काठमाडौं । शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामो उपाधिका लागि दुई विभागीय टोली नेपाल एपिएफ र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न पहिलो पहिलो सेमिफाइनलमा साबिक विजेता एपएिफले न्यु डायमन्ड स्पोर्टस क्लबलाई २५-१७, २५-२२, २३-२५, २५-२३ को सेटमा पराजित गर्यो ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको दोश्रो सेमिफाइनलमा पुलिसले विभागीय प्रतिद्धन्द्धी त्रिभुवन आर्मी क्लबलाई २५-६, २५-२२, २५-२३ को सोझो सेटमा हरायो ।
शनिबार सम्पन्न हुने प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार, उपविजेताले २ लाख ५० हजार र तेश्रो हुनेले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार तथा विधागततर्फ उत्कृष्ट सेटर, डिफेन्स, सर्भर, लिबेरो, स्पाइकर र प्रशिक्षकलाई जनही २५ हजार रुपौयाँ पदान गरिने छ ।