पुस ७, २०८२ मंगलबार | १४:५५:२१
फुटबलका लागि केडिएफए र चैतन्य पाठशालाबीच सम्झौता थाइल्यान्डसँग खेल्दै नेपालले महिला ट्वान्टी-२० विश्वकप छनोटको सुरुआत गर्ने सविताको शल्यक्रिया आज, आठ महिनाबढी मैदान बाहिर इसाकको शल्यक्रिया सम्पन्न, लामै समय आराममा रहने विश्वकप खेल्ने आशामा नेयमारले गरे घुँडाको शल्यक्रिया नेरेसको दुई गोलमा नेपोलीलाई सुपरकपको उपाधि सालाहको गोलमा इजिप्टको विजयी सुरुआत स्पान्योलको लगातार पाँचौं जित राउल जिमेनेजको कीर्तिमानी पेनाल्टी गोलमा फुलहम विजयी एन्फा यु-१६ युथ लिगः संकटाले भगवतीलाई हरायो फुटबलका लागि केडिएफए र चैतन्य पाठशालाबीच सम्झौता थाइल्यान्डसँग खेल्दै नेपालले महिला ट्वान्टी-२० विश्वकप छनोटको सुरुआत गर्ने सविताको शल्यक्रिया आज, आठ महिनाबढी मैदान बाहिर इसाकको शल्यक्रिया सम्पन्न, लामै समय आराममा रहने विश्वकप खेल्ने आशामा नेयमारले गरे घुँडाको शल्यक्रिया नेरेसको दुई गोलमा नेपोलीलाई सुपरकपको उपाधि सालाहको गोलमा इजिप्टको विजयी सुरुआत स्पान्योलको लगातार पाँचौं जित राउल जिमेनेजको कीर्तिमानी पेनाल्टी गोलमा फुलहम विजयी एन्फा यु-१६ युथ लिगः संकटाले भगवतीलाई हरायो

थाइल्यान्डसँग खेल्दै नेपालले महिला ट्वान्टी-२० विश्वकप छनोटको सुरुआत गर्ने

काठमाडौं । नेपालले जनवरी १८ (माघ ४ गते) मा थाइल्यान्डसँग खेल्दै आइसिसी महिला ट्वान्टी-२० विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा सुरुआत गर्ने भएको छ ।

मुलपानीका दुवै मैदानका साथै त्रिवी रंगशालामा जनवरी १४ देखि फेब्रुअरी १ सम्म हुने प्रतियोगितामा नेपाली महिला टिमले समूह 'बी' मा रहेर स्कट्ल्यान्ड, थाइल्यान्ड, जिम्बाब्वे र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

समूह 'ए' मा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी (पिएनजी) नामिबिया र अमेरिका छन् ।
समूह चरणको पहिलो खेलमा थाइल्यान्डलाई मुलपानी माथिल्लो मैदानमा निम्त्याएपछि नेपालले दोस्रो खेलमा चार दिनपछि माघ ८ गते नेदरल्यान्डससँग प्रतिस्पर्धा गर्नेछ । नेपालको दोस्रो खेल पनि मुलपानीको माथिल्लो मैदानमै हुनेछ ।

तेस्रो खेलमा नेपालले त्रिवी मैदानमा माघ १० गते खेल्नेछ भने समूहको अन्तिम खेलमा माघ १२ गते स्कटल्यान्डसँग त्रिवी मैदानमै प्रतिस्पर्धा गर्नेछ ।

दुवै समूहबाट शीर्ष तीन टोली क्वालिफायरमा छनोट हुनेछन् । क्पालिफायरमा दुवै समूहबाट छानिएका तीनवटै टोलीले अर्को समूहा सबै तीन टिमसँग प्रतिस्पर्धा गर्नेछन् ।

क्वालिफायरका खेलहरु माघ १४, १६ र १८ गते हुनेछन् । क्वालिफायरबाट शीरष चार टोली सन् २०२६ जुन १२ देखि जुलाई ५ सम्म इङल्यान्ड र वेल्समा हुने आइसिसी महिला ट्वान्टी-२० विश्वकपलाई छानिनेछन् ।

ग्लोबल क्वालिफायरअघि प्रत्येक टिमले दुई/दुई अभ्यास खेल खल्नेछन् । अभ्यास खेलमा नेपालले पुष ३० गते मुलपानीको तल्लो मैदानमा आयरल्यान्ड तथा त्यसको दुई दिनपछि त्रिवी मैदानमा अमेरिककासँग खेल्नेछ ।


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I