असार २९, २०८२ आइतबार | २१:१५:२८
अन्तिम सकेन्ड्समा सम्हालिन नसक्दा बंगलादेशसँग हार्यो नेपाल सञ्जीत सिंह यु–१७ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक साफ यु-२० च्याम्पियनसिपः श्रीलंकाविरुद्ध भुटानको सहज जित सातदोबाटोको पोस्टमा एक दर्जन गोल गर्दै मछिन्द्र उक्लियो शीर्ष स्थानमा विश्वकप छनोटको प्रशिक्षणमा ३२ खेलाडी नरेश थापा यु–१७ राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक, निरुलाई टिम म्यानेजरको जिम्मेवारी श्री भगवतीमाथि जावलाखेलको पुनरागमन जित भारतविरुद्ध इङ्ल्यान्ड २ रनले अगाडी इन्टरको जितमा मेसी नायक इगा स्विटेकलाई छैटौं ग्रान्डस्लाम अन्तिम सकेन्ड्समा सम्हालिन नसक्दा बंगलादेशसँग हार्यो नेपाल सञ्जीत सिंह यु–१७ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक साफ यु-२० च्याम्पियनसिपः श्रीलंकाविरुद्ध भुटानको सहज जित सातदोबाटोको पोस्टमा एक दर्जन गोल गर्दै मछिन्द्र उक्लियो शीर्ष स्थानमा विश्वकप छनोटको प्रशिक्षणमा ३२ खेलाडी नरेश थापा यु–१७ राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक, निरुलाई टिम म्यानेजरको जिम्मेवारी श्री भगवतीमाथि जावलाखेलको पुनरागमन जित भारतविरुद्ध इङ्ल्यान्ड २ रनले अगाडी इन्टरको जितमा मेसी नायक इगा स्विटेकलाई छैटौं ग्रान्डस्लाम

पुलिसलाई राष्ट्रिय महिला भलिबलकाे उपाधि

काठमाडौं । साबिक विजेता नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लब आठौं  शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा शनिबार सम्पन्न फाइनलमा पुलिस २५-१५, २५-२३, २५-१६ को सेटमा विजयी भयो ।

अपराजित रहँदै च्याम्पियन बनेको पुलिसले सबै खेल सोझो सेटको जित निकाल्यो । पुलिसले समूह चरणमा न्यु डायमन्ड स्पोर्टस क्लब र सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराएको थियो ।

यता एपिएफले समूह चरणमा आर्मी र एभरेस्ट भलिबल क्लब तथा सेमिफाइनलमा न्यु डायमन्डलाई पराजित गरेको थियो ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा न्यु डायमन्डले तेश्रो स्थान हासिल गर्यो। न्यु डायमन्डले आर्मीलाई २५-१९, २५-१२,१५-१८ ले पराजित गर्यो ।

प्रतियोगिताका शीर्ष तीनले क्रमशः ५ लाख,  लाख ५० हजार र  १ लाख २५ हजार रुपैयाँ  प्राप्त गरे ।

पुलिसकी कामना विष्ट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । कामनाले ५० हजार नगद पुरस्कार पाइन् । कामनाले बैंकक जाने आउने हवाइ टिकट पनि पाइन् ।

विधागततर्फ स्काइकरमा निरुता ठगुन्ना, ब्लकरमा पुनम चन्द, सेटरमा कमला पुन, लिबेरोमा  शान्तिकला तामाङ, सर्भरमा पूजा चौधरी र प्रशिक्षकमा रुपेशकुमार विष्ट उत्कृष्ट चुनिए ।

निरुता र पूजा एपिएफ तथा अरु पुलिसका हुन् । उत्कृष्ट सबैले २५ हजार रुपैयाँ पाए ।

विजेतालाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव दीपक लामा, मुख्य प्रायोजक केएनपी नेरोलेकका कन्ट्री हेड मनोजकुमार मिश्र, आयोजक प्रतिष्ठानकी संरक्षक गमली खड्कालगायतले पुरस्कृत गरे ।


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH