मंसिर ६, २०८१ बिहीबार | १५:३८:५७
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग
शनिबारको दिन अनिल अधिकारी

फुटबल र जागिरबाट रिटायर्ड अनिलको कहानी

काठमाडौं । छोरी अर्पितालाई बुवा अनिल अधिकारीसँग एकदमै ठूलो गुनासो थियो । गुनासो के थियो भने, उनी आफ्नो बुवासँग बढीभन्दा बढी समय बिताउन चाहन्थिन् । बढीभन्दा बढी सामीप्य चाहन्थिन् । तर, बुवा परे फुटबल खेलाडी, त्यसमाथि प्रहरी । घरपरिवारका लागि त समय नै छैन ।

माया त हुँदो हो । तर, बुवाका लागि जिम्मेवारी, परिवारको मायाभन्दा बढी भयो । अर्थात् उनी फुटबल र सुरक्षाकर्ममा बढी समर्पित रहे । जसका कारण परिवारको उनीप्रति गुनासो सधैं रहिरह्यो ।

अहिले अनिलको लामो प्रहरी जागिरे जीवनमा पूर्णविराम लागिसकेको छ । खेलाडीका रूपमा २०६३ सालमै उनले फुटबल बुट थन्क्याएका थिए । अब प्रहरीको रूपमा ‘सत्य, सेवा, सुरक्षणम्’ को जिम्मेवारी पनि उनले बिसाएका छन् । एक महिनाभन्दा बढी भइसक्यो अनिलले ड्याम बुट नलगाएको ।

२०८० चैत १५ गते बिहीबार । टेकुस्थित काठमाडौं प्रहरी परिसरमा ५४ वर्षीय अनिल अधिकारीका लागि त्यो जिम्मेवारीमा समर्पित हुने अन्तिम अवसर थियो । किनभने उनको परिचय फेरिँदै थियो, भोलिबाट उनी अवकाशप्राप्त प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँदै थिए ।

बुवाले जिम्मेवारी बिसाइसकेपछि अचेल अर्पिता निकै खुसी छिन् । ‘अब बुवासँग खेल्ने, रमाउने समय पाउँछु’ भनेर उनी खुसी भएकी होइनन् । अहिले अर्पिता ठूली भइसकेकी छन् । उनी त खासमा बुवाले हिजोका दिनमा समय नदिएकामा पो खुसी भएकी हुन् ।

भन्छिन्, ‘हिजो बुवाले मलाई समय दिनुभएको भए, आज बुवाको यो दिन देख्न नपाइने रहेछ । बुवाले फुटबल बुट र पुलिसको युनिफर्म लगाउन छोडेपछि अहिले बल्ल उहाँले यो देशका लागि, फुटबलका लागि र समाजको सुरक्षाका लागि कति योगदान गर्नुभएको रहेछ भन्ने मैले थाहा पाएँ ।’

बिदाई कार्यक्रममा  छोरी अर्पिता र श्रीमती प्रतिष्ठाका साथ अनिल अधिकारी

२०८० चैत १५ गते बिहीबार । टेकुस्थित काठमाडौं प्रहरी परिसरमा ५४ वर्षीय अनिल अधिकारीका लागि त्यो जिम्मेवारीमा समर्पित हुने अन्तिम अवसर थियो । किनभने उनको परिचय फेरिँदै थियो, भोलिबाट उनी अवकाशप्राप्त प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँदै थिए । तर, उनलाई ‘आज मेरो अन्तिम दिन हो’ भन्ने कत्ति पनि लागेन । त्यसदिन पनि कामबाहेक बाँकी कुरा सोच्नै भ्याएनन् ।

प्रहरीको युनिफर्म लगाएर समाजको सुरक्षामा समर्पित भएर २९ वर्ष बिताएका अनिलले बनाएको परिचय पनि यही नै हो, उनले जिम्मेवारीबाहेक अन्य कुरालाई पहिलो प्राथमिकतामा कहिल्यै राखेनन् ।

व्यावसायिक करिअरमा आफूमाथि कहिल्यै प्रश्न उठ्न नदिएका अनिलले २०५१ सालमा प्रहरी सहायक निरीक्षक (असई)बाट सेवा सुरु गरेका थिए । ०६५ सालसम्म फुटबलमा सक्रिय रहेका उनी सोही वर्ष मिसनका लागि सुडान गए । त्यहाँ उनले साढे १४ महिना बिताए । त्यसपछि अञ्चल प्रहरी कार्यलयमा दरबन्दी तोकिएका कारण दुई वर्ष काभ्रेमा काम गरे अनि ०६८ सालमा सरुवा भएर काठमाडौं फर्किए । २०७० सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर) भएका उनी २०७८ मा डिएसपीमा बढुवा भएका थिए ।

‘इमान्दारीको फल पाएजस्तो महसुस भयो । सबैको माया पाउँदा एकदमै खुसी लाग्यो । सबै सिनियर सरहरूले पनि तिमी यसको हकदार हौं, तिमीबाहेक अरूलाई यसरी विदाइ गरेको भए प्रश्न उठ्थ्यो भनेर भन्नुभएको थियो,’ विदाइ हुँदाको दिन सम्झँदै अनिल भावुक भए ।

प्रहरी परिसरले साँझ कार्यालय परिसरमा आफ्नो विदाइका लागि विशेष कार्यक्रमको आयोजना गरेको छ भन्ने कुरामा अनिल जानकार थिए । तर, यसरी भव्य रूपमा विदाइ पाइन्छ भन्ने कुराचाहिँ उनले सोचेकै थिएनन् ।

साँझ ६ बजे ड्युटी सकिएपछि उनी बिदाइ कार्यक्रममा प्रस्तुत भए । जानेबित्तिकै उनले श्रीमती र छोरीलाई देखे अनि थाहा पाए, केही विशेष हुँदै छ । किनभने उनले आफ्नो विदाइवारे परिवारलाई खबर नै गरेका थिएनन् । करिब २ घण्टा चलेको औपचारिक र अनौपचारिक कार्यक्रमको अन्त्यमा गोलपोस्टसहितको मैदान आकारको केक पनि काटियो ।

जिल्ला प्रहरी परिसरमा फुटबल मैदान आकारको केकका साथ अनिल अधिकारीको बिदाई

रातो टीका, भरिभराउ खादा र सयपत्री मालामा अनिल बिदा भए । परिसरबाट बाहिर निस्कँदासम्म त उनको आधा अनुहार खादा र मालाले छोपिइसकेको थियो । विदाइ यत्तिमै सकिएन । अब पालो थियो, नगर परिक्रमाको ।

अगाडि बाजागाजाको टोली अनि पछाडि गाडी । गाडीमा उभिरहेका थिए अनिल । श्रीमती र छोरी भने भित्र । परिसरका प्रहरी र मातहतमा रहेका सिनियर अधिकृतहरूको १५-२० जनाको टोली नगरपरिक्रमामा सहभागी थिए । अनिलको सम्मानमा र्याली टेकु, त्रिपुरेश्वर, थापाथली, माइतीघर, सिंहदरबार, भद्रकाली, सुन्धारा, जमल, दरबारमार्ग, ठमेल हुँदै क्षेत्रपाटीस्थित अधिकारी निवासमा आइपुगेको थियो ।

‘इमान्दारीको फल पाएजस्तो महसुस भयो । सबैको माया पाउँदा एकदमै खुसी लाग्यो । सबै सिनियर सरहरूले पनि तिमी यसको हकदार हौं, तिमीबाहेक अरूलाई यसरी विदाइ गरेको भए प्रश्न उठ्थ्यो भनेर भन्नुभएको थियो,’ विदाइ हुँदाको दिन सम्झँदै अनिल भावुक भए ।

एनआरटीको खेल भयो भने न्युरोडका सटरहरू सबै बन्द हुने र आरसिटी मैदानमा उत्रिँदा असनका पसलहरू बन्द हुने समय थियो त्यो । बुढापाकाहरू प्यारापिटमा बसेर खेलाडीहरूलाई गाली गर्ने समय थियो, त्यो । हो, यही संस्कारले अनिललाई पनि लोभ्यायो । थाहै नपाइकन उनी फुटबलतिर तानिए ।

नगरपरिक्रमामा सबैको माया र सम्मान बटुलिरहँदा अनिलको मनमा एउटा कुरा भने खेलिरहेको थियो, ‘आमा पनि सँगै भइदिएको भए ।’

‘मैले त्यो दिन आमालाई एकदमै धेरै मिस गरिरहेको थिएँ । यसरी बिदा हुन्छु भन्ने कुरा थाहा नै थिएन । कार्यालयमा खाना खाने कार्यक्रम मात्र थियो । पहिल्यै नै थाहा पाएको भए, आमालाई पनि बोलाउँथें,’ अनिल थक्थकाए ।

घर पुग्नेबित्तिकै अनिलले सबैभन्दा पहिला आमालाई ढोगे । सेवानिवृत्त जीवनका लागि आशीर्वाद लिए । छोरालाई यसरी तामझामसाथ आएको देखेपछि ८० वर्षीय आमाको मन पनि कसरी थामियोस् !

आमाले त्यतिबेला भक्कानिँदै भनेका शब्दहरूले अनिललाई भावुक बनाइरहन्छ । ‘सबैले मेरो छोरालाई कत्ति राम्रो भने । अझै प्रगति होस् तेरो । आँटेको सबै पूरा होस्,’ आमाले खुसीको आँसु झार्दै भन्नुभएको थियो, ‘तेरो बुवाको पेन्सन खान नपाए पनि अब छोराको भने खान पाउने भएँ ।’

तस्वीर सौजन्यः अनिल अधिकारी

अनिल २८ वर्षको हुँदा उनको परिवारले हृदयघातका कारण बुवालाई गुमाएको थियो । परिवारका दोस्रो सन्तान उनका एक दिदी, भाइ र बहिनी छन् । भाइको काठमाडौंमै पसल छ भने दिदीबहिनी दुवै अमेरिकामा । छोरा अर्पन पनि गत वर्ष मात्र पढाईका लागि अमेरिका हानिएका थिए ।

कान्छी बहिनी अन्जु पौडेल पनि पूर्व राष्ट्रिय टेबलटेनिस खेलाडी हुन् । त्यसदिन दिदीबहिनीले पनि दाइलाई बधाई दिन अमेरिकाबाट फोन गरेका थिए । टेलिफोन संवादमा पनि सबैको आँखाबाट खुसीको आँसु बगेका थिए ।

अनिल बयान गर्नै नसकिने फुटबल संस्कार रहेको काठमाडौंको मुटुमा जन्मे, हुर्के । त्यो त्यही समय थियो, जतिबेला नेपाली राष्ट्रिय फुटबल टोलीमा काठमाडौंका खेलाडीहरूको वर्चस्व रहने गर्थ्याे । नेपाली फुटबलमा अहिलेसम्म पनि चर्चाको विषय बन्ने टुकुचावारि र टुकुचापारिबीचको प्रतिद्वन्द्वी यही बेला को त हो ।

यो त भयो क्लब-क्लबबीचको द्वन्द्वमात्र । अनिलले यसबाहेक सामाजिक पहिचानको द्वन्द्व पनि झेले । काठमाडौंको एकदमै पुरानो परिवारका छोरा अनिल नेवारमात्रको बसोबास रहेको ठाउँमा हुर्किएका थिए । त्यसकारण अधिकारी थर भए पनि खासमा उनी नेवार नै थिए । हुन् ।

टुकुचावारिको प्रतिनिधित्व असनको अन्नपूर्ण आरसिटी क्लबले गथ्र्यो भने पारिपट्टि थिए, महावीर र अन्य पुराना क्लब ।

एनआरटीको खेल भयो भने न्युरोडका सटरहरू सबै बन्द हुने र आरसिटी मैदानमा उत्रिँदा असनका पसलहरू बन्द हुने समय थियो त्यो । बुढापाकाहरू प्यारापिटमा बसेर खेलाडीहरूलाई गाली गर्ने समय थियो, त्यो । हो, यही संस्कारले अनिललाई पनि लोभ्यायो । थाहै नपाइकन उनी फुटबलतिर तानिए ।

तस्वीर सौजन्यः अनिल अधिकारी

ओमबहाल घर भएका अनिलले विद्यालयबाटै फुटबल खेल्न थालेका थिए । लैनचौरमा रहेको शान्ति विद्यागृहमा समय पाउनेबित्तिकै फुटबल हान्ने लत त्यो बेला काठमाडौंका सबै बालकहरूमा थियो । पछि टुँडिखेल उनको दैनिक गन्तव्य बन्न थाल्यो ।

