पुस ८, २०८२ बुधबार | १६:३६:०४
विश्वकप तयारीलाई भारत भ्रमण गर्दै न्युजिल्यान्डः घरेलु टोलीसँग खेल्ने एकदिवसीय र ट्वान्टी-२० शृंखलाको टिम घोषणा राखेपको १२४ औं बोर्ड बैठकः जेनजी स्मृति पार्क बनाउने निर्णय सुरज र पासाङले सातदोबाटोबाट खेल्ने आइसिसी ट्वान्टी-२० अलराउन्डर वरियताको शीर्ष १०० मा ६ नेपाली, दीपेन्द्रसिंह ऐरी आठौं स्थानमा कायम आइसिसी ट्वान्टी-२० टिम वरियतामा भारतको शीर्षता, नेपाल १७ औं स्थानमा बक्सिङ डे क्रिकेटको इङ्ल्यान्ड टिममा दुई परिवर्तन, आर्चर र पोपको ठाउँमा बेथेल र एट्किन्सन लिभरपुलका इसाक दुई महिना मैदान बाहिर हुने आहाराराको २५ औं संस्करणको भव्य आयोजनाका लागि जिम्मेवारी विभाजन टेनिस हस्ती भेनस विलियम्स इटालियन मोडल आन्द्रिया प्रेटीसँग बैवाहिक सम्बन्धमा अञ्जिलाकाे सेथु र इष्ट बंगाल भिड्दै विश्वकप तयारीलाई भारत भ्रमण गर्दै न्युजिल्यान्डः घरेलु टोलीसँग खेल्ने एकदिवसीय र ट्वान्टी-२० शृंखलाको टिम घोषणा राखेपको १२४ औं बोर्ड बैठकः जेनजी स्मृति पार्क बनाउने निर्णय सुरज र पासाङले सातदोबाटोबाट खेल्ने आइसिसी ट्वान्टी-२० अलराउन्डर वरियताको शीर्ष १०० मा ६ नेपाली, दीपेन्द्रसिंह ऐरी आठौं स्थानमा कायम आइसिसी ट्वान्टी-२० टिम वरियतामा भारतको शीर्षता, नेपाल १७ औं स्थानमा बक्सिङ डे क्रिकेटको इङ्ल्यान्ड टिममा दुई परिवर्तन, आर्चर र पोपको ठाउँमा बेथेल र एट्किन्सन लिभरपुलका इसाक दुई महिना मैदान बाहिर हुने आहाराराको २५ औं संस्करणको भव्य आयोजनाका लागि जिम्मेवारी विभाजन टेनिस हस्ती भेनस विलियम्स इटालियन मोडल आन्द्रिया प्रेटीसँग बैवाहिक सम्बन्धमा अञ्जिलाकाे सेथु र इष्ट बंगाल भिड्दै

सुरज र पासाङले सातदोबाटोबाट खेल्ने

काठमाडौं । मिडफिल्डर सुरज जिउ ठकुरी र लेफ्ट ब्याक पासाङ लामाले आसन्न एन्फा राष्ट्रिय लिगमा सातदोबाटो युवा क्लबको प्रतिनिधित्व गर्ने भएका छन् ।

बुधबार सातदोबाटोले फेसबुकमार्फत घरेलु फुटबलका यी दुई चर्चित अनुहारलाई क्लबमा अनुबन्ध गरेको जानकारी गराएको हो ।

क्लबले मंगलबार मात्र उदीयमान फरवार्ड समीर तामाङलाई सार्वजनिक गरेको थियो । एक दिनपछि त्यसमा सुरज र पासाङ पनि जोडिएका छन् ।

सुरज र समीर दुबैले गत वैशाखमा सम्पन्न नेपाल सुपर लिग (एनएसएल) सिजन ३ मा उपविजेता पोखरा थन्डर्सको जर्सी लगाएका थिए । पासाङ भने धनगढी एफसीका प्रमुख खेलाडी थिए ।

२०७७ सालको ‘बी’ डिभजिन लिगमा सातदोबाटो च्याम्पियन हुँदै पहिलोपटक शीर्ष डिभिजनमा बढुवा हुँदा पासाङ टोलीका प्रमुख खेलाडी थिए । लगत्तैको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पनि पासाङले सातदोबाटोकै जर्सी लगाएका थिए । लगभग चार वर्षपछि पासाङ पुनः सातदोबाटोमा फर्किएका हुन् । यसबीच उनले मोफसलका प्रतियोगितामा सातबाटोको प्रतिनिधित्व नगरेका भने होइनन् ।

राष्ट्रिय लिग यही पुस २५ बाट सुरु हुँदैछ । प्रतियोगितामा शीर्ष डिभिजनका १३ र प्रेसिडेन्ट लिगबाट छनोट भएका चारगरि कूल १७ टोलीको सहभागिता रहनेछ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग होम एण्ड अवे स्वरुपमा गर्ने, एउटै मैदानमा गर्ने र राष्ट्रिय लिग गर्ने जस्ता विभिन्न विकल्पमाथि पटकपटक विवादास्पद छलफल तथा आन्दोलनहरुपछि एन्फाले हालै क्लबहरुसँगको सहमतीमा पुष २५ बाट राष्ट्रिय लिग गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय लिगमा जिल्ला र प्रदेश च्याम्पियन हुँदै आएका टिमबीचको प्रतिस्पर्धा एन्फा प्रेसिडेन्ट्स लिगका शीर्ष ४ तथा अघिल्लो शीर्ष डिभिजन लिगका शीर्ष ६ टोली गरि १० टिमले मात्र खेल्न पाउने प्रावधान थियो ।

तर एन्फा र क्लबहरुको सहमतीपछि राष्ट्रिय लिगका लागि छनोट नै नभएका बाँकी ‘ए’ डिभिजन लिगका टिमले पनि खेल्न पाउने भएका हुन् । जसअनुरुप शीर्ष डिभिजनका हिमालयन शेर्पा बाहेक सबै १३ क्लब र प्रेसिडेन्ट्स लिगका शीर्ष चार गरि १७ टिमको सहभागितामा राष्ट्रिय लिग आयोजना हुँदैछ । एन्फाले यसका लागि टिम दर्ता फारम खुला गरेको थियो ।

सातदोबाटोले विदेशी खेलाडीमा विंगर फोडे फोफानालाई पनि अनुबन्ध गरेको छ । फोफानाले तीन वर्षअघि सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युवा क्लबलको प्रतिनिधित्व गरेका थिए ।
 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I