पुस ८, २०८२ बुधबार | १६:१६:१३
राखेपको १२४ औं बोर्ड बैठकः जेनजी स्मृति पार्क बनाउने निर्णय सुरज र पासाङले सातदोबाटोबाट खेल्ने आइसिसी ट्वान्टी-२० अलराउन्डर वरियताको शीर्ष १०० मा ६ नेपाली, दीपेन्द्रसिंह ऐरी आठौं स्थानमा कायम आइसिसी ट्वान्टी-२० टिम वरियतामा भारतको शीर्षता, नेपाल १७ औं स्थानमा बक्सिङ डे क्रिकेटको इङ्ल्यान्ड टिममा दुई परिवर्तन, आर्चर र पोपको ठाउँमा बेथेल र एट्किन्सन लिभरपुलका इसाक दुई महिना मैदान बाहिर हुने आहाराराको २५ औं संस्करणको भव्य आयोजनाका लागि जिम्मेवारी विभाजन टेनिस हस्ती भेनस विलियम्स इटालियन मोडल आन्द्रिया प्रेटीसँग बैवाहिक सम्बन्धमा अञ्जिलाकाे सेथु र इष्ट बंगाल भिड्दै सेनेगलको प्रभावशाली जित, नाइजेरियालाई संघर्षमय तीन अंक राखेपको १२४ औं बोर्ड बैठकः जेनजी स्मृति पार्क बनाउने निर्णय सुरज र पासाङले सातदोबाटोबाट खेल्ने आइसिसी ट्वान्टी-२० अलराउन्डर वरियताको शीर्ष १०० मा ६ नेपाली, दीपेन्द्रसिंह ऐरी आठौं स्थानमा कायम आइसिसी ट्वान्टी-२० टिम वरियतामा भारतको शीर्षता, नेपाल १७ औं स्थानमा बक्सिङ डे क्रिकेटको इङ्ल्यान्ड टिममा दुई परिवर्तन, आर्चर र पोपको ठाउँमा बेथेल र एट्किन्सन लिभरपुलका इसाक दुई महिना मैदान बाहिर हुने आहाराराको २५ औं संस्करणको भव्य आयोजनाका लागि जिम्मेवारी विभाजन टेनिस हस्ती भेनस विलियम्स इटालियन मोडल आन्द्रिया प्रेटीसँग बैवाहिक सम्बन्धमा अञ्जिलाकाे सेथु र इष्ट बंगाल भिड्दै सेनेगलको प्रभावशाली जित, नाइजेरियालाई संघर्षमय तीन अंक

आइसिसी ट्वान्टी-२० अलराउन्डर वरियताको शीर्ष १०० मा ६ नेपाली, दीपेन्द्रसिंह ऐरी आठौं स्थानमा कायम

काठमाडौं । नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले बुधबार अपडेट गरेको वर्ष २०२५ को ट्वान्टी-२० को अलराउन्डर विश्व वरियताको आठौं स्थानमा कायम रहेका छन् ।

पाकिस्तानका साइम अयुब विश्वको शीर्ष अलराउन्डर हुँदा दोस्रो स्थानमा जिम्बाब्वेका सिकन्दर राजा छन् । वेस्ट इन्डिजका रोस्टन चेज तेस्रो तथा भारतका हार्दिक पण्ड्या चौथो स्थानमा छन् ।

ऐरीभन्दा माथि पाकिस्तानका मोहम्मद नवाज पाँचौं स्थानमा छन् भने अफगानिस्तानका मोहम्मद नाबी छैटौं तथा वेस्ट इन्डिजका रोमारियो सेफर्ड सातौं स्थानमा छन् ।

अलराउन्डरको शीर्ष १० मा अटाउन सफल हुने अन्य खेलाडीमा अफगानिस्तानका अज्मातुल्लाह ओमारजाई नवौं तथा भारतका अक्षर पटेल १० औं स्थानमा छन् ।

वर्ष २०२५ को ट्वान्टी–२० विधाका अलराउन्डर वरियतामा नेपालका कुशल भुर्तेल २६ औं स्थानमा परेका छन् । शीर्ष १०० मा नेपालका ६ खेलाडी समावेश हुँदा राष्ट्रिय टिमका कप्तान रोहित पौडेल ४२ औं स्थानमा कायम छन् ।

यसैगरी अघिल्लो वरियतामा ४९ औं स्थानमा रहेका गुल्सन झा एक स्थान तल झरेर ५० औं स्थानमा पुगेका छन् । कुशल मल्ल ८७ औं स्थानमा कायम छन् भने करण केसी एक स्थान तल झरेर ९८ औं स्थानमा पुगेका छन् ।

त्यस्तै बलिङ बरियताको शीर्ष स्थानमा भारतका वरुण चक्रवर्ती हुँदा शीर्ष १०० मा नेपालबाट ३ खेलाडी समेटिएका छन् ।

नेपाली राष्ट्रिय टिमका ललित राजवंशी अघिल्लो वरियताबाट एक स्थान तल झरेर ७९ औं स्थानमा पुग्दा दीपेन्द्रसिंह ऐरी ८० तथा सन्दीप लामिछाने ८८औं स्थानमा कामय छन् ।

त्यस्तै ब्याटिङ वरियताको शीर्ष स्थानमा पनि भारतकै अभिशेक शर्मा छन् । ब्याटिङ वरियताको शीर्ष १०० मा नेपालबाट ऐरीसहित ४ खेलाडी परेका छन् ।

अलराउन्डर वरियताको शीर्ष १० मा रेका ऐरी बलिङ र ब्याटिङ वरियताको पनि शीर्ष १०० मा छन् । ऐरी ब्याटिङ वरियताको ७३ औं स्थानमा झरेका छन् । यो उनको अघिल्लो वरियताभन्दा एक स्थान तल हो ।

यसैगरी नेपालका कप्तान रोहित पौडेल ७५, आसिफ शेख ७७ र कुशल भुर्तेल ७८ औं स्थानमा कायम छन् । 

बुधबारै सार्वजनिक गरिएको ट्वान्टी–२० टिम वरियतामा नेपाल १७ औं स्थानमा कामय छ । 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I