बुवा जनकपुर चुरोट कारखानामा काम गर्ने भएकाले अनिल बिदाको समय जनकपुर पुगिरहन्थे । एसएलसी पास हुँदासम्म फुटबलमा सक्रिय भइसकेका अनिलले जनकपुर चुरोट कारखानाबाट पनि खेल्ने अवसर पाए । व्यावसायिक फुटबल करिअर उनको यहीँबाट सुरु भएको थियो । त्यसपछि रक्षक अनिल केही वर्ष एनआरटी र आरसिटीको जर्सीमा पनि देखिए ।

आरसिटीबाट खेल्दा आफैं टुकुचावारि र पारिको प्रतिद्वन्द्विताको सिकार बनेको उनले अझैसम्म बिर्सेका छैनन् । भन्छन्, ‘एकदमै ठूलो राइभलरी थियो । आरसिटीबाट खेल्न थालेपछि पारितिरका क्लबका मान्छे रिसाउँथे । बोल्न पनि अप्ठ्यारो मान्थे । ठूलै गल्ती गरे जस्तो गरी व्यवहार गर्थे । अहिले सम्झँदा त्यस्ता पनि दिन थिए जस्तो लाग्छ ।’

झगडा हुँदै गर्दा मैले म काठमाडौंकै बासिन्दा हुँ, मैले चाहे तिम्रो घर आएर नै हात हाल्न सक्छु भनेर भनेको थिएँ,’ अनिलले फुटबलमा काठमाडौंको दादागिरी चल्ने दिनहरू सम्झिए,’ पछि उनीहरूको घर पनि गएको थिएँ । त्यतिबेला तिमी त टोलको भाइ पो रहेछौ भनेर भने ।’

यो त भयो क्लब-क्लबबीचको द्वन्द्वमात्र । अनिलले यसबाहेक सामाजिक पहिचानको द्वन्द्व पनि झेले । काठमाडौंको एकदमै पुरानो परिवारका छोरा अनिल नेवारमात्रको बसोबास रहेको ठाउँमा हुर्किएका थिए । त्यसकारण अधिकारी थर भए पनि खासमा उनी नेवार नै थिए । हुन् ।

अहिले पनि नेपाल भाषा (नेवारी) बोल्न उनलाई अलिकति पनि अप्ठ्यारो छैन । धर्मप्रति निकै आस्था राख्ने उनी जन्मदिन तिथिअनुसार मनाउँछन् । तर, उनलाई मान्छेहरूले अधिकारी थर भएकै कारण बाहिरी जिल्लाको खेलाडी भनेर भन्थे । त्यसमाथि जनकपुरबाट करियर सुरु गरेपछि त उनको परिचय बेग्लै हुनु पनि स्वाभाविक नै देखियो ।

घटना वीरगन्जको हो । ठ्याक्कै कति सालको हो अनिललाई पनि याद छैन । अमात्य गोल्डकप चलिरहेको थियो । आरसिटी सहभागी नहुने भएपछि उनी थ्री स्टारबाट खेल्न वीरगन्ज पुगेका थिए ।

विपक्षी टिम थियो, मनाङ मर्स्याङ्दी क्लब । एकाएक मैदानमै खेलाडीहरूबीच झगडा सुरु भयो । बिस्तारै हात हालाहालको स्थिति सिर्जना भयो । झगडामा अनिल पनि मिसिए । खासमा उनी झगडा मिलाउन हुलमा गएका थिए, पछि काठमाडौंका खेलाडी भनेर नचिनिएकै कारण हात खाएर फर्किए ।

मनाङका खेलाडीहरू भन्थे, ‘तँ बाहिरको मान्छे के गर्न गर्न सक्छस् ?’ मनाङमा त्यतिबेलाका स्टार खेलाडी थिए, स्व. मणि शाह । मणिलाई थाहा थियो, अनिल काठमाडौंकै टोले हो भन्ने । तर, उनले बोलेको कसले सुन्ने । त्यो पनि मनाङ र थ्री स्टारबीच माहोल तातेको खेलमा ।

‘झगडा हुँदै गर्दा मैले म काठमाडौंकै बासिन्दा हुँ, मैले चाहे तिम्रो घर आएर नै हात हाल्न सक्छु भनेर भनेको थिएँ,’ अनिलले फुटबलमा काठमाडौंको दादागिरी चल्ने दिनहरू सम्झिए,’ पछि उनीहरूको घर पनि गएको थिएँ । त्यतिबेला तिमी त टोलको भाइ पो रहेछौ भनेर भने ।’

