आश्विन ३, २०८१ बिहीबार | ०७:०२:१३
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने
शनिबारको दिन विवेक पौडेल

राष्ट्रिय टोलीबाट खेल्ने विवेकको सपना

काठमाडौं । अघिल्लो वर्ष राष्ट्रिय टोलीका स्टारदेखि राष्ट्रियस्तरका पाँच दर्जन बढी फुटबलरले अस्ट्रेलियाको बाटो तताए । त्यसमा राष्ट्रिय टोलीका खम्बाहरू तेज तामाङ, पुजन उपरकोटीलगायतको नाम सामेल रह्यो ।

स्थापित स्टार खेलाडीहरू विदेसिँदा नेपाली फुटबल कति खल्लो भयो भन्ने कुरा हालै सम्पन्न नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा प्रस्टियो । उपाधि विजेतादेखि सबै प्रतिस्पर्धी टिमले नेपाली स्टार खेलाडी नहुँदा विदेशी खेलाडीमा धेरै भर गरे ।

विदेशी खेलाडीकै प्रदर्शन निर्णायक हुँदा ललितपुर सिटी एफसीले धनगढी एफसीलाई हराएर उपाधि जित्यो । फाइनल पुग्न धनगढीका लागि पनि विदेशी खेलाडीकै प्रेरणा मुख्य बन्यो । एकै पटक धेरै संख्यामा नेपाली खेलाडी विदेसिएका कारण एनएसएसमा एकै टोलीले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियम ल्याइएको थियो ।

प्रशिक्षक एनेसले हालसम्म पनि तेज, पुजन, दिनेश, सुनील बलजस्ता खेलाडीको स्थान लिने नयाँ खेलाडी पाएका छैनन् । तर, एनएसएल र सहिद स्मारक ‘ए’ डिभिजन लिगपछि तेजकै स्थान लिने गरी विवेक पौडेलले फुटबल पण्डितहरूको ध्यान तानेका छन् ।

त्यसअघि २०७९/०८० मा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पनि विदेशी खेलाडी कोटा बढाइएको थियो । तेज, पुजन, सुनील बल, दिनेश राजवंशी, विमल घर्तीमगर, आशिष लामा जस्ता प्रभावशाली खेलाडीले छाडेपछि राष्ट्रिय टोलीमा पनि निकै फेरबदल भयो । पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो अनुकूलका खेलाडी जसरी मैदानमा प्रयोग गरेका थिए । वर्तमान प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे एनेसले त्यो मौका नै पाएनन् ।

ललितपुर सिटी एपफसी

एक महिनाअघिसम्म राष्ट्रिय टोलीमा देखिएका खेलाडीले अर्काे खेल आइपुग्दासम्म पनि देशको प्रतिनिधित्व गर्ने गौरवशाली मौका पर्खेनन् । नेपाली फुटबलको वेथितिबाट आजित सय हाराहारीका खेलाडी सुन्दर भविष्य खोज्दै विदेश पलायन भए । तेज, दिनेश, विमल र आशिष एनएसएल खेल्नकै लागि मात्र अस्ट्रेलियाबाट नेपाल फर्किएका थिए ।

प्रशिक्षक एनेसले हालसम्म पनि तेज, पुजन, दिनेश, सुनील बलजस्ता खेलाडीको स्थान लिने नयाँ खेलाडी पाएका छैनन् । तर, एनएसएल र सहिद स्मारक ‘ए’ डिभिजन लिगपछि तेजकै स्थान लिने गरी विवेक पौडेलले फुटबल पण्डितहरूको ध्यान तानेका छन् ।

एनेसको ध्यान विवेकतर्फ छ वा छैन । तर, आम फुटबलप्रेमी र फुटबल विज्ञले विवेकलाई नेपाली फुटबल भविष्यको रूपमा व्याख्या गर्न थालेका छन् । ‘विवेक सॉच्चै राम्रा खेलाडी हुन् । टोलीका लागि सधैं महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका हुन्छन्,’ ललितपुर सिटीका अस्ट्रेलियन प्रशिक्षक इयान आन्द्रे गिलानले भन्छन्, ‘उनीसँगै धेरै युवा खेलाडीले एनएसएलमा राम्रो गरेका छन् । विवेक राष्ट्रिय टोलीका लागि राम्रो सम्भावना बोकेका खेलाडी हुन् ।’

आधुनिक फुटबलमा खेल भनेकै मिडफिल्डर वरिपरी घुम्छ । तर, गोल गर्दा जति स्ट्राइकर चर्चामा आउँछन् । जति गोल बेहोर्दा गोलकिपरको आलोचना हुन्छ । मिडफिल्डर भने त्यति विवाद वा चर्चामा आउँदैनन् । तेज, सेसेहाङ, सुनील र विवेकको हकमा पनि भएको त्यस्तै हो । 

दोस्रो प्रयासमा ललितपुर सिटी च्याम्पियन हुँदा मोरङ बेलवारीका २६ वर्षीय खेलाडीको प्रदर्शन लोभलाग्दो रह्यो । प्रतियोगिताका पहिलो चार खेलमा पूरा समय मैदानमा छाएका विवेक चोट र घरायसी कारणले गर्दा फाइनलसहित पछिल्ला ४ खेलमा भने अनुपस्थित रहे ।  

चर्च ब्वाइजबाट खेल्दै विवेक

प्रतियोगितामा खेलेका सातमध्ये चार खेल पूरा समय मैदानमा बिताउँदा मध्यभागमा उनी छाएका थिए । ललितपुरको मिडफिल्ड विवेककै नियन्त्रणमा हुन्थ्यो । विवेकलाई राष्ट्रिय टोलीका सदस्य सेसेहाङ आङदेम्बेको साथ पनि उस्तै बलियो रह्यो । दुई खेलाडीले मध्यभागमा सानदार प्रदर्शन गरेर फरवार्डलाई सहज बनाइदिएका थिए ।

‘अरूले धेरै आस गरेको र आफूमा पनि अवसर यही हो भन्ने लाग्यो । त्यसैले पनि प्रतियोगिता राम्रो भयो । अनन्त दाइ (कप्तान अनन्त तामाङ) सहित सिनियर दाइहरूले मानसिक रूपमा बलियो बनाउनुभयो, जसले गर्दा सहज भयो,’ विवेक भन्छन् ।

आधुनिक फुटबलमा खेल भनेकै मिडफिल्डर वरिपरी घुम्छ । तर, गोल गर्दा जति स्ट्राइकर चर्चामा आउँछन् । जति गोल बेहोर्दा गोलकिपरको आलोचना हुन्छ । मिडफिल्डर भने त्यति विवाद वा चर्चामा आउँदैनन् । तेज, सेसेहाङ, सुनील र विवेकको हकमा पनि भएको त्यस्तै हो ।  

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडले ‘डेब्यु’ उपाधि जित्दाका मुख्य खेलाडी विवेक पनि हुन् । लिगमा उनले २६ मध्ये २२ खेल खेलेका थिए । १४ सय मिनेटभन्दा माथि मैदानमा बिताउँदा उनको नाममा गोल भने रहेन । तर, एनएसएलमा एफसी चितवनविरुद्ध गोल गरेपछि भने विवेकको चर्चा निकै चुलियो ।

विवेकले सहिद स्मारक ‘ए’डिभिजन लिग दोस्रो पटक खेलेका हुन् । ०७५ सालमा विना रेलिगेसनको लिग हुँदा उनी हिमालयन शेर्पा क्लबको जर्सीमा देखिएका थिए । त्यही वर्ष लिगको अन्तिमतिर घाइते भएपछि उनले एक सिजन शीर्ष डिभिजनको लिग खेल्न सकेनन् । चोटमुक्त हुनेबित्तिकै उनी ‘बी’ डिभिजन खेल्न चर्च ब्वाइज हानिएका थिए । त्यसअघि उनी झापाकै स्थानीय लिग खेल्ने गर्थे ।

विवेकले पेनाल्टी बक्सबाहिरबाट गरेको भली प्रहार सुन्दर गोलमा परिणत भएको थियो । दिनेश हेन्जनले बायाँ भागबाट गरेको क्रसलाई चितवनका रक्षक एमुबारिक युसिफले हेडमार्फत क्लियर गरे पनि बल विवेकको खुट्टामा पर्यो । विवेकको भली प्रहार चितवनका मार्की तथा गोलकिपर विशाल श्रेष्ठले रोक्ने प्रयास गरे पनि सफल भएनन् ।

आशिष चौधरीसँग विवेक

यही गोलपछि पूरा एनएसएलभर विवेक चर्चामा रहे । तर, ‘ए’ डिभिजन लिगमा उनको चर्चा खासै थिएन । अब भने अधिकांश अनुभवी खेलाडी बाहिर पुगेको अवस्थामा उच्च प्रदर्शनमार्फत विवेकले आफूलाई एउटा राम्रो विकल्पका रूपमा प्रस्तुत गरेका छन् ।

राष्ट्रिय टोलीमा स्थान बनाउन कडा मिहिनेत गर्नुपर्ने विवेकलाई थाहा छ, ‘एनएसएल र ‘ए’ डिभिजन लिगमा राम्रो भएको छ । एनएसएल प्रतिस्पर्धात्मक थियो । राष्ट्रिय टोलीमा स्थान बनाउन अझै मिहिनेत गर्नुपर्छ । प्रशिक्षकको रोजाइमा पनि पर्नुपर्यो नि ।’

यसअघि विवेकको उत्कृष्ट प्रदर्शनसँगै चर्च ब्वाइज सहिद स्मारक ‘बी’ डिभिजन लिग च्याम्पियन बनेको थियो । २०७८ चैतमा चर्च व्बाइजलाई ‘बी’ डिभिजन लिग च्याम्पियन बनाएपछि ०७९/ ८० को ‘ए’ डिभिजन लिग पनि उनले चर्च ब्वाइजबाटै खेलेका थिए । चर्च ब्वाइजलाई शीर्ष डिभिजनको ‘डेब्यु’ सिजनमै उपाधि जिताएका थिए ।

विवेकले सहिद स्मारक ‘ए’डिभिजन लिग दोस्रो पटक खेलेका हुन् । ०७५ सालमा विना रेलिगेसनको लिग हुँदा उनी हिमालयन शेर्पा क्लबको जर्सीमा देखिएका थिए । त्यही वर्ष लिगको अन्तिमतिर घाइते भएपछि उनले एक सिजन शीर्ष डिभिजनको लिग खेल्न सकेनन् । चोटमुक्त हुनेबित्तिकै उनी ‘बी’ डिभिजन खेल्न चर्च ब्वाइज हानिएका थिए । त्यसअघि उनी झापाकै स्थानीय लिग खेल्ने गर्थे ।

विवेकले एनएसएल पहिलो पटक खेल्ने अवसर पाएका हुन् । पहिलो अवसरमै आफूलाई प्रमाणित गरेका उनको लक्ष्य भनेको राष्ट्रिय टोली नै हो । भन्छन्, ‘लक्ष्य त राट्रिय टोली नै हो । राष्ट्रको झण्डाअंकित जर्सी लगाएर खेल्ने मन छ । त्यो एक दिन अवश्य पूरा गर्नेछु ।’