फाल्गुन १, २०८२ शुक्रबार | २३:३३:३५
प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा ब्रेन्डन टेलरको ठाउँमा बेन करेन आयरल्यान्डको टिममा स्टर्लिङलाई टपिङले स्थानान्तरण गर्ने एन्फाको ‘अर्ली इलेक्सन’ प्रक्रिया पुनस्थापितः ‘सी’ डिभिजन क्लबबाट ९ मताधिकारप्राप्त प्रतिनिधि चयन अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा ब्रेन्डन टेलरको ठाउँमा बेन करेन आयरल्यान्डको टिममा स्टर्लिङलाई टपिङले स्थानान्तरण गर्ने एन्फाको ‘अर्ली इलेक्सन’ प्रक्रिया पुनस्थापितः ‘सी’ डिभिजन क्लबबाट ९ मताधिकारप्राप्त प्रतिनिधि चयन अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल

राखेपको १२४ औं बोर्ड बैठकः जेनजी स्मृति पार्क बनाउने निर्णय

तस्बिर सौजन्यः राखेप

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)का अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको राखेपको १२४औं बोर्ड बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१, तेस्रो संशोधनसहित पारित गरेको छ ।

दशौं राष्ट्रिय खेलकुद सँगै प्रथम पारा राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि खेल संख्या र खेलाडी कोटाका सम्वन्धमा कार्यकारी समितिले छलफल गरि सिफारिस गर्ने तथा तयारी सम्वन्धमा प्रदेश खेलकुद र विभागीय टिमहरुलाई पत्राचार गर्ने निर्णय भएको राखेपले जनाएको छ ।

गतवर्ष मंसिरमै सुर्खेतलाई केन्द्र बनाएर कर्णाली प्रदेशमा भइसक्नुपर्ने १०औं वृहत राष्ट्रिय खेलकुद राखेपको पछिल्लो बोर्ड बैठकले फागुन १ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको थियो । पटकपटक स्थगित गरिएपछि तय गरिएको नयाँ मितिमा पहिल्यै निर्धारित ३६ खेल समावेश थिए ।

यस्तै परिषद्लाई नेपाल सरकारबाट विनियोजन भएको चालु आर्थिक वर्षको वार्षिक योजना, कार्यक्रम र बजेट तथा परिषद्को आन्तरिक अनुमानित आय व्यय बैठकले पास गरेको छ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा बनेको सरकारका मन्त्री गुप्ताले राखेपबाट राजनीतिक निर्णय गराउने क्रममा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा ‘जेनजी शहीद स्मृति पार्क निमार्ण गर्ने तथा त्यहाँ रहेको अडिटोरियम हललाई जेनजी स्मृति अडिटोरियम हल नामकरण गर्ने निर्णय गराएका छन् ।

बैठकले सन २०२६ मा जापानमा आयोजना हुने २०औं एशियाली खेलकुदमा नेपालले सहभागिता जनाउने निर्णय पनि गरेको छ । बैठकमा परिषद्का उपाध्यक्ष धु्रव आचार्य, मन्त्रालयका सचिव डा। हरिप्रसाद लम्साल, सदस्यसचिव रामचरित्र मेहता र राखेप बोर्ड सदस्यहरुको उपस्थिति थियो ।


भिडियो
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator