फाल्गुन १७, २०८२ आइतबार | २२:४७:१५
पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा चित्लाङलाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी आर्सनललाई चेल्सीको चुनौती महिला एसियन कपको २१औं संस्करण आजबाट, दक्षिण एसियाबाट भारत र बंगलादेशको सहभागिता पुछारको नव जन जागृतिलाई हराउँदै आर्मी तेस्रो स्थानमा उक्लियो भारत र वेस्ट इण्डिज सेमिफाइनल प्रवेशका लागि खेल्दै डर्टमन्डविरुद्ध बार्यनको रोमाञ्चक जित यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा चित्लाङलाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी आर्सनललाई चेल्सीको चुनौती महिला एसियन कपको २१औं संस्करण आजबाट, दक्षिण एसियाबाट भारत र बंगलादेशको सहभागिता पुछारको नव जन जागृतिलाई हराउँदै आर्मी तेस्रो स्थानमा उक्लियो भारत र वेस्ट इण्डिज सेमिफाइनल प्रवेशका लागि खेल्दै डर्टमन्डविरुद्ध बार्यनको रोमाञ्चक जित यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित

केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस

काठमाडौं । मार्वलस, गोल्डेनपिक र बाल दीक्षा सदनले पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइज विधामा बिहीबार आ–आफ्नो खेल जित्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका छन् ।

मार्वलसले आयोजक केएमसी ‘बी’ लाई ५१–३५ ले हराउँदा सिनेप शाहीले १६ स्कोर गरे । बाल दिक्षाले भने अर्नव महर्जनको १३ स्कोरमा सेवा सदनमाथि ३८–२८ को जित हासिल गर्यो । गोल्डेनपिकका लागि विजय तामाङले सर्वाधिक १९ स्कोर गरेपछि टोली माइलसेनमाथि ४८–३७ को जित निकाल्दै सेमिफाइनल पुग्न सफल भएको थियो ।

सेमिफाइनलमा गोल्डेनपिक र मार्वलसले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । बाल दीक्षाको भने प्रतिद्वन्द्वी टुंगो लाग्न बाँकी छ । शुक्रबार भीएस निकेतन र काठमाडौं जेभियर्स पब्लिकबीच हुने अन्तिम क्वाटरफाइनलको विजेताले अन्तिम चारमा बाल दीक्षासँग प्रतिस्पर्धा गर्नेछ ।

जुनियर ब्वाइजमा पनि बिहीबारै सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबारका खेलमा ग्रिनफिल्डले सनसाइनलाई १९–१५, गोल्डेनपिकले मानाङ्क चिल्ड्रेनलाई २२–१६, ग्रिन लन्सले हिमालीलाई १३–८ र इडेन ब्रिज एकेडेमी (इबिए) ले गोल्डेन फ्लावरलाई ३२–१९ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका थिए ।

खेलमा ग्रिनफिल्डका लागि किस्मत ढकालले सर्वाधिक १२ स्कोर गर्दा गोल्डेनपिकको जितमा सुजल तामाङ नायक बने । सुजलले ८ स्कोर गरेका थिए । यसैगरी ग्रिन लन्सका लागि विजय मगरले गरेको ४ स्कोर सबभन्दा ठूलो व्यक्तिगत योगदान थियो भने इबिएका लागि प्रसिक श्रेष्ठले सर्वाधिक १४ स्कोर गरेका थिए ।

सेमिफाइनलमा ग्रिन लन्सले ग्रिनफिल्ड तथा इबिएले गोल्डेनपिकसँग प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||