काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) र आयोजक तेजस्वी एकेडेमी प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
समूह ‘बी’ को लिग खेलमा केभीकेएसएसले मानसिंहलाई २१-१४ ले पराजित गर्दै समूह विजेता बन्यो । केभीकेएसएसको जितमा खुशी मितोकले ९ अंक योगदान गरिन् । मानसिंह पनि समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो ।
एस्टर बरुवालको १० अंक सहयोगमा तेजस्वीले बेलमोन्टलाई २२-२० ले हरायो । जितसंगै तेजस्वी समूह ‘ए’ को विजेता भयो । बेलमोन्ट पनि समूह उपविजेताका हैसियतले सेमिफाइनलमा पुग्यो ।
ब्वाइजमा हिमालयले रोजमेरीलाई ३६-२५, ह्वाइट हेभेनले रिलायन्सलाई २५-१७, एन्जल्स हार्टले सेबलाई ५६-४५ र गुरुकुलले बालकुञ्जलाई ३९-२९ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । हिमालयका अरुण कार्कीले १७, ह्वाइट हेभेनका निरज थापाले ८, एन्जल्स हार्टका मुकेश पुनले ३२ र गुरुकुलका आदर्श तामाङले १९ स्कोर गरे ।