आरसिटीपछि असईमा नाम निकाल्दै उनी पुलिसको स्थायी खेलाडी बने अनि ३ वर्षको अन्तरालमा पुलिसजस्तो महारथी टिमको कप्तान नै भए ।

‘खुल्ला प्रतिस्पर्धाबाटै छानिएर प्रहरीमा आबद्ध भएको हुँ । उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेकाले यो केटा खेल्छ भनेर सबैलाई थाहा थियो । फेरि प्रशिक्षण परीक्षामा पनि पास भइहालें अनि सिनियर टोलीमा परिहालें । ५४ सालमा क्लबले मलाई कप्तानी जिम्मेवारी दिएको थियो,’ अनिल सुनाउँछन् ।

अनिलले २०६३ सम्म पुलिसको नेतृत्व सम्हाले । आफ्नो नेतृत्वमा उनले जित्न बाँकी केही छाडेनन् । वार्षिक ८-१० वटा नकआउट प्रतियोगिताहरू हुन्थे । अधिकांश पुलिसले जित्थ्यो । फाट्टफुट्ट दाबेदारी मनाङ र थ्री स्टारले प्रस्तुत गर्र्थे ।

एउटा समय थियो, रंगशालामा विभागीय टोलीका खेलाडीहरूमा एक किसिमको दादागिरी चल्थ्यो । सुपेरियोरिटी कम्प्लेक्स चल्थ्यो । तर, अनिलमा त्यस्तो कहिल्यै पनि देखिएन । उनी एकदम शान्त स्वभावका छन्, त्यतिबेला मैदानमा पनि सबैसँग हाँसेर बोल्थे । जसलाई पनि सम्मान गर्थे ।

क्याराभान गोल्डकप, बर्थडे कप, आहा गोल्डकप, खुकुरी कप, बुढासुब्बा गोल्डकप सबैमा पुलिसको एकछत्र राज हुन्थ्यो । त्यसैले पुलिसलाई त्यतिबेला नकआउट किङ पनि भन्ने गरिन्थ्यो । लिगचाहिँ नजित्ने अनि नकआउट प्रतियोगिताचाहिँ जता गए पनि जित्ने भएकाले पनि पुलिसले त्यस्तो ट्याग पाएको थियो । यसैबीच पुलिसले ४९ खेलको अपराजित यात्राको कीर्तिमानसमेत बनाएको थियो । जुन नेपाली फुटबलमा अहिलेसम्म कसैले तोड्न सकेको छैन ।

पुलिस त्यतिबेला स्टारहरूले भरिएको थियो । अनिलले देवनारायण चौधरी, हरि खड्का, रमेश बुढाथोकी, राकेश श्रेष्ठ, अनन्त थापा, दीपक पौडेल, दीपेन्द्र पौडेलजस्ता स्टार नामहरूलाई मैदानभित्र नेतृत्व गरे । घरेलु फुटबलमा राकेश र अनिलको जोडीको अहिले पनि उत्तिकै कुरा हुन्छ । फेरि मिडफिल्डमा ज्ञानु शेरचन र देवनारायण अनि अगाडि हरि र रमेशको जोडी, पुलिस साँच्चै हेर्नलायक टिम थियो ।

‘त्यो समयमा राकेश र मलाई कसैले बिट गर्न सकेनन् । एयर बलमा म बिट भइहालें भने पनि राकेशले बललाई नियन्त्रणमा लिन्थ्यो । ऊ बिट हुँदा मैले सम्हाल्थें । खेल सकिएपछि सबैबाट प्रशंसा बटुल्थ्यौं,’ अनिलले मैदानमा प्रस्तुत गरेको मिहिनेत सम्झिएँ, ‘सबै खेलाडी विभागको प्रतिष्ठाका लागि खेल्थे । खेल जितेर के पाइन्छ भन्ने स्वार्थ कोहीमा थिएन । त्यसैले हामीले उपाधिहरू जित्न सकेका हौं । हामी जितका लागि ज्यान दिएर खेल्थ्यौं ।’

यही सेरोफेरोमा अनिल बुवाले भनेका कुराहरू सम्झन्छन्, ‘निधन हुनुअघि बुवा मेरो खेल हेर्न रंगशाला आउनुहुन्थ्यो । रक्षक भएकै कारण मैदानमा अरू खेलाडीभन्दा धेरै लड्नुपर्थ्यो । यो देखेर बुवाले एकदिन मलाई भन्नुभएको थियो, खेल त राम्रो थियो, तिमी लडिरहँदा नमज्जा हुँदोरहेछ ।’

तात्कालिन राजकुमार दीपेन्द्र वीर विक्रम शाहबाट पुरस्कार ग्रहण गर्दै अनिल अधिकारी,  तस्वीर सौजन्यः अनिल अधिकारी

पारिवारिक पृष्ठभूमिकै कारणले पनि होला अनिल टोलीमा एउटा उदाहरण थिए । उदाहरण सरल र सज्जन मान्छेको थियो । उनले कहिल्यै कसैसँग ठूलो स्वरमा बोल्न जानेनन् । सिनियर र जुनियर सबै खेलाडीलाई समान व्यवहार गरे ।

एउटा समय थियो, रंगशालामा विभागीय टोलीका खेलाडीहरूमा एक किसिमको दादागिरी चल्थ्यो । सुपेरियोरिटी कम्प्लेक्स चल्थ्यो । तर, अनिलमा त्यस्तो कहिल्यै पनि देखिएन । उनी एकदम शान्त स्वभावका छन्, त्यतिबेला मैदानमा पनि सबैसँग हाँसेर बोल्थे । जसलाई पनि सम्मान गर्थे ।

अनिलले कप्तानको हैसियतमा ०६६ सालमा पुलिसलाई सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि पनि जिताए । उसै पनि अनिल करिअरको अन्त्यतिर थिए । त्यहीबीच उनी घाइते भए । करियरको अन्तिम वर्षहरूमा उनलाई घुँडाको चोटले सताइरहेको थियो । लिग सकिएपछि उनले घुँडाको शल्यक्रिया गरे । पछि डाक्टरको सल्लाहअनुसार उनले खेलाडी करियरमा पूर्णविराम लगाए ।

उनी यति शान्त र अनुशासित खेलाडी थिए कि दुई दशकभन्दा लामो करियरमा उनले एकपटक मात्र रातो कार्ड सामना गर्नुपरेको थियो । ५५ सालको बर्थडे कपमा जावलाखेलविरुद्ध अन्तिम १६ को खेल थियो । सहकर्मी राजु पुलामीलाई विपक्षीले नराम्ररी ट्याकल गरेपछि अनिलले सहन सकेनन् । मज्जाले जंगिए । त्यतिमै कथा रोकिएन । अनिलले ती खेलाडीलाई हातै हाल्न भ्याए । त्यसपछि नेपाली फुटबलमा नियमको कडाइका साथ पालना गर्ने रेफ्री ज्ञानुराजा श्रेष्ठले अनिललाई सोझै रातो कार्ड देखाएका थिए ।

खेलको नतिजा अन्त्यमा पुलिसकै पक्षमा गयो । तर, अनिलले त्यतिबेला विभागबाट निकै गाली खाएका थिए । जसका कारण अनिलले चार दिनसम्म शिर निहुराएर हिँडेका थिए ।

‘त्यो घटनापछि मैले सरहरूलाई मुख नै देखाउन सकिनँ । महाराजगन्जमा प्रशिक्षण हुँदा पनि सरहरूले नदेखोस् भनेर पछाडिको गेटबाट जान्थें । पछि सेमिफाइनल जितेपछि बल्ल मन आनन्द भएको थियो,’ उनले सम्झिए ।

सान मिगेल सहिद स्मारक ‘ए’ डिभिजन लिग २०६३ जित्दा,  तस्वीर सौजन्यः अनिल अधिकारी

अनिलले कप्तानको हैसियतमा ०६६ सालमा पुलिसलाई सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि पनि जिताए । उसै पनि अनिल करिअरको अन्त्यतिर थिए । त्यहीबीच उनी घाइते भए । करियरको अन्तिम वर्षहरूमा उनलाई घुँडाको चोटले सताइरहेको थियो । लिग सकिएपछि उनले घुँडाको शल्यक्रिया गरे । पछि डाक्टरको सल्लाहअनुसार उनले खेलाडी करियरमा पूर्णविराम लगाए ।

