फाल्गुन १७, २०८२ आइतबार | १२:०१:३७
भारत र वेस्ट इण्डिज सेमिफाइनल प्रवेशका लागि खेल्दै यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य भारत र वेस्ट इण्डिज सेमिफाइनल प्रवेशका लागि खेल्दै यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य

भारत र वेस्ट इण्डिज सेमिफाइनल प्रवेशका लागि खेल्दै

काठमाडौं । घरेलु भुमिमा भइरहेको ट्वान्टी २० विश्वकपमा आज(आइतबार) सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने खेलमा भारत र वेस्ट इण्डिज खेल्दैछन् ।

दुईबीचको यस खेललाई अघोषित क्वाटरफाइनलको रुपमा समेत हेरिएको छ । भारत र वेस्ट इण्डिजबीचको खेल कोलकाताको इडन गार्डेनमा बेलुका ७ः१५ मा हुदैछ । भारत र वेस्ट इण्डिजबीचको यस खेल पश्चात सेमिफाइनल समिकरण पूरा हुनेछ । यस समूहबाट दक्षिण अफ्रिका तथा समूह २ बाट इङ्ल्याण्ड र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

सन् २०१६ मा यसै रंगशालामा इङ्ल्याण्डलाई पराजित गरि वेस्ट इण्डिज च्याम्पियन भएको थियो । च्याम्पियन भए यताका विश्वकपमा वेस्ट इण्डिजले सेमिफाइनलमा स्थान बनाउँन सकेको छैन । समूह चरणमा शतप्रतिशत जितका साथ सुपर ८ मा आएका दुवै टोली दक्षिण अफ्रिकासँग पराजित भएका छन् । दुवै टोलीले जिम्बावेलाई भने सहज रुपमा पराजित गरेका थिए ।

आज नै सुपर ८ को अर्को खेल हुदैछ । समूह १ बाट सेमिफाइनलमा स्थान बनाइसकेको दक्षिण अफ्रिकाले प्रतियोगिताबाट बाहिरिसकेको जिम्बावेको सामना गर्दैछ । दक्षिण अफ्रिका र जिम्बावेबीचको खेल दिल्लीमा रहेको अरुण जेट्ली क्रिकेट रंगशालामा दिउँसो ३ः१५ मा हुदैछ ।

दक्षिण अफ्रिका यस विश्वकपमा अपराजित रहने एक मात्र टोली हो । आइतबारको खेलमा जिम्बावेलाई पराजित गरि दक्षिण अफ्रिका सेमिफाइनल प्रवेश गर्न चाहन्छ । समूह चरणको खेलमा अस्ट्रेलिया तथा श्रीलंकालाई पराजित गरि सुपर ८ मा प्रवेश गरेको जिम्बावे यसअघिका दुवै खेलमा फराकिलो हार बेहोरेकोले सान्त्वना जितका साथ घर फर्कने लक्ष्यमा छ ।

शनिबार राती भएको खेलमा श्रीलंकालाई हराए पनि रन रेटमा पछि परेर पाकिस्तान घर फर्कदा न्युजिल्याण्डले सेमिफाइनलमा स्थान बनाएको थियो । पाकिस्तानले सेमिफाइनलमा स्थान नबनाएसँगै अब बाँकी विश्वकपका सबै खेल भारतमा हुनेछ । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||