुनेछन् भने एकदिवसीय टिमको नेतृत्व जिम्मेवारी मिचेल ब्रेसवेलले पाएका छन् ।

ब्रेसवेलको कप्तानीमा घोषित एकदिवसीय टोलीमा अदी असोक, क्रिस्टियन क्लार्क, जोन क्लार्कसन, डेभन कनवे, जाक फल्कर्स, मिच हे, काइल जेमिसन, निक केली, जेडन लेनक्स, डारिल मिचेल, हेनरी निकोलस, ग्लेन फिलिप्स, मिचेल रे र विल योङ छन् ।

यसैगरी ट्वान्टी-२० टोलीको कप्तानमा सान्टनर रहँदा मिचेल ब्रेसवेल, मार्क च्याम्पम्यान, डेभन कनवे, ज्याकोब डफी, जाक फल्कर्स, माट हेनरी, काइल जेमिसन, बेभोन ज्याकोब्स, डारिल मिचेल, जेम्स निसम, ग्लेन फिलिप्स, राचिन रविन्द्र, टिम रोबिन्सन र इस सोधी परेका छन् ।

न्युजिल्यान्ड र घरेलु टोली भारतबीचको शृंखलाअन्तर्गत सुरुमा तीन एकदिवसीय खेल हुनेछ । त्यसपछि पाँच ट्वान्टी-२० खेलको शृंखला हुने तालिका छ ।

एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेल जनवरी ११ मा बरोडामा हुनेछ भने दोस्रो एकसदिवसीय खेल १४ जनवरीमा राजकोट तथा तेस्रो खेल १८ जनवरीमा इन्दोरमा हुनेछ ।

ट्वान्टी-२० शृंखला जनवरी २१ मा सुरु हुनेछ । पहिलो खेल नागपुरमा हुनेछ भने दोस्रो खेल २३ जनवरीमा राजपुरमा हुनेछ । यसैगरी तेस्रो खेल जनवरी २५ मा असाम तथा चौथो खेल जनवरी २८ मा विसाखापट्टनममा हुनेछ । शृंखलाको अन्तिम खेल जनवरी ३१ मा त्रिभेन्दपुरममा हुनेछ ।

गत जुनमा दुई देशका क्रिकेट बोर्डले यो भ्रमणको तालिका तय गरेका थिए । न्युजिल्यान्डको भारत भ्रमणलाई फेब्रुअरी ७ बाट सुरु हुने आइसिसी ट्वान्टी-२० विश्वकपको तयारीका रुपमा लिइएको छ ।

मार्च ८ सम्म भारत र श्रीलंकाका विभिन्न सहरमा चल्ने विश्वकपमा भारत समूह ‘ए’ तथा न्युजिल्यान्ड समूह ‘डी’ मा परेको छ ।

भारत रहेको समूह ‘ए’ मा पाकिस्तान, अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन् भने समूह ‘डी’ मा न्युजिल्यान्डसहित दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानाडा र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।

भारतले समूह चरणमा पाकिस्तानविरुद्धको खेल कोलम्बोमा फेब्रुअरी १५ मा खेल्नेछ । त्यसवाहेक भारतका सबै खेल आफ्नै देशमा हुनेछन् । टोलीले समूहको पहिलो खेलका लागि मुम्बईमा अमेरिकालाई निम्त्याउनेछ भने दोस्रो खेल नामिबियासँग दिल्लीमा खेल्नेछ ।

समूहको तेस्रो खेलका लागि पाकिस्तानको सामना गर्न कोलम्बो भ्रमण गरेपछि अन्तिम खेल खेल्न भारतले फेब्रुअरी १८ मा अहमदाबाद फर्किएर नेदरल्यान्ड्सलाई निम्त्याउनेछ ।

समूह ‘डी’ अन्तगृतका सबै खेल पनि भारतमै हुनेछन् । न्युजिल्यान्डले चेन्नईमा प्रतियोगिता सुरु भएको भोलीपल्ट फेब्रुअरी ८ मा अफगानिस्तानसँग खेल्दै विश्वकप २०२६ को सुरुआत गर्नेछ ।

न्युजिल्यान्डको दोस्रो खेल फेब्रुअरी १० मा चेन्नईमै युएईविरुद्ध हुनेछ भने तेस्रो खेलमा टोलीले अहमदाबादमा दक्षिण अफ्रिकासँग फेब्रुअरी १४ मा प्रतिस्पर्धा गर्नेछ । समूह चरणअन्तर्गत न्युजिल्यान्डको अन्तिम खेल फेब्रुअरी १७ मा चेन्नईमा क्यानाडाविरुद्ध हुनेछ । 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I