‘घुँडाको चोट नभएको भए अझैं दुई वर्ष जति खेल्न सक्थें जस्तो लाग्छ । तर, एकातिर चोटले सताइरहेको थियो । अर्कोतिर जुनियर भाइहरूलाई स्थान दिनुपर्छ भन्ने सोचका साथ मैले संन्यास लिएँ,’ अनिलले बताए ।

घरमा यत्तिकै बस्न कसलाई पो मन हुँदो हो । अनिलले पनि ढिलोचाँडो नयाँ सुरुआतका बारेमा सोच्ने छन् नै । उनी आफैंले भनेका थिए, ‘अहिले तत्कालका लागि त सोचेको छैन । पहिले जस्तो परिवारलाई मुख नै देखाउन नसक्ने गरी काम गर्दिनँ । गरें भने पनि १०-५ जब गर्छु होला ।’

संन्यासपछि अनिलले दुई वर्ष पुलिसको सिनियर टोली सम्हाले, त्यसपछि युनिफर्म लगाएर समाज सुरक्षामा लागे ।

अन्तर्राष्ट्रिय फुटबलको कुरा गर्ने हो भने सन् २००० देखि २००७ सम्म उनी राष्ट्रिय टोलीमा ‘इन-आउट’ भइरहे । उनको अन्तर्राष्ट्रिय ‘डेब्यु’ भने एसिया विश्वकप छनोट २००२ को पहिलो चरणमा इराकविरुद्ध भएको थियो । प्रशिक्षक महेश्वर मुल्मीको नेतृत्वमा उनले नरोत्तम गौतमलाई ३९औं मिनेटमा प्रतिस्थापन गरेका थिए । तर, उनको ‘डेब्यू’ सम्झनलायक रहेन । नेपालले उक्त खेलमा ९-१ को फराकिलो हार बेहोरेको थियो ।

घरपरिवारको माया त्यागेर आफ्नो जीवननै फुटबल र देशको सेवामा समर्पित गरेका अनिल अहिले ‘रिटायर्ड लाइफ’ बिताइरहेका छन् । अहिले उनीसँग परिवारलाई दिनका लागि प्रशस्त समय छ । ती त्यस्ता दिन थिए, जहाँ उनको परिवार चाडपर्व, भोजहरूमा रमिरहेका बेला उनी काम गरिरहेका हुन्थे । उनले घरपरिवारको आग्रहलाई चाहेर पनि हवस् ! भन्न सकेनन् ।

तस्वीर सौजन्यः अनिल अधिकारी

‘काठमाडौं पुलिसले गरेको कामले देशभरि सन्देश जान्छ । यहाँ अधिकांश विदेशी कार्यक्रमहरू भइरहेका हुन्छन् । त्यसैले जिम्मेवारी बढी हुन्छ । घरको विभिन्न समारोहमा जान नपाउँदा खिन्न त भइन्छ, तर सोचेजस्तो कहाँ हुन्छ र,’ अनिल सुनाउँछन्, ‘मैले समय नै नदिएको भने होइन । म अबेर भए पनि घर फर्कन्थें । पुलिसका लागि काठमाडौंमा बसेर घरमा खाना खान पाउनु भनेको सौभाग्यको कुरा हो ।’

जेहोस् अनिलसँग अहिले विगतका दिनमा परिवारलाई दिन नसकेको समयको कमी छैन । दिनचर्या फेरिएको छ । शरीरलाई फिट राख्न दिनदिनै बिहान हिँड्न निस्कन्छन् । यसबाहेक अचेल उनी बेलाबेलामा सातदोबाटो पनि जाने गरेका छन् । भर्खरै मात्र उनले फुटबलको नियामक निकाय ‘एन्फा’मा ‘सी’ डिभिजन क्लबका प्रतिनिधिलाई इन्टिग्रिटीको क्लास पनि लिएका थिए ।

घरमा यत्तिकै बस्न कसलाई पो मन हुँदो हो । अनिलले पनि ढिलोचाँडो नयाँ सुरुआतका बारेमा सोच्ने छन् नै । उनी आफैंले भनेका थिए, ‘अहिले तत्कालका लागि त सोचेको छैन । पहिले जस्तो परिवारलाई मुख नै देखाउन नसक्ने गरी काम गर्दिनँ । गरें भने पनि १०-५ जब गर्छु होला ।’