माघ १, २०८२ बिहीबार | २०:४१:२२
सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण अन्तर्राष्ट्रिय महिला फुटसलमा नेपालको ऐतिहासिक पहिलो जित साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल चार गोलले अगाडि क्रिकेट र स्वच्छतामा जोडः ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु साफ महिला फुटसल च्याम्पियनसिपः बंगलादेशले भारतलाई हरायो एन्फा राष्ट्रिय लिगः सातदोबाटो र संकटाबीचको खेल गोलरहित सातदोबोटो र संकटा तथा लालिगुँरास र जावलाखेल खेल्दै सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण अन्तर्राष्ट्रिय महिला फुटसलमा नेपालको ऐतिहासिक पहिलो जित साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल चार गोलले अगाडि क्रिकेट र स्वच्छतामा जोडः ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु साफ महिला फुटसल च्याम्पियनसिपः बंगलादेशले भारतलाई हरायो एन्फा राष्ट्रिय लिगः सातदोबाटो र संकटाबीचको खेल गोलरहित सातदोबोटो र संकटा तथा लालिगुँरास र जावलाखेल खेल्दै

केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस

काठमाडौं । मार्वलस, गोल्डेनपिक र बाल दीक्षा सदनले पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइज विधामा बिहीबार आ–आफ्नो खेल जित्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका छन् ।

मार्वलसले आयोजक केएमसी ‘बी’ लाई ५१–३५ ले हराउँदा सिनेप शाहीले १६ स्कोर गरे । बाल दिक्षाले भने अर्नव महर्जनको १३ स्कोरमा सेवा सदनमाथि ३८–२८ को जित हासिल गर्यो । गोल्डेनपिकका लागि विजय तामाङले सर्वाधिक १९ स्कोर गरेपछि टोली माइलसेनमाथि ४८–३७ को जित निकाल्दै सेमिफाइनल पुग्न सफल भएको थियो ।

सेमिफाइनलमा गोल्डेनपिक र मार्वलसले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । बाल दीक्षाको भने प्रतिद्वन्द्वी टुंगो लाग्न बाँकी छ । शुक्रबार भीएस निकेतन र काठमाडौं जेभियर्स पब्लिकबीच हुने अन्तिम क्वाटरफाइनलको विजेताले अन्तिम चारमा बाल दीक्षासँग प्रतिस्पर्धा गर्नेछ ।

जुनियर ब्वाइजमा पनि बिहीबारै सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबारका खेलमा ग्रिनफिल्डले सनसाइनलाई १९–१५, गोल्डेनपिकले मानाङ्क चिल्ड्रेनलाई २२–१६, ग्रिन लन्सले हिमालीलाई १३–८ र इडेन ब्रिज एकेडेमी (इबिए) ले गोल्डेन फ्लावरलाई ३२–१९ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका थिए ।

खेलमा ग्रिनफिल्डका लागि किस्मत ढकालले सर्वाधिक १२ स्कोर गर्दा गोल्डेनपिकको जितमा सुजल तामाङ नायक बने । सुजलले ८ स्कोर गरेका थिए । यसैगरी ग्रिन लन्सका लागि विजय मगरले गरेको ४ स्कोर सबभन्दा ठूलो व्यक्तिगत योगदान थियो भने इबिएका लागि प्रसिक श्रेष्ठले सर्वाधिक १४ स्कोर गरेका थिए ।

सेमिफाइनलमा ग्रिन लन्सले ग्रिनफिल्ड तथा इबिएले गोल्डेनपिकसँग प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate