मंसिर ३, २०८२ बुधबार | १०:१८:३८
एकतर्फी जित निकाल्दै बेल्जियम फिफा विश्वकपमा छनोट स्पेन लगातार १३औं पटक फिफा विश्वकपमा एनपिएलः दबाबमा सुदूरपश्चिम, काठमाडौंलाई राहत एसियन कप छनोटः नेपालको लगातार पाँचौं हार लालीगुराँसलाई प्रेसिडेन्ट लिगको उपाधि कीर्तिमानी प्रदर्शनका साथ पोखरामाथि विराटनगरले हासिल गर्यो ५३ रनको रवाफिलो जित विशाल लक्ष्य पछ्याइरहेको पोखराको सानदार सुरुआत पोखराविरुद्ध लोकेशको पनि अर्धशतक पूरा गप्टिलको अर्धशतक, विराटनगर बलियो लक्ष्यतर्फ अग्रसर पावरप्लेमा विराटनगरले जोड्यो ५५ रन एकतर्फी जित निकाल्दै बेल्जियम फिफा विश्वकपमा छनोट स्पेन लगातार १३औं पटक फिफा विश्वकपमा एनपिएलः दबाबमा सुदूरपश्चिम, काठमाडौंलाई राहत एसियन कप छनोटः नेपालको लगातार पाँचौं हार लालीगुराँसलाई प्रेसिडेन्ट लिगको उपाधि कीर्तिमानी प्रदर्शनका साथ पोखरामाथि विराटनगरले हासिल गर्यो ५३ रनको रवाफिलो जित विशाल लक्ष्य पछ्याइरहेको पोखराको सानदार सुरुआत पोखराविरुद्ध लोकेशको पनि अर्धशतक पूरा गप्टिलको अर्धशतक, विराटनगर बलियो लक्ष्यतर्फ अग्रसर पावरप्लेमा विराटनगरले जोड्यो ५५ रन
शनिबारको दिन

सुदूरपश्चिमका हेर्नलायक खेलाडीः बलियो योगफलका नायक जैब ब्रेक थ्रु दिलाउन पनि माहिर

काठमाडौं । इङ्लिस अलराउन्डर सेफ जैब जनकपुरविरुद्धको फाइनलमा सुदूरपश्चिमका हेर्नलायक खेलाडी हुन् । नेपाली खेलाडी विनोद भण्डारीका ओपनिङ पार्टनर हुन् जैब ।

जैब र विनोदको जोडी एनपिएलकै सबैभन्दा बलियो ओपनिङ जोडीमध्ये एक हो । जैबले विनोदसँग मिलेर सुदूरपश्चिमलाई राम्रो सुरुआत दिँदै आएका छन् । एनपिएलमा जैबले एक अर्धशतकसँगै २०६ रन जोडेका छन् ।

जनकपुरविरुद्ध पछिल्ला दुई खेलमा जैबले ५३ रन जोडेका छन् । बुधबार भएको पहिलो क्वालिफायरमा जैबले पहिलो विकेटको लागि विनोदसँग ५८ रनको साझेदारी गरेका थिए । जसमा जैबको ३२ रनको योगदान रह्यो । लिग चरणको खेलमा जैबले जनकपुरविरुद्ध २१ रन जोडेका थिए ।

काठमाडौंविरुद्ध ब्याटिङ गर्दै जैब  ।

जैबको नाममा एक अर्धशतक छ । जैबले लुम्बिनीविरुद्ध ९० रनको इनिङ खेलेका थिए । यही खेलमा उनले तीन विकेट पनि लिएका थिए । उनले ११ खेलाडीलाई पेभिलियनको बाटो देखाइसकेका छन् । क्वालिफायर्समा जनकपुरका दुई खेलाडी उनको स्पिन बलिङको शिकार बनेका थिए । ती खेलाडी थिए ओपनर तथा कप्तान आसिफ शेख र चौथो नम्बरका ब्याटर हर्ष ठाकर । आसिफ लगातार दोस्रो पटक जैबबाट बोल्ड भएका थिए । लिग चरणको खेलमा आसिफ खाता नै खोल्न नपाई पेभिलियन फर्किएका थिए ।

उनले टोलीलाई महत्वपूर्ण ब्रेक थ्रु दिलाइ रहेका छन् । क्वालिफायरअघि लिग चरणका खेलमा उनले पोखराका ओपनर आन्द्रेस गोउस, कर्णालीका चाडविक वाल्टन र चितवनका विपीन रावलको विकेट लिँदै टोलीलाई ब्रेक थ्रु दिलाएका थिए । गोउस र वाल्टन पोखरा र कर्णालीका प्रमुख खेलाडी हुन् । त्यस्तै तेस्रो नम्बरका ब्याटर विपीनले पेभिलियन फर्किनुअघि ओपनर हसन इसाखिलसँग मिलेर अर्धशतकीय साझेदारी गरेका थिए ।

शनिबार फाइनलमा पनि सुदूरपश्चिमलाई उनीबाट यस्तै निर्णायक प्रदर्शनको आशा रहनेछ । 

जैब र विनोद भण्डारी ।