काठमाडौं । इङ्लिस क्लब लिभरपुलले प्रि-सिजन मैत्रीपूर्ण खेलमा सोमबार स्पेनको एट्लेटिक्स क्लब बिल्वाओविरुद्ध ३-२ को रोमाञ्चक जित दतौ गरेको छ ।
एनफिल्डमा सम्पन्न दोस्रो खेलमा घरेलु टोली लिभरपुललाई जित दिलाउन कोडी गाक्पोले दुई तथा मोहम्मद सलाहले एक गोल गरे । बिल्वाओका लागि ओइहान सान्सेटले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।
खेलको १४औं मिनेटमा सलाहकाे गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । २९औं मिनेटमा सान्सेटले बिल्वाओलाई बराबरीमा ल्याए ।
गाक्पोले ५५औं मिनेटमा गोल गर्दा लिभरपुल २-१ ले अगाडि बढ्यो । ९ मिनेटपछि गाक्पोबाटै आत्मघाती गोल हुन पुग्दा बिल्वाओ २-२ को बराबरीमा आयो ।
गाक्पोले ७०औं मिनेटमा व्यक्गित दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ८१औं मिनेटमा सलाह पेनाल्टीमा चुक्दा लिभरपुलले अग्रता फराकिलो बनाउने अवसर गुमायो ।
सोमबारै सम्पन्न पहिलो खेलमा पनि लिभरपुल ४-१ ले विजयी भएको थियो